साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुसेली फाउन्डेसनकाे सुर्तीजन्य पदार्थ विरुद्ध सुसेली वाचन

वरिष्ठ कवि कलानिधि दाहाल एवम् यस संस्थाका संरक्षक एवम् संस्थापक सल्लाहकारद्वय चन्द्रा न्यौपाने र गङ्गा लिगल विशिष्ट अतिथि रहनुभएको थियाे ।

Nepal Telecom ad

काठमाडाैं, २०८२ जेठ । राष्ट्रिय सुसेली फाउन्डेसनले यही गत शनिबार वरिष्ठ कवि कलानिधि दाहाल एवम् यस संस्थाका संरक्षक एवम् संस्थापक सल्लाहकारद्वय चन्द्रा न्यौपाने र गङ्गा लिगल विशिष्ट अतिथि रहनुभएको सतसठ्ठीयौँ कार्यक्रम फाउन्डेसनकी उपाध्यक्ष सुशीला ढकाल अधिकारीको स्वागत मन्तव्यबाट सुरु भई सञ्चालन भएको थियो ।

१८ जना कवि साहित्यकारहरूको उपस्थितिमा सञ्चालित “धुम्रपान लिन्छ ज्यान” को स्लोगन सहितको जनचेतनामूलक सुसेली वाचन/गायनको कार्यक्रममा विशिष्ट अतिथि कलानिधि दाहालले आज उपस्थित सबै कवि साहित्यकारहरूले जनचेतनामूलक मीठा सुसेली सिर्जना गरी सुनाउनु भएकोमा खुसी व्यक्त गर्दै सुसेलीले मारेको फट्को डाह लाग्दो रहेको छ, तर पनि कविहरूले हाम्रा परंरागत अन्य कविताहरूलाई बिर्सन नहुने कुरा दोहोर्‍याउँदै सुर्तीजन्य पदार्थका विरुद्धमा आफूले रचना गरेका केही उदाहरणीय सुसेली गाएर सुनाउनु भयो ।

यसैगरी अर्की विशिष्ट अतिथि चन्द्रा न्यौपानेले आज वाचन भएका सुसेलीको समीक्षात्मक टिप्पणीसहित आज उठेका विभिन्न विषयका टिप्पणीको स्वागत गर्दै आगामी दिनमा सबैका सल्लाहअनुसार नै संस्थाले कार्यक्रम तय गर्दै जानेमा आफू विश्वस्त रहेको बताउँदै सुर्तीजन्य पदार्थ विरुद्धमा आफूले लेखेका जनचेतनामूलक सुसेली गाएर सुनाउनुभयो ।
अर्की विशिष्ट अतिथि गङ्गा लिगलले संस्था परिवारलाई शुभकामना दिँदै संस्थाले विविध कार्यक्रमहरू गरेर उदाहरणीय सन्देश दिइरहेको कुरा उल्लेख गर्दै आफूले रचना गरेका आमा सम्बन्धी सुसेलीहरू वाचन गर्नु भयो ।

त्यसैगरी, सुर्तीजन्य पदार्थ विरुद्धको जनचेतनामूलक सुसेली गायन/वाचनमा सहभागी अतिथि कवि सुसेलीकारहरूमा चन्द्रावती अधिकारी, द्वारिका कुइकेल, जानुका थापा रायमाझी, सुरेशचन्द्र घिमिरे, वासुदेव ठकुरी, सुधा वास्कोटा ढकाल, विश्वनाथ ढुंगेल, रामशरण न्यौपाने, खगेन्द्र बस्याल, कृष्णदेव रिमालले सुर्तीजन्य पदार्थ विरुद्धका जनचेतनामूलक विषयमा सुसेलीहरू गाएर सुनाउनुभयो ।

अन्त्यमा सुसेली उपविधाका प्रवर्तक एवम् संस्थाका संस्थापक केन्द्रीय अध्यक्ष सभापति दुर्गा अधिकारी ‘भमरकोटे’ ले सुसेलीको यो सतसठ्ठीयौँ कार्यक्रममा उपस्थित सहभागी र सहयोगी सबै कवि साहित्यकारहरूमा धन्यवाद ज्ञापन गर्नुका साथै सुसेलीले नेपाली साहित्यमा अमृतको घडाको रुपमा अगाडि बढिरहेको आभाष भइरहेको बताउँदै समीक्षात्मक टिप्पणी गर्नु भयाे ।

‘भमरकोटेले कार्यक्रममा उपस्थित भएर सहयोग गर्नुहुने सबैलाई हार्दिक धन्यवादसहित आफूले रचना गरेका सुर्तीजन्य पदार्थ विरुद्धको जनचेतनामूलक सुसेली गायन गर्दै कार्यक्रमको समापन गर्नुभएकाे थियो ।

०००
दुर्गाप्रसाद अधिकारी ‘भमरकोटे’काे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x