फित्काैली डटकमसाहित्यकार नारायण गोदारेको निधन
बिगत लामो समयदेखि मुटु र मृगौला रोगले पीडित गोदारेको उपचारको क्रममा माघ ७ गते आइतबार राति ९ बजेर ४ मिनेटमा चाबहिल स्थित मेडिकेयर अस्पतालमा निधन भएको थियो ।

काठमाडाैं, २०८० माघ ८ । वरिष्ठ साहित्यकार नारायण गोदारेको निधन भएको छ । बिगत लामो समयदेखि मुटु र मृगौला रोगले पीडित गोदारेको उपचारको क्रममा माघ ७ गते आइतबार राति ९ बजेर ४ मिनेटमा चाबहिल स्थित मेडिकेयर अस्पतालमा निधन भएको थियो ।
साहित्यकार गोदारेको मातृ कविता सङ्ग्रह २०५१, गजडी भङ्गी खण्ड काव्य २०५२, सवयात्रा जारी छ कविता यात्रा २०५७, सिद्धिचरण एक र अनेक खण्ड काव्य २०५८, अनाहकका उद्गारहरु २०५९, स्वराष्ट्रका वीरेन्द्र महाकाव्य २०५९, कूलचन्द्र र स्मृति खण्ड काव्य २०६० र फूल खण्ड काव्य २०६० प्रकाशित छन् ।
झण्डै आधा दर्जन कृतिहरु अप्रकाशित रहेको वहाँका सुपुत्र असीमकाली बास्कोटाले बताउनुभएको छ । बीडी त्यागी स्मृति सम्मानबाट सम्मानित गोदारेको सरस्वती नगर स्थित निवासमा साहित्यकार अभिलेखीकरण अभियान अन्तर्गत कपन बानेश्वर साहित्यिक साप्ताहिकले नामपाता टाँसेको थियो ।
७५ वर्षीय गोदारेको श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।
बीडी त्यागी स्मृति केन्द्र र कपन बानेश्वर साहित्यिक साप्ताहिकले गाेदारेप्रति हार्दिक श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेकाे छ ।
०००
– निबन्ध कल्पनाद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest












































