कविराज घिमिरेवृद्ध
असलजति गुमाई ल्याउनै हुन्न हाम्रो तहतह पद चोखो राज्य चाहन्छ राम्रो मुलुक हित उँचोमा पुग्न सामर्थ्य जोडौँ कतिपय हुन सक्छन् वृद्धमा स्वार्थ छोडौँ ।
कविराज घिमिरे :
सुललित मन चङ्गा चित्त पारेर शुद्ध
छलकपट निखारी बन्न आफू प्रबुद्ध
सकल जन जुटेका दाग सारा निखार्न
प्रतिपल शुभ भर्छन् वृद्धले न्याय गर्न ।।१
असहज पन आए जोखिने छन् तुलामा
श्रमसँग अति चासो राख्न डुब्छन् हिलामा
समथर चुचुरामा वृद्धकै पाइला छन्
प्रगति जति हुँदै छन् वृद्धकै हात हुन्छन् ।।२
अविचलित हुने छन् दु:खका रापबाट
अविरल महकिन्छन् धूपका तापबाट
शिशिरसँग जुधेका शैलभन्दा बडा छन्
सितिमिति किन गल्थे पाखुरा झन् कडा छन् ।।३
लुटुपुटु पसिनामा डुब्नपाई खुसी छन्
मृदुल वचन आभा शुद्धतामा झुसी छन्
तर पनि कतिमा छन् चेतनाकाअभाव
लु न अब हुन पाको देखियोस् मिष्टभाव ।।४
असलजति गुमाई ल्याउनै हुन्न हाम्रो
तहतह पद चोखो राज्य चाहन्छ राम्रो
मुलुक हित उँचोमा पुग्न सामर्थ्य जोडौँ
कतिपय हुन सक्छन् वृद्धमा स्वार्थ छोडौँ ।।५
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest





































