साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गमला तयार गरिराख्

कृषिप्रधान देश न हो गमलामा धान रोप्ने काम जारिराख्नू साइँला कृषिमन्त्रीका हातबाट धान रोप्न गमला तयार गरिराख् है माटो भरिराख् है ।

Nepal Telecom ad

साइँला
असार पन्ध्र आउँदैछ
गमला तयार गरिराख् है
माटो भरिराख् है ।
हो
असार पन्ध्र आउँदैछ
झ्याउँकिरीले गीत गाउँदैछ
पानी पनि झमझमाउँदैछ
यसै बेला
धानदिवस आउँदैछ
दहीचिउरा दिवस पनि आउँदैछ
डेरीको दही र चिउरा तोप्नु छ
गमलामा धान रोप्नु छ
मौका छोप्नु छ
भाषण खोप्नु छ
साइँला
गमला तयार गरिराख् है
माटो भरिराख् है ।

गोरु जोतेको फोटो पनि
तयार पारेर भित्तामा टाँसिराख्नू
देखाउन भए पनि
टपरा गाँसिराख्नू
टपरा नपाए के भो त
मन्त्री तिर्खाउलान्
कोकाकोला पनि
प्लास्टिकका कपमा
सारीराख्नू
कृषिप्रधान देश न हो
गमलामा धान रोप्ने काम
जारिराख्नू
साइँला
कृषिमन्त्रीका हातबाट धान रोप्न
गमला तयार गरिराख् है
माटो भरिराख् है ।

यसपाला ता
सुनिन्छ बिउ राम्रो उम्रिएन अरे
छर्नेले नजानेर कसरी छरे छरे
राम्रो गमला परेन होला
उम्रिएन त के भो
अलिकति एक दुई मुठा भए पनि
भारततिरबाट मगाइराख्
बिउ नै नभएपछि
रोप्न ता यस्तै उस्तै हो
मन्त्रीलाई बिउको माला
लगाउनसम्म भुल्नु हुन्न
कृषि मन्त्री नै चाहिन्छ
जुनसुकैलाई हुल्नु हुन्न
देशको कृषिकर्ममा सघाइराख्
आत्मनिर्भर हुने धुनी जगाइराख्
साइँला
गमला तयार गरिराख् है
माटो भरिराख् है ।

कृषिप्रधान देश न हो
यसैले
मन्त्रीका हातबाट
गमलामा धान रोपाउनु छ
सेल्फी फोटो खिचेर
हामी कृषिप्रधान देशका नागरिक
हौँ भनेर दुनियाँलाई देखाउनु छ
पार्टीप्यालेसभित्र असारे गाउनु छ
बेठीका युट्युव बाजा बजाउनु छ
साइँला गमला तगार गरिराख् है
गमलामा माटो भरिराख् है
पुरियामा ल्याएको युरिया पनि
छरिराख् है
दही चिउरा पनि
पाउडरबाट बनाएर
प्लास्टिकका टपरामा
भरिराख् है
मन्त्रीलाई लगाउने
धानका बिउको माला तयार गरिराख् है
साइँला
गमला तयार गरिराख् है
भुल्लास् नि फेरि
माटो भरिराख् है ।

भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
0
Would love your thoughts, please comment.x
()
x