साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमाको चिन्ता

गर्छन् बाबु हरेक कार्य नसुती सन्तानका खातिर गर्दैनन् किन ख्याल के छ मनमा उल्लास शङ्का पिर बाली बिग्रिनु हुन्न खेत अथवा बारी कतैको पनि आफ्ना सन्ततिका भविष्य दरिँदा तार्लान् नि नौका बनी ।।

Nepal Telecom ad

कविराज घिमिरे :

छोराको दिल बुझ्न मुस्किल भयो गर्दा बिहे हुन्छ कि ?
मात्रै बाहिर जान्छ साँझतक ऊ सोध्दा कुरा भन्छ कि ?
गाह्रो हुन्छ यथार्थ भन्न कतिमा त्यो बैँसको माग हो
आमाबाबु हुँदै परे अखचमा हाम्रो त के काम भो ? १

बुझ्छन् बाबु हरेक भित्र मनका के छन् समस्याहरू ?
सोध्दैनौ किन आज मौन बनियौ सोधौँ कि आफैँ बरु
आमाका सँग बोल्नमा कठिनता होला कि भन्छौ भने
मिल्ने मित्रसँगै बसेर यसको राखौँ समस्या भरे ।। २

रातै बित्छ गफिन्छ फोनबिचमा निद्रा सबै टार्दछ
सुत्ने गर्छ बिहानको पख सबै आश्चर्यमा पार्दछ
खाने नै मन छैन घट्छ दिनऔँ छुद्धे हरायो किन ?
छोराको शुभ छैन चाल अहिले कल्ले बिगार्यो मन ? ३

हेर्दा सुन्दर तेज शिष्ट नमुना मान्थे सबै गाउँमा
अल्गिन्थो यशले पढाइ गतिलो भन्थे सबै ठाउँमा
झुत्तिन्थे सब भित्र ओरपरका सान्निध्य हुन्थे सबै
जान्ने हो भरपर्दथे सबजना साथी सँगी ती सँधै ।। ४

हक्की हो हुन ता तथापि किन हो बन्दै छ यो अस्थिर
सुक्खामा छ मुहारको मखमली गिर्दै छ ठाडो शिर
चिन्ताले छ अभावग्रस्त घरको सौन्दर्य भाग्यो कता ?
कस्तो हो मन ए बुबा हजुरको सोच्तै छु आफैँ म ता ।। ५

गर्छन् बाबु हरेक कार्य नसुती सन्तानका खातिर
गर्दैनन् किन ख्याल के छ मनमा उल्लास शङ्का पिर
बाली बिग्रिनु हुन्न खेत अथवा बारी कतैको पनि
आफ्ना सन्ततिका भविष्य दरिँदा तार्लान् नि नौका बनी ।। ६

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

कविराज घिमिरे
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

कमला पन्थी अधिकारी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x