साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध चिन्तन

वृहत् विचारको कसी छ ज्येष्ठमा विशेषता । छ फूलझैँ सुवासना बिनुन् प्रचूर शिष्टता ॥ अहा ! समग्र फाँट नै प्रदीप्त पार्छ को अरू । अठोट गर्छ ज्येष्ठले म थाम्नसक्छु आबरु ॥

Nepal Telecom ad

कविराज घिमिरे :

विकार दूर बन्दछन् प्रयास वृद्धले गरे
विषाक्त डढ्न सक्तछन् सुकार्य वृद्धले छरे
सखाप हुन्छ क्रोध नै मुसुक्क हाँस्छ वृद्ध जो
अझै विशिष्ट जिन्दगी बनोस् अनन्त वृद्धको ॥१

म छर्न सक्छु रोसनी भनी उठेर वृद्धले ।
प्रभात साथमा छँदै जुटी समग्र वृद्धले ॥
कुटो लिएर हातमा छ गोडमेल पुष्पमा
थकान छैन हेर लौ छ ज्योति झन् मुहारमा ।२

बने अजङ्ग वीर यी गरेर उच्च साधना ।
सिकाउँदै अगाडि छन् लिएर स्वच्छ भावना ॥
समाज नै छ वृद्धको भलो निमित्त सादर ।
गरून् बुझेर ज्येष्ठको सबै मिलेर आदर ॥३

नक्षत्र व्यौमको सरी छ कीर्तिमान वृद्धको ।
धरा समान उर्वरा म बन्छु भन्छ वृद्ध यो ॥
छ हातमा मसी यता खुरुक्क लेख्छ काव्य जो
र हान्नसक्छ वृद्धले कडा मिसालसम्म त्यो॥४

वृहत् विचारको कसी छ ज्येष्ठमा विशेषता ।
छ फूलझैँ सुवासना बिनुन् प्रचूर शिष्टता ॥
अहा ! समग्र फाँट नै प्रदीप्त पार्छ को अरू ।
अठोट गर्छ ज्येष्ठले म थाम्नसक्छु आबरु ॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

जगदीश्वर पाेखरेल
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x