साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बा

सन्तान हाँस्दा सब कष्ट बिर्सी दियौ भरोशा सुबिधा नतर्सी कर्तव्य ठानी सहदै तमाम डटेर दिन्थ्यौ रसिला खजाना । संसार जित्ने कसरी हार्यौ बा धरा अध्यारो टुहुरा पार्यौ बा बा दुःख बुझ्छन् नगरी ढिलाई छ याद तिम्रो गुनिलो मलाई ।

Nepal Telecom ad

इन्दिरा प्रयास :

बा दीप मेरा अब सम्झनामा
रहन्छु तिम्रो म त कल्पनामा
सम्झिन्छु तिम्रा सपना अतुल्य
सधैं रहन्छौ जगमा अमूल्य ।१।

बा हुन् सबैका सुख दुःख मित्र
म भेट्छु तिम्रो ममता विचित्र
ताते सिकायौ तव हिँड्न थालेँ
सिकेर खुट्टा सजिलै उचालेँ ।२।

कोर्दै धुलोमा कखरा लेखायौ
सुयोग्य बन्ने पथ जो देखायौ
ठूलो कला हो परिवार हाक्ने
मुहार लाग्थ्यो कहिले नथाक्ने ।३।

सन्तान हाँस्दा सब कष्ट बिर्सी
दियौ भरोशा सुबिधा नतर्सी
कर्तव्य ठानी सहदै तमाम
डटेर दिन्थ्यौ रसिला खजाना ।४।

संसार जित्ने कसरी हार्यौ बा
धरा अध्यारो टुहुरा पार्यौ बा
बा दुःख बुझ्छन् नगरी ढिलाई
छ याद तिम्रो गुनिलो मलाई ।५।

०००
सानोठिमी, भक्तपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अब आसिकले परिपूर्ण भयौँ 

अब आसिकले परिपूर्ण भयौँ 

रामशरण न्याैपाने
बुढाबुढी समस्तको

बुढाबुढी समस्तको

कविराज घिमिरे
नारी एकल छन् भने सकसमा …

नारी एकल छन् भने...

इन्दिरा प्रयास
अब आसिकले परिपूर्ण भयौँ

अब आसिकले परिपूर्ण भयौँ

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x