सुदन लुइटेलतार्ने पनि हाम्रै
हाकाहाकी भन्छौ हामीसँग जोरी खोज्नेहरु सुन सहकारी काण्डमा विरोधीलाइ अदालत घिसार्ने पनि हाम्रै ।

सुदन लुइटेल :
मान्छे बेच्ने हाम्रै, मान्छे मार्ने पनि हाम्रै
भिजिट भिषा ठगी सेटिङ पार्ने पनि हाम्रै
हाम्रो शासन सत्ता छ छानबिन गर्ने आँट कस्को
तेत्तिस किलो सुन एयर्पोर्ट झार्ने पनि हाम्रै
कार्यकारी प्रमुख प्रत्यक्ष गर्दा हामी हार्न सक्छौँ
संविधान संशाेधन नगरी मिति सार्ने पनि हाम्रै
अहिले जहाज किनौँ पछि नेपालमा समुन्द्र लेराउला
कलकत्ताबाट काठमाडौं पानी जहाजमा तार्ने पनि हाम्रै
हाकाहाकी भन्छौ हामीसँग जोरी खोज्नेहरु सुन
सहकारी काण्डमा विरोधीलाइ अदालत घिसार्ने पनि हाम्रै
गिरिबन्धु, ललितानिवास, बालमन्दिर वाइड्बडी जलहरि
काण्डै काण्डको पैसा मिलेर लतार्ने पनि हाम्रै ।
०००
तीनथाना, काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest






































