पुनिमाया श्रेष्ठ र हर्कबहादुर श्रेष्ठका सुपुत्र रमेश प्रभात २०२९ असार ०६ गते तनहुँमा जन्मिनुभएको हो । उहाँको वास्तविक नाम रमेशकुमार श्रेष्ठ हो । भरतपुर, चितवनमा रहेर साहित्यिक सिर्जना गरिरहनु भएका प्रभातको पहिलाे प्रकाशित रचना मातृभूमि साप्ताहिकमा २०४७ पुस १४ गते प्रकाशित 'शहीदको पत्र' कविता हाे । उहाँकाे पहिलो कृतिको रूपमा ‘सत्तालिप्सा’ हाइकु सङ्ग्रह, (२०५४) प्रकाशित भएको छ । फित्काैली लगायत अन्य पत्रपत्रिकामा उहाँका समीक्षा, लेख, व्यङ्ग्यमूलक कविता र मुक्तकहरू प्रकाशित भइरहेका छन् । सम्पर्क : ९८५५०४८०९१, इमेल : rameshprabhat29@gmail.com

ramesh prabhat

























