साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्याैली काव्यांश- (१२)

खाजाको परिवन्द के छ सब त्यो गर्नू तयारी सबै वृद्धा वृद्ध र बाल छन् यदिभने सेवा दिनू उत्तिकै ।

Nepal Telecom ad

कविराज घिमिरे : 

(बुहारी र वृद्धवृद्धा कस्ता हुने)

सासू हुन् अब बन्नुपर्दछ यहाँ सार्‍है चनाखो अति
दल्ने छिन् यिनले अनाहक गरी हामी बुहारीप्रति
आफ्नो हैकम लाद्न पोख्त रहने बानी बसेको छ कि
भन्दै तर्सिन पुग्दछन् सब जना गर्लिन् भनी ज्यादती ।।८६

सासू पूज्य वसुन्धरा सरहकी आमा यिनै हुन् भनी
गर्नू काम मिलाउँदै मन जिती पर्लिन् फुरुक्कै तिनी
आफ्नो प्राण पियार हुन्छ मनको शङ्का चुँडाई दिने
आमा हुन् पतिकी सहोदर यिनी हुर्काइ जिम्मा दिने ।।८७

बोल्नू कोमल मन्द मन्द गतिले सानो बनाई स्वर
सासू या ससुरा खुलस्त बुझ है ज्यूँदा ठुला ईश्वर
ठान्दैनन् कहिल्यै कुभाव मनमा बन्छन् सधैँ प्रेरक
राख्छन् आस भविष्यसम्म यिनले छोरा बुहारीसित ।।८८

प्रात: काल उठेर सुग्घर सफा पार्नू सधैँ आँगन
कोठा चट्ट मिलाउँदै सहजले फोहोर उत्सर्जन
फ्याँक्नू निश्चित ठाउँमा अनि सबै फोहोरको नाश होस्
हेर्दा सुन्दर पार्नुपर्छ घर त्यो श्रीलक्ष्मीको बास होस् ।।८९

गर्नू स्नान प्रभातमा अनि अरू जागा हुँदासम्ममा
जो जो छन् घरमा उठाउन पुगुन् संलग्न हुन् काममा
खाजाको परिवन्द के छ सब त्यो गर्नू तयारी सबै
वृद्धा वृद्ध र बाल छन् यदिभने सेवा दिनू उत्तिकै ।।९०

क्रमशः
०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

कविराज घिमिरे
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
0
Would love your thoughts, please comment.x
()
x