सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हास्यव्यङ्ग्यबारे वासुदेव र भैरवकाे कुराकानी

यस्ता शङ्कर लामिछाने थिए । तुरुन्तातुरुन्तै पढेथे । उनी चैनी त्यसलाई कम्पार्ट गर्न चैनी सारै सिपालु । उनलाई कुमुदिनी भन्नेले ठोक्यो पनि नि गोर्खापत्रमा । उनले स्वीकार पनि गरे । उनी जस्तो चलाख मान्छे ता त्यसो गर्दा रहेछन् भने अर्कोले के गरेन होला ।

Nepal Telecom ad

वासुदेव : …, अँ म चैनी मन्त्री टोलाँ बसुन्जेल यसो मकैका घोगा झुन्ड्याका देख्यो छ लाइन एक थोक भन्यो लेख्यो, एउटा मन्त्रीले एउटा मन्त्रिनीको अगाडि… तलमाथि हाल्दै गर्या त्यसलाई गिज्यायो, मेरो त जीवन भर गिज्याउने । अगाडि परेर भन्न नसक्ने, मौका पारिपारी गिज्याउने । म थन्केँ । रामकुमारजी अलेलि अझै गर्दै हुनुहुन्छ । र नभएदेखि हास्यव्यङ्ग्यमै पनि अघि हामीले भन्याजस्तो लेखनाथदेखि रामचन्द्रसम्मन् । लेखनाथ मरेपछि लेखनाथको स्कुल मर्‍यो । अथवा लेखनाथ पछि कोको छ हाम्रो ? माधव घिमिरे । माधव घिमिरे पनि ऐले के गर्दै हुनुहुन्छ ? त्यसपछि आयो ‘रूपरेखा’ काल । हैन सिद्धिचरण यिनेरको पनि अध्याय भो । ‘रूपरेखा’ काल चैनि एउटा जुन थे पहिले हामीलाई नयाँनयाँ कविता भन्या त्यही ‘रूपरेखा’ केकेले न हो ।

भैरव भन्छन् दाताराम,वासुदेव र विद्यादेव सुन्छन् पुस्तककाे पहिलाे र अन्तिम पृष्ठ ।

 

भैरव : मदन द्वारिका कृष्णभक्तहरू ता हुन्…
वासुदेव : यिनीहरु थे । अब यिनीहरु पनि चूप लागे । त्यसपछि आए राल्फा । राल्फा पनि हराए । अनि ? … अनि आए … जमात । ती पनि सेलाए । हुँदाहुँदा अगि भन्या जस्तै अब भूगोल पार्कमा बसेर भट्वाँसे कवि रामचन्द्रको उ हुन्थ्यो त्यो पनि सेलायो । पछि हाम्रै चैनि ऐले याँ कस्तो भइरहेछ भने हास्यव्यङ्ग्य भन्या हाम्रो सम्पत्ति जस्तो । यसमै पनि त कोही छैनन् नि ।

भैरव : यो चैनी वासुदेवजी, मैले त्यो चम्रेल कवि लेखेँ नि ! हाम्रो नेपाली साहित्य चैनि चम्रेल कवि नै हो । वास्तवमा हास्यव्यङ्ग्य मात्र हैन कविता, कथा, निबन्ध सबैतिर चम्रेलैचम्रेल । लेखनाथलाई केलाएर हेर्ने हो भने लेखनाथ कति पाइन्छन् अब त्यो चाइनि पूर्वीय वेदान्त पढ्नेहरूले अलिकति र हिन्दी साहित्य पढ्नेहरूले नै बुझ्छन् । कालीदास, भारवि र रवीन्द्रनाथ पढ्नेले माधवप्रसाद के हो भनेर बुझ्छन् । किनभने मावधप्रसादका कतिपय लाइनहरू चैनि कालीदासकै ठ्याक्कै मिल्छन् । ‘वत्सोसुका गौरिव’ भन्ने चैनि त्यसलाई भन्दा ‘फर्कन्छ बाँ बाँ गरी’ भनेर ठ्याक्क अनुवाद गरेर राखिदेका छन् । त्यसैले तुलनात्मक अध्ययन गर्ने हो भने नेपाली साहित्य भनेको त्यही रामचन्द्र भट्वाँसे कविकै हो ।

वासुदेव : (लामो हाँसो पछि) आज बबरसमसेरको तारिफ, भोलि त्रिभुवनको तारिफ, जसको पनि …
भैरव : केही पनि छैन । केही पनि छैन ।
दाताराम : केही पनि छैन ।
वासुदेव : रामचन्द्र के भन्छ भने उ केही पनि भन्दैन ।
भैरव, दाताराम : ऊ केही भन्दैन जे जति भन्छ अरुले भनेकै कुरा मात्र भन्छ ।
भैरव, वासुदेव, दाताराम : ऊ केही पनि भन्दैन जे जति भन्छ अरुले भनेकै कुरो मात्र भन्छ ऊ ।
भैरव : त्यसो हुनाले अब एउटै के छ भने भनाइको तारिफ विशुद्ध नेपाली भाषामा अब सक्या छ कि छैन त्यति मात्र हामीले हेर्नु छ । यस दृष्टिले हेर्दा खेरि हामीले जे जति गर्या छौँ त्यो पनि धेरै गर्या छौँ । धेरै लेख्या छौँ । अब नीरविक्रम प्यासी महाकवि, राजकवि जे भने पनि हुन्छ । एउटा चैनि ग्रिक माइथोलोजीको एउटा किताब पाइन्छ त्यो किताब हेर्यो भने त्यसलाई सूत्रबध्द गर्देपछि नीरविक्रम प्यास खतम । सबै खतम केही बाँकी रहँदैन । अब के भने यति भन्यासम्म पनि जान्दैन कि यति भन्या के हो । माने त्यो छन्द शास्त्रको यति भन्या के हो ।

वासुदेव : ए ए । यति, अँ !
भैरव : यति पनि …..
वासेदव : यतिभङ्ग कहाँ हुन्छ भन्ने पनि जान्दैन ।
भैरव : यतिभङ्ग कहाँ हुन्छ भन्ने पनि जान्दैन । ऊ चैनि त्यो शब्दहरु कसरी प्रयोग गर्नु पर्ने भन्ने पनि जान्दैन । उद्देश्य र विधेय पनि जान्दैन । अन्तर्वार्ताको उसमा अब एउटा चैनि ‘विश्व के सर्वश्रेष्ठ महापुरुष’ भन्ने किताब छ हिन्दीमा । त्यसबाट उ गएर उल्ले अनुवाद गरेर ‘ज्यूँदा सासहरू’ भन्ने एउटा किताब लेख्या छ । साझा प्रकाशनले छाप्या छ । राख्या छ । यसपालिको साधारण सभाले वितरण पनि गर्‍या छ ।
वासुवेद : ए ।
भैरव : त्यस्तो छ । भीमनिधि तिवारी हेर्नुहुन्छ, भीमनिधि तिवारीका कविता हेर्नुहुन्छ भने आफू… नपाएको, आफूले चैनि प्रमोसन नपाएको, पैसा कमाउन नसक्या, खालि त्यस्तै कुराहरू मात्र छन् । केही पनि छैन अरू । अब भनिहालेँ नि गीताञ्जली र कालीदास पढेपछि माधव घिमिरे स्वाट्टै खतम । माधव घिमिरे पढेपछि चैनि धर्मराज थापा खत्तम । … अब यी चैँ अलिक अंग्रेजी राम्रोसित जान्नेहरू छ जो रिसेन्ट माने पहिलेका संस्करणमै चैनी अंग्रेजी किताबहरू पढ्छन् । यस्ता शङ्कर लामिछाने थिए । तुरुन्तातुरुन्तै पढेथे । उनी चैनी त्यसलाई कम्पार्ट गर्न चैनी सारै सिपालु । उनलाई कुमुदिनी भन्नेले ठोक्यो पनि नि गोर्खापत्रमा । उनले स्वीकार पनि गरे । उनी जस्तो चलाख मान्छे ता त्यसो गर्दा रहेछन् भने अर्कोले के गरेन होला । त्यसो हुनाले बरु हामीले आफ्नै गनथन लेखेका छौँ जे लेखेका छौँ । आफूले खान नपाएका कुरा, आफूले पढ्न नपाएका कुरा, आफ्ना घर झगडाका कुरा यस्तै लेखेका छौँ हामीले । आजसम्म गोर्खापत्रका कुरा यस्तै यस्तै छन् । असनको डबली या चैनि… त्यसो हुनाले छर्लङ्ग पारिसक्या छ वास्तवमा उनीहरूले लेख्या र हामीहरुले लेख्यामा ।

वासुदेव : भाइ आज कति गते
विद्यादेव : पच्चिस ।
वासुदेव : माघ पच्चिस गते दुई हजार बत्तिस । …

०००

सं. होम सुवेदी : ‘भैरव भन्छन्’ बाट

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आलु

आलु

भैरव अर्याल
गलबन्दी

गलबन्दी

भैरव अर्याल
चन्द्रलोक कसको ?

चन्द्रलोक कसको ?

भैरव अर्याल
कन्जुस

कन्जुस

भैरव अर्याल
मेरो पुच्छर

मेरो पुच्छर

राजेन्द्र सुवेदी
नयाँ वर्ष

नयाँ वर्ष

भूपी शेरचन
यमपुरीको यात्रा

यमपुरीको यात्रा

केशवराज पिँडाली