साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आदत

विचरा उमेश पनि के गरोस् कक्टेल् पार्टीमा महङ्गो महङ्गो विदेशी रक्सी राखेका हुन्छ्न् । सित्तैमा पाएपछि छोड्न मन नै मान्दैनन् ।

Nepal Telecom ad

ढाकामोहन बराल :

घाम कौसीमा आइसकेको थियो । जुगल हिमाल पनि देखिएको थियो सायद केही दिन यता मौसममा सुधार आएछ कि । पार्टीलाई सहयोग गरेपछि पाएको पदले काठमाडौंको बसाइ रमाइलो भएको थियो ।

“साह्रै बेइज्जत गरिस्यो हिजो । मलाई त कस्तो लाज भयो ।” उर्मिलाले भनिन् । “के के भयो पत्तो पाइन मैले त ।” उमेशले भने । “कताबाट नरेशबाबु भेट हुनु भयो र झटपट् कारमा राखियो ।” उर्मिलाले भनिन् । “तिमीले के गर्‍यौ ?” उमेशले सोध्यो ।

“हजुरको त्यस्तो हालत भए पछि के गर्नु, फर्कियो नि ।” उर्मिलाले भनिन् । “ल ल कहिलेकाहीँ हुन्छ यस्तो । बरू तातोपानीमा कागती राखेर ल्याउ त ।” उसले उर्मिलालाई अह्रायो । “मैले भन्दिया छु । अब यस्तो बेइज्जत नगरिस्यो है ।” उर्मिलाले भनिन् ।

विचरा उमेश पनि के गरोस् कक्टेल् पार्टीमा महङ्गो महङ्गो विदेशी रक्सी राखेका हुन्छ्न् । सित्तैमा पाएपछि छोड्न मन नै मान्दैनन् ।

०००
पोखरा -७ मासबार, कास्की

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
व्रतबन्ध

व्रतबन्ध

ढाकामाेहन बराल
अवैध सन्तान

अवैध सन्तान

ढाकामाेहन बराल
सांस्कृतिक रुपान्तरण

सांस्कृतिक रुपान्तरण

ढाकामाेहन बराल
समानता

समानता

ढाकामाेहन बराल
खुरापाती

खुरापाती

ढाकामाेहन बराल
आरती हात्ती र पुरस्कार खेती

आरती हात्ती र पुरस्कार...

चिरञ्जीवी दाहाल
स्वर्ग पुगेपछि 

स्वर्ग पुगेपछि 

कृष्ण शर्मा सुमु
झर्ला र खाउँला !

झर्ला र खाउँला !

डा. विदुर चालिसे
प्रतिवाद

प्रतिवाद

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x