कमला र नीलनाथ उपाध्यायका सुपुत्र मुन पौडेल २०१२ भदौ २५ गते ठहिँटी, काठमाडौंमा जन्मिनुभएको हो । राजनीतिशास्त्रमा स्नातकोत्तरसम्मको औपचारिक शिक्षा लिनुभएका पौडेल हाल धनुषा बस्नुहुन्छ । प्रशासन सेवाबाट निवृत्त पौडेलको साहित्यिक यात्रा भने २०२७ बाट शुरु भएको थियो । २०५२ मा ‘गजलोत्सव’ गजलसङ्ग्रह प्रकाशन गर्नुभएका पौडेलका ‘सफलताका तीन मन्त्र’ (२०५२) र ‘बुद्धिजीवी र पुच्छर’ (२०५६) हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह प्रकाशित छन् । पौडेल भैरव हास्यव्यङ्ग्य पुरस्कारबाट पुरस्कृत व्यक्तित्व हुनुहुन्छ ।
राष्ट्रिय जोकरमाथि निबन्ध
मन्त्रीज्यू ठाँटिएर बाहिर निस्कनै आँटेका थिए, हाईस्कूल स्तरमा पढ्र्ने छोरो पनि बोराजस्तो झोला पिठ्यूँमा बोक्दै कोठा
पुरा पढ्नुहाेस्

moon paudel

























