साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वासुदेव लुइँटेल पुरस्कार– २०८१ वरिष्ठ कार्टुनिष्ट अविन श्रेष्ठलाई

नेपाली हास्यव्यङ्ग्यका भीष्म पितामह मानिने वासुदेव शर्मा लुइँटेलद्वारा २०५१ सालमा स्थापित यस पुरस्कारको रकम १ लाख ११ हजार १ सय ११ रुपैया राशिको रहेको छ । साथमा ताम्रपत्र र गुठीको प्रतिकचिन्ह समेत हस्तान्तरण गरिन्छ ।

Nepal Telecom ad

काठमाडौं, २०८२ साउन ३१ । हरेक दुई वर्षमा प्रदान गरिँदै आएको वासुदेव लुइँटेल पुरस्कार २०८१ का लागि वरिष्ठ कार्टुन कलाकार अविन श्रेष्ठलाई प्रदान गरिने भएको छ ।

कार्टुन कला अर्थात व्यङ्ग्य चित्रकारितामा लामो समयदेखि विशिष्ट योगदान पुर्‍याउनु भएकाेमा कलाकार अविनलाई यस पुरस्कारले पुरस्कृत गर्न लागिएको हो ।

विगत २५ वर्षदेखि अविछिन्न कार्टुन यात्रामा समर्पित अविनका सशक्त व्यङ्ग्य चित्रहरू सङ्कलित २ वटा कार्टुन सङ्ग्रह प्रकाशित छन् । ‘बेस्ट अफ अविन १’ (२०६१) कार्टुन सङ्ग्रहमा २०६२–२०६३ अघिका छानिएका कार्टुनहरू सङ्कलित छन् भने ‘बेस्ट अफ अविन २’ मा २०६२–२०६३ पछिका छानिएका कार्टुनहरू सङ्कलित गरिएको छ ।

२०५० को दशकदेखि कार्टुनकलामा सक्रिय अविनका कार्टुनहरू विभिन्न दैनिक साप्ताहिक एवम अनलाइन पत्रपत्रिकामा नियमित प्रकाशित हुँदै आएका छन् । समसामयिक राजनीतिक सामाजिक विद्रुपतामाथि अविनका कार्टुनहरूले बेधक प्रहार गरेको पाइन्छ ।

नेपाली हास्यव्यङ्ग्यका भीष्म पितामह मानिने वासुदेव शर्मा लुइँटेलद्वारा २०५१ सालमा स्थापित यस पुरस्कारको रकम १ लाख ११ हजार १ सय ११ रुपैया राशिको रहेको छ । साथमा ताम्रपत्र र गुठीको प्रतिकचिन्ह समेत हस्तान्तरण गरिन्छ ।

हास्यव्यङ्ग्यको प्रवर्द्धन र प्रोत्साहनका लागि २०५१ सालदेखि हरेक वर्ष प्रदान गरिँदै आएको वासुदेव लुइँटेल पुरस्कार गुठीले पछिल्लो चरणमा हरेक २ वर्षमा एक पटक प्रदान गँर्दै आएको छ । हास्यव्यङ्ग्य लेखक, कार्टुन कलाकार र हास्यव्यङ्ग्य अभिनय कलाकारलाई यो पुरस्कार अर्पण गरिँदै आएको छ ।

वासुदेव विद्यादेव लुइँटेल गुठीका सदस्यसचिव डा. विद्यादेव शर्माले एक विज्ञप्ति जारी गरी २०८१ का लागि कार्टुन कलाकार अविन श्रेष्ठलाई पुरस्कार अर्पण गर्ने निर्णय गरिएको जानकारी दिनु भएको छ । विज्ञप्तिमा पुरस्कारका लागि व्यक्तित्व छनोट गर्दा निरन्तरता, जेष्ठता र श्रेष्ठतालाई मूख्य आधार बनाउने गरिएको र यो १९ औँ संस्करण रहेकोे पनि उल्लेख गरिएको छ ।

यो पुरस्कार आरम्भदेखि नै वासुदेव लुइँटेलको जन्मदिनको अवसरमा भाद्र २३ गते विशेष समारोहको आयोजना गरी समर्पण गर्ने गरिएको छ ।

कार्टुन कलाकार बलराम थापा (बराथा) (२०५१), दुर्गा बराल (वात्सायन) (२०५४), मोहनसिह महर्जन (खोकना) (२०५७), टेकवीर मुखिया (२०६४), रविन सायमी (२०७१), शशी शाह, (२०७६) हरू, हास्यकलाकारमा गोपालराज मैनाली (२०५२), राजपाल थापा(२०५५), बसुन्धरा भुसाल (२०५८), मह जोडी (मदनकृष्ण हरिवंश आचार्य) (२०६७), सन्तोष पन्त (२०७२), किरण केसी (राता मकै) (२०७७), हास्यव्यङ्ग्य लेखकहरू केशवराज पिँडाली (२०५३), श्रीधर खनाल (२०५६), रामकुमार पाँडे (२०५९), मोहनराज शर्मा (मोराश) (२०६९), चट्याङ मास्टर (२०७९) लगायत हास्यव्यङ्ग्यका हस्तीहरू यस पुरस्कारद्वारा सम्मानित भइसकेका छन् । २०७४ को पुरस्कार भने भैरव पुरस्कार गुठीलाई समर्पण गरिएको थियो ।

पुरस्कार चयनमा पर्नु भएका कार्टुनिष्ट अविनका केही चर्चित कार्टुनहरू तल दिइएको छ ।

तस्विर र कार्टुन श्रोत : रातोपाटी डटकम

०००
फित्काैली डेस्क

अविनका केही चर्चित कार्टुन

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
kumar khadka
kumar khadka
8 months ago

हार्दिक बधाई एवं शुभकामना छ…🌹⛳️🇳🇵

Nepal Telecom ad
1
0
Would love your thoughts, please comment.x
()
x