सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बाबुआमा

सम्झौँ हामी दिलभरि यिनै बाबुआमा सबैमा । भोकानाङ्गा कति पनि नहुन् शोकसुर्ता कुनैमा ।। छोराछोरी सकलजनको यो छ कर्तव्य हाम्रो । हेरौँ पालौँ सविनय बनी जिन्दगी हुन्छ राम्रो ।।

Nepal Telecom ad

कविराज घिमिरे :

छोराछोरी मुटु धुकधुकी प्रेम हुन् जिन्दगी हुन् ।
जस्ता हुन् ती महक सब हुन् सार हुन् भावना हुन् ।।
बाला पीडा पछिपछि हुँदै जा उता चट्ट छोडी ।
भन्दै बाबा हृदयबिचमा बस्तछन् हात जोडी ।।१

आमा भन्छिन् भुवनभरिका पुत्रपुत्रीहरू यी ।
सारा हाँसुन् अतिखुस बनी जन्मिएका सबै ती ।।
भागुन् सारा कपट मलिला देखियुन् शान्त सौम्य ।
यस्तो सोच्छन् जनकजननी चित्त पारेर रम्य ।।२

आफूलाई अलिकति तृषा भोकको याद छैन ।
निद्रा त्याग्छन् पलपल उठी कत्ति आलस्य छैन ।।
बाह्रैमासा सजग रहँदै दिव्य सन्तान पार्छन् ।
प्यारो मान्दै जनकजननी क्लेश हाम्रा बढार्छन् ।।३

राम्रा बन्लान् असलपनका योग्य सन्तान भन्दै ।
शिक्षादीक्षा हितपरकमा बाँड्दछन् सौम्य बन्दै ।।
यस्ता हाम्रा प्रगतिपथका सिर्जनाका प्रतीक ।
बाबा आमा सकलजन हुन् जिन्दगीकै प्रदीप्त ।।४

सम्झौँ हामी दिलभरि यिनै बाबुआमा सबैमा ।
भोकानाङ्गा कति पनि नहुन् शोकसुर्ता कुनैमा ।।
छोराछोरी सकलजनको यो छ कर्तव्य हाम्रो ।
हेरौँ पालौँ सविनय बनी जिन्दगी हुन्छ राम्रो ।।५

०००
भक्तपुर

(चट्याङ मास्टरकाे साैजन्यबाट)

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
को हुन् वृद्ध ?

को हुन् वृद्ध ?

कविराज घिमिरे
ए पाका हो !

ए पाका हो !

कविराज घिमिरे
को हुन् वृद्ध ?

को हुन् वृद्ध ?

कविराज घिमिरे
आमाबिनाको घर

आमाबिनाको घर

कविराज घिमिरे
आमा हुँदै छिन् ठिटी

आमा हुँदै छिन् ठिटी

कविराज घिमिरे
बाबुआमा (काव्यांश- २८)

बाबुआमा (काव्यांश- २८)

दीनानाथ पाेखरेल
मायाँ भन्नु खोला रैछ

मायाँ भन्नु खोला रैछ

निर्मोही व्यास
त्यो दागबत्ती कुरी

त्यो दागबत्ती कुरी

रामशरण न्याैपाने
मेरा बा र म बा

मेरा बा र म...

रमेश राज अर्याल
तँ अब मुढाे भइस्

तँ अब मुढाे भइस्

पिँडालु पण्डित
0
Would love your thoughts, please comment.x
()
x