साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबुआमा

सम्झौँ हामी दिलभरि यिनै बाबुआमा सबैमा । भोकानाङ्गा कति पनि नहुन् शोकसुर्ता कुनैमा ।। छोराछोरी सकलजनको यो छ कर्तव्य हाम्रो । हेरौँ पालौँ सविनय बनी जिन्दगी हुन्छ राम्रो ।।

Nepal Telecom ad

कविराज घिमिरे :

छोराछोरी मुटु धुकधुकी प्रेम हुन् जिन्दगी हुन् ।
जस्ता हुन् ती महक सब हुन् सार हुन् भावना हुन् ।।
बाला पीडा पछिपछि हुँदै जा उता चट्ट छोडी ।
भन्दै बाबा हृदयबिचमा बस्तछन् हात जोडी ।।१

आमा भन्छिन् भुवनभरिका पुत्रपुत्रीहरू यी ।
सारा हाँसुन् अतिखुस बनी जन्मिएका सबै ती ।।
भागुन् सारा कपट मलिला देखियुन् शान्त सौम्य ।
यस्तो सोच्छन् जनकजननी चित्त पारेर रम्य ।।२

आफूलाई अलिकति तृषा भोकको याद छैन ।
निद्रा त्याग्छन् पलपल उठी कत्ति आलस्य छैन ।।
बाह्रैमासा सजग रहँदै दिव्य सन्तान पार्छन् ।
प्यारो मान्दै जनकजननी क्लेश हाम्रा बढार्छन् ।।३

राम्रा बन्लान् असलपनका योग्य सन्तान भन्दै ।
शिक्षादीक्षा हितपरकमा बाँड्दछन् सौम्य बन्दै ।।
यस्ता हाम्रा प्रगतिपथका सिर्जनाका प्रतीक ।
बाबा आमा सकलजन हुन् जिन्दगीकै प्रदीप्त ।।४

सम्झौँ हामी दिलभरि यिनै बाबुआमा सबैमा ।
भोकानाङ्गा कति पनि नहुन् शोकसुर्ता कुनैमा ।।
छोराछोरी सकलजनको यो छ कर्तव्य हाम्रो ।
हेरौँ पालौँ सविनय बनी जिन्दगी हुन्छ राम्रो ।।५

०००
भक्तपुर

(चट्याङ मास्टरकाे साैजन्यबाट)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

कविराज घिमिरे
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
0
Would love your thoughts, please comment.x
()
x