साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माछो माछो भ्यागुतो

हुण्डी गर्दै निख्रियो देश रित्तो । हाम्रो बोली सुन्दिने मात्र भित्तो । गोर्खालीको बुद्धि फिर्दै नफिर्ने । माछो माछो भ्यागुतो मात्र रोज्ने ॥

Nepal Telecom ad

भगवतीप्रसाद शर्मा :

छल्ने ढाँट्ने भ्रष्टका पाउ पर्ने ।
आँखा छल्ने कामको नाम छल्ने ।
जस्तो हामी हुन्छ नेतृत्व उस्तै ।
माछो माछो भ्यागुतो पार्न जान्ने ॥

यौटा पाटो चैनको जिन्दगीमा ।
अर्को भोको गन्दगी गन्दगीमा
हाम्रा नेता चोरको साथ माग्ने ।
माछो माछो भ्यागुतो पार्न जान्ने ॥

साँचो बोली बन्धकी बस्छ आज ।
दोस्ती हुन्छन् चील या बाजमाझ ।
नेता हाम्रा देखिए भोट तान्ने ।
माछो माछो भ्यागुतो पार्न जान्ने ॥

ताली ठोक्ने साथमा बुद्धिजीवी ।
पैसावाला खोज्दछन् मात्र डी बी ।
रैती उस्तै भोटमा मासु खोज्ने ।
माछो माछो भ्यागुतो मात्र रोज्ने ॥

वैरी आई छेउमा जाल हान्छ ।
ठूलो माछा अल्झिँदै भित्र जान्छ ।
नेपालीको साथमा छैन भिड्ने ।
माछो माछो भ्यागुतो मात्र रोज्ने ॥

हुण्डी गर्दै निख्रियो देश रित्तो ।
हाम्रो बोली सुन्दिने मात्र भित्तो ।
गोर्खालीको बुद्धि फिर्दै नफिर्ने ।
माछो माछो भ्यागुतो मात्र रोज्ने ॥

गुन्डा डन्डा भोटमा चाहिहाल्यो ।
सत्ता भत्ता राज्यको पाइहाल्यो ।
नेता जस्तो देखिँदा दाम जोहो ।
माछो माछो भ्यागुतो बँच्छ लोहो ॥

०००
खोटाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

भगवतीप्रसाद शर्मा
असारे भाका गाउँछन् पाका

असारे भाका गाउँछन् पाका

भगवतीप्रसाद शर्मा
बन्न गाह्रो

बन्न गाह्रो

भगवतीप्रसाद शर्मा
बुढ्यौली

बुढ्यौली

भगवतीप्रसाद शर्मा
चाड नै विकृत

चाड नै विकृत

भगवतीप्रसाद शर्मा
ठगको सामर्थ्य

ठगको सामर्थ्य

भगवतीप्रसाद शर्मा
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x