साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आफैँ गनायो भने

होला प्यास समाप्त पूर्ण कसरी पानी नपाएपछि ? फल्ला अन्न र घाँसपात कसरी वर्षा नआएपछि ? वर्षाको जल त्यो अडिन्छ कसरी छाना उडायो भने । नेताले शुभकार्य गर्छ कसरी आफैँ गनायो भने ॥

Nepal Telecom ad

भानुभक्त कुभिण्डेली :

के नै बोल्न सकिन्छ ट्याप्प मुखमा पट्टी लगाएपछि ।
बाटो हिँड्न कहाँ सकिन्छ भन ए खुट्टा कमाएपछि ॥
बाख्रो बाँच्छ भनेर भन्नु कसरी ब्वाँसो कराएपछि ?
लोग्नेको मन शान्त हुन्छ कसरी स्वास्नी हराएपछि ?

के फल्ला र अनाज वा फल कुनै काटेर भित्री गुभो ।
मान्छे हिँड्दछ जो उँधो मति लिई लाग्दैन पक्का उभो ॥
गोहीले पनि आँसु झार्छ कसरी ? खाई अघाएपछि ।
स्वास्नीको किन याद आउँनु कठै साली भगाएपछि ॥

केले दिन्छ प्रकाश रातभरमा बत्ती निभाएपछि ?
बाँच्लान् ती कसरी सजीव वनमा आगो लगाएपछि ?
बल्दो अग्नि समग्र निभ्छ कसरी नौनी खन्याएपछि ?
आफ्नो लक्ष्य चुमेर पुग्नु कसरी बाटो बिराएपछि ॥

जाँदा दूर विदेश नै पनि यहाँ भत्किन्छ पक्का घर ।
आफ्नै देश बसौँ भने पनि यहाँ भेट्छन् कहाँ जागिर ?
पानी खान्छु भनौँ भने सहजले पाइन्न पानी यहाँ ।
पानी छैन भनौँ भने दिनदिनै डुब्दैछ बस्ती जहाँ ॥

जुत्ता छन् महँगा सदैव शिरको टोपी छ सस्तो तर ।
विद्वान्को उपहास हुन्छ अनि ती सम्मानमा तस्कर ॥
आफ्नो चेतन ज्ञान दीप मनको झोसी निभाई सदा ।
बाल्छन् नित्य झलल्ल दीप घरमा अज्ञानले सर्वदा ॥

डोकामा दुध अट्न सक्छ कसरी को मूर्ख पत्याउला ?
दौडी झट्ट गएर सिंह वनको पक्रेर को ल्याउला ?
तारा झार्छु भनोस् तथापि नभका को झार्छ तारा यहाँ ?
आगो च्पाप्प समाउदा जलनले डढ्ने छ छाला त्यहाँ ॥

पानी हुन्छ समुद्रमा प्रचुरता के प्यास मेटिन्छ र ?
देखिन्छन् शशि सूर्यझैँ तर त्यहाँ के ताप भेटिन्छ र ?
खानाको पनि स्वाद हुन्छ नमिठो धेरै अघाएपछि ।
साँच्चै तिक्त चिनी हुनेछ मुखमा धेरै चपाएपछि ॥

होला प्यास समाप्त पूर्ण कसरी पानी नपाएपछि ?
फल्ला अन्न र घाँसपात कसरी वर्षा नआएपछि ?
वर्षाको जल त्यो अडिन्छ कसरी छाना उडायो भने ।
नेताले शुभकार्य गर्छ कसरी आफैँ गनायो भने ॥

०००

भद्रपुर-१ं०, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गणतन्त्र आयो भन्छन्

गणतन्त्र आयो भन्छन्

भानुभक्त कुभिण्डेली
कसले के बिराए ?

कसले के बिराए ?

भानुभक्त कुभिण्डेली
मनको प्यास

मनको प्यास

भानुभक्त कुभिण्डेली
डस्नेहरू छन् यहाँ

डस्नेहरू छन् यहाँ

भानुभक्त कुभिण्डेली
भोकै बस तिमी बरु

भोकै बस तिमी बरु

भानुभक्त कुभिण्डेली
भाने ! तँ लेख्दै नलेख्

भाने ! तँ लेख्दै...

भानुभक्त कुभिण्डेली
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x