साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हारेको कांग्रेसी कहाँ जाओस् ?

जब दूधाधारी मठका महन्त सागर विश्वविद्यालयको कोर्टका सदस्य हुन सक्छन् भने महन्त लक्ष्मीनारायण दास उपकुलपति किन बन्न सक्दैनन् ?

Nepal Telecom ad

हरिशङ्कर परसाईं :

व्यङ्ग्यानुवाद :: रमेश समर्थन

हारेको कांग्रेसी कहाँ जाओस् ?
केवल कांग्रेस मात्र होइन, मन्त्री पनि भएको होस्, पाँच वर्षसम्म खुब तापिएको होस् अनि फेरि आमचुनावमा हार्नु परोस् अनि उसको के होला ? उसका लागि ठाउँ नै कहाँ छ ?
यस्ता व्यक्तिहरूका लागि कांग्रेस र कांग्रेस सरकारको नीति स्पष्ट भएको छ कि यस्ता मानिसलाई कुनै विश्वविद्यालयको उपकुलपति बनाइयोस् ।

हाम्रा मन्त्री चन्द्रभानु गुप्तलाई लखनउ विश्वविद्यालयको उपकुलपति बनाउने प्रयास चलिरहेको छ ।
हाम्रो राज्यमा कैयौं पटक हाम्रा भूतपूर्व मन्त्री उपकुलपति छँदै छन् ।
जसले जनताको विश्वास गुमायो उसलाई शिक्षा विभागमा पठाइदिनुपर्छ । शिक्षा विभाग त फोहर फाल्ने डालो हो । जुन सामान बेकार हुन्छ त्यसलाई त्यसैमा मिल्काउँदै रहनुपर्छ ।

जसको मुख कक्षामा खुल्दैन र जो विद्यार्थीलाई देखेर काँप्न थाल्छ उसलाई प्राध्यापक बनाइदिनुपर्छ । जुन अफिसरहरू सबैतिर नालायक सिद्ध भएका हुन्छन् उनीहरूलाई बढुवा गरेर शिक्षा विभागको अफिसर बनाइदिनुपर्छ ।

कुरा जबलपुर विश्वविद्यालयको उपकुलपति कसलाई बनाउने भन्ने विषयमा चलेको छ । हाम्रो राज्यमा यस पटक कुनै पनि मन्त्रीले हार्ने सौभाग्य प्राप्त गरेनन् । त्यसैले मेरो विचार छ महन्तजीलाई बनाउनुपर्छ । जब उनी एक फुट लामो टिका लगाएर गद्दीमा यस्तो लाग्नेछ मानौं त्रेतायुगका कुनै ऋषि तपोवनको विश्वविद्यालयमा बसेका छन् ।

जब दूधाधारी मठका महन्त सागर विश्वविद्यालयको कोर्टका सदस्य हुन सक्छन् भने महन्त लक्ष्मीनारायण दास उपकुलपति किन बन्न सक्दैनन् ?

०००
यो लघु लेख हिन्दीका सुप्रसिद्ध व्यङ्ग्यकार हरिशंकर परसाईको परसाई रचनावली चारको ‘हारा कांग्रेसी कहाँ जाय ?’बाट अनुवाद गरिएको हो -अनुवादक

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
संयोजक

संयोजक

हरिशंकर परसाईं
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
लज्जास्पद

लज्जास्पद

हरिशंकर परसाईं
संयोजक

संयोजक

हरिशंकर परसाईं
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
लज्जास्पद

लज्जास्पद

हरिशंकर परसाईं
0
Would love your thoughts, please comment.x
()
x