साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आदर्श माता अब बन्नुपर्छ

पर्दा हुरीमा दृढ बन्न सक्छिन् आमा हतासोसरि जुध्न सक्छिन् ॥ बिर्सेर आफ्नो रङ रूपलाई सन्तान आफ्नाप्रति चित्तलाई सम्झेर माटो बस भन्नुपर्छ आदर्श माता अब बन्नुपर्छ ॥

Nepal Telecom ad

कविराज घिमिरे :

हुन्छन् करेसा मनका सुषुप्त
अज्ञानले ठेल्छ मुहारभित्र
चिन्दैन मान्छे कति साहसी हो
सद्ज्ञान भर्ने दिलमा मसी हो ॥१

सद्ज्ञानकी द्योतक बन्न जाती
आमा खटिन्छन् प्रण भर्न काफी
सक्तैन अर्को जन सामु पर्न
आमा खुसी छिन् प्रतिकार गर्न ॥२

रोगाउँदा औषध गर्छ कल्ले ?
भोकाउँदा भोजन दिन्छ जल्ले
आपत् हुँदा टार्न सकेर गर्जो
आमा गनिन्छिन् भवमा उपल्लो ॥३

सामर्थ्य राख्छिन् गतिहीन तोड्न
हुन्छिन् उज्याली कुविचार छोड्न
पर्दा हुरीमा दृढ बन्न सक्छिन्
आमा हतासोसरि जुध्न सक्छिन् ॥४

बिर्सेर आफ्नो रङ रूपलाई
सन्तान आफ्नाप्रति चित्तलाई
सम्झेर माटो बस भन्नुपर्छ
आदर्श माता अब बन्नुपर्छ ॥५

वृद्धा भएमा व्यवहार छाडी
सिक्तै गरून् ती कलिली बुहारी
हेर्नू स्वयंले कतिको छ चाँजो
बन्छिन् बुहारी तबमात्र काँजो ॥६

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

कविराज घिमिरे
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
0
Would love your thoughts, please comment.x
()
x