साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शहर पसेका जुकाहरू

सलह जस्तै शहर पसेका जुकाहरू न्यायालय छिरेर संविधान चुस्छन् सुशासन र न्याय चुस्छन् जनताको सपना चुस्छन् । देशको मुटु चुस्छन् ।

Nepal Telecom ad

सुभाषचन्द्र देवकोटा :

जुकाहरू
शहर पसेका छन् ।

शहर पसेपछि जुकाहरू
रगतको सट्टा पहेला सुन चुस्छन् ।
सरकारी जमिनहरू चुस्छन् ।
सहकारी चुस्छन् ।

शहर पसेका जुकाहरू,
दयाँबयाँ केहि देख्दैनन्,
विकास देख्छन् र विकास चुस्छन् ।
सरकारी अनुदान चुस्छन् ।

सलह जस्तै शहर पसेका जुकाहरू
न्यायालय छिरेर संविधान चुस्छन्
सुशासन र न्याय चुस्छन्
जनताको सपना चुस्छन् ।
देशको मुटु चुस्छन् ।

विडम्बना,
जुकाहरू शहर पसेपछि
जुकाहरू मोटाए, बलिया भए
तर देश दुब्लायो
देश कङ्गाल बन्यो ।

०००
गोरखा, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
भन्… नयाँ वर्ष त किन आइस् ?

भन्… नयाँ वर्ष त...

सुभाषचन्द्र देवकाेटा
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x