साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनुशासन

उहाँको लिखित अनुमतिविना कसरी आउनु तपाईंको घरमा लागेको आगो निभाउन ‘प्रपर च्यानल’ बाट आउनु पर्थ्यो नि । हैन र ?

Nepal Telecom ad

एकजना सरकारी शिक्षक थिए । उनकी श्रीमती बिरामी भई अस्पताल भर्ना गरिएको थियो । यो अवस्थामा शिक्षकको सरुवा पत्र आयो । शिक्षा अधिकारी पनि त्यही टोलका बासिन्दा थिए । उनको आलिशान महल शिक्षकको घरबाट देखिन्थ्यो । आफ्नो घर अगाडिबाट अधिकारी जाँदा सँधै उनलाई नमस्कार गर्थे । शिक्षकले सोचे- यदि अधिकारीलाई भने त पक्कै अहिले मेरो सरुवा रोकिदेलान् । त्यसैले उनी अधिकारीको महलमा पुगे ।

बरण्डाबाटै अधिकारीले सोधे- किन आएको ? के कुरा छ ?
-सर ! एउटा बिन्ती बिसाउँ कि !
-भन ।
-मेरी श्रीमती सिकिस्त बिरामी परेकीले अस्पताल भर्ना गरेको छु ।
-अनि के भो त ?
-मेरो सरुवा भयो ।
-अनि ?
-सर कृपा गरेर तत्काल मेरो सरुवा रोकिदिनु पर्यो । साह्रै आपत परेको छ ।

शिक्षा अधिकारीले रिसाएर भने, “तिम्लाई अनुशासनको नियम थाहा छैन ? तिमी सिधै मलाई भेट्न किन आयौ ? पहिला तिमीले निवेदन दिनु पर्थ्यो ‘प्रपर च्यानल’ बाट । तिम्रो हेडमास्टरको लिखित अनुमतिसाथ मसँग भेट्नु पर्थ्यो । जाऊ यहाँबाट । तिम्रो सरुवा थमौती हुँदैन । तिमीले अनुशासन भङ्ग गरेबापत खप्की पाउँछौ ।” शिक्षकलाई झपारे । आइन्दा यसरी सिधै भेट्न नआउने चेतावनी दिए ।

शिक्षकले दुई महिनाको छुट्टी लिए । एक साँझ अधिकारीको घरमा आगलागी भयो । वरपरका सबै मान्छे आगो निभाइरहेका थिए । शिक्षक आफ्नो बरन्डामा उभिएर त्यो दृश्य हेरिरहेका थिए । आगो निभ्यो, धेरै नोक्सान हुन पाएन । अर्को दिन शिक्षक निस्कँदा अधिकारी आफ्नो मूल गेटमा उभिएका थिए ।

उनले भने- “ओ मास्टर साहेब ! हिजो मेरो घरमा आगलागी हुँदा तिमी त रमिता हेरिरहेका थियौ । आगो निभाउन आएनौ नि ?”

शिक्षकले बडो विनम्रतापूर्वक भने- “सर ! म विवश थिएँ । हेडसर सहर बाहिर जानु भएको थियो । उहाँको लिखित अनुमतिविना कसरी आउनु तपाईंको घरमा लागेको आगो निभाउन ‘प्रपर च्यानल’ बाट आउनु पर्थ्यो नि । हैन र ?”

अनु. : संप्रस पौडेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दुई लघुव्यङ्ग्य

दुई लघुव्यङ्ग्य

हरिशंकर परसाईं
दुई लघु व्यङ्ग्य

दुई लघु व्यङ्ग्य

हरिशंकर परसाईं
नहुषको निष्काशन

नहुषको निष्काशन

हरिशंकर परसाईं
केही लघुव्यङ्ग्यहरू

केही लघुव्यङ्ग्यहरू

हरिशंकर परसाईं
दुई लघुव्यङ्ग्य

दुई लघुव्यङ्ग्य

हरिशंकर परसाईं
दुई लघु व्यङ्ग्य

दुई लघु व्यङ्ग्य

हरिशंकर परसाईं
नहुषको निष्काशन

नहुषको निष्काशन

हरिशंकर परसाईं
केही लघुव्यङ्ग्यहरू

केही लघुव्यङ्ग्यहरू

हरिशंकर परसाईं
0
Would love your thoughts, please comment.x
()
x