साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली काव्य (श्रृङ्खला- ११)

छोरीको यदि त्यो मुहान नरहे मासिन्छ है सृष्टि यो छोरीबाट फुलेर बाग नभए नासिन्छ संसार यो यो दायित्व सबै बुझाउन सके रोकिन्छ हत्याक्रम ए पाकाजन हो ! सुध्याउ न छिटो गर्नेछु माल्यार्पण ॥

Nepal Telecom ad

कविराज घिमिरे :

वृद्धाको छ महत्वपूर्ण गरिमा व्यापार धान्छिन् यिनी
बेच्छिन् ती हलुका विनम्रसँगले सामान राख्ताहुँदि
जे हो दाम सही लिने अनि बढी फिर्काउँछिन् ढुक्कले
विश्वासी जन हुन् भनिन्छ सहजै पाकाहरू छन् भने ॥८०

छोरीको छ ठुलो महत्व जगमा ऐश्वर्य चम्काउने
छोरीकै बलले समृद्ध गतिमा आकाश लम्काउने
छोरी पुञ्ज प्रभा समुच्च पथ हुन् संग्रामकी साधिका
छोरी पूज्य प्रशंसनीय प्रजिता बन्छिन् यिनै राधिका ॥८१

काटिन्छन् किन भ्रूण कल्मष गरी छोरी भए पेटमा
बल्छन् पुत् पुत सालनाल सहितै फ्याँकेर एकान्तमा
डर्दै छन् किन शीघ्र खाडल खनी नारी स्वरूपासँग
बोल्दैनौ किन हे कुमानव तिमी सोद्धै छु आऊ भन ॥८२

पत्नीको सुरुआत रूप बुझ ती छोरीबिना के थियो
तिम्रोलागि भनेर बन्धन भइन् अस्तित्व कल्ले दियो
आमा हुन् जब ती छ लिङ्ग उनको स्त्रीकै स्वयम् बिर्सियौ
छोरी मार्न भनेर हे पुरुष हो आफैँ वृथा तम्सियौ ॥८३

छोरीको यदि त्यो मुहान नरहे मासिन्छ है सृष्टि यो
छोरीबाट फुलेर बाग नभए नासिन्छ संसार यो
यो दायित्व सबै बुझाउन सके रोकिन्छ हत्याक्रम
ए पाकाजन हो ! सुध्याउ न छिटो गर्नेछु माल्यार्पण ॥८४

पत्नीको मृदु-भाव पाउनसके मात्रै चल्यो जीवन
आमाको ममता शिरोपर गरे बन्ने छ है उत्तम
यो औचित्य बुझी सहर्ष मनले छोरा र छोरी दुवै
मान्दै एक विभेद गर्न नहुने हुन् प्राण प्यारा खुबै ॥८५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

विद्या अनामिका तिवारी
वृद्धवृद्धा सबै

वृद्धवृद्धा सबै

वेदप्रसाद रिजाल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x