सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

अनुशासन

उहाँको लिखित अनुमतिविना कसरी आउनु तपाईंको घरमा लागेको आगो निभाउन ‘प्रपर च्यानल’ बाट आउनु पर्थ्यो नि । हैन र ?

Nepal Telecom ad

एकजना सरकारी शिक्षक थिए । उनकी श्रीमती बिरामी भई अस्पताल भर्ना गरिएको थियो । यो अवस्थामा शिक्षकको सरुवा पत्र आयो । शिक्षा अधिकारी पनि त्यही टोलका बासिन्दा थिए । उनको आलिशान महल शिक्षकको घरबाट देखिन्थ्यो । आफ्नो घर अगाडिबाट अधिकारी जाँदा सँधै उनलाई नमस्कार गर्थे । शिक्षकले सोचे- यदि अधिकारीलाई भने त पक्कै अहिले मेरो सरुवा रोकिदेलान् । त्यसैले उनी अधिकारीको महलमा पुगे ।

बरण्डाबाटै अधिकारीले सोधे- किन आएको ? के कुरा छ ?
-सर ! एउटा बिन्ती बिसाउँ कि !
-भन ।
-मेरी श्रीमती सिकिस्त बिरामी परेकीले अस्पताल भर्ना गरेको छु ।
-अनि के भो त ?
-मेरो सरुवा भयो ।
-अनि ?
-सर कृपा गरेर तत्काल मेरो सरुवा रोकिदिनु पर्यो । साह्रै आपत परेको छ ।

शिक्षा अधिकारीले रिसाएर भने, “तिम्लाई अनुशासनको नियम थाहा छैन ? तिमी सिधै मलाई भेट्न किन आयौ ? पहिला तिमीले निवेदन दिनु पर्थ्यो ‘प्रपर च्यानल’ बाट । तिम्रो हेडमास्टरको लिखित अनुमतिसाथ मसँग भेट्नु पर्थ्यो । जाऊ यहाँबाट । तिम्रो सरुवा थमौती हुँदैन । तिमीले अनुशासन भङ्ग गरेबापत खप्की पाउँछौ ।” शिक्षकलाई झपारे । आइन्दा यसरी सिधै भेट्न नआउने चेतावनी दिए ।

शिक्षकले दुई महिनाको छुट्टी लिए । एक साँझ अधिकारीको घरमा आगलागी भयो । वरपरका सबै मान्छे आगो निभाइरहेका थिए । शिक्षक आफ्नो बरन्डामा उभिएर त्यो दृश्य हेरिरहेका थिए । आगो निभ्यो, धेरै नोक्सान हुन पाएन । अर्को दिन शिक्षक निस्कँदा अधिकारी आफ्नो मूल गेटमा उभिएका थिए ।

उनले भने- “ओ मास्टर साहेब ! हिजो मेरो घरमा आगलागी हुँदा तिमी त रमिता हेरिरहेका थियौ । आगो निभाउन आएनौ नि ?”

शिक्षकले बडो विनम्रतापूर्वक भने- “सर ! म विवश थिएँ । हेडसर सहर बाहिर जानु भएको थियो । उहाँको लिखित अनुमतिविना कसरी आउनु तपाईंको घरमा लागेको आगो निभाउन ‘प्रपर च्यानल’ बाट आउनु पर्थ्यो नि । हैन र ?”

अनु. : संप्रस पौडेल

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
इन्डियन टाइम

इन्डियन टाइम

हरिशंकर परसाईं
सर्कसमण्डलीको शासन

सर्कसमण्डलीको शासन

हरिशंकर परसाईं
छिनौरा ! नेता या जनता ?

छिनौरा ! नेता या...

हरिशंकर परसाईं
लोकतन्त्रको नौटङ्की

लोकतन्त्रको नौटङ्की

हरिशंकर परसाईं
पैसाकाे खेल

पैसाकाे खेल

हरिशंकर परसाईं
ओ. हेनरी

ओ. हेनरी

हरिशंकर परसाईं