साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच खित्कौली

पसलका साहुः खोई ह्याँ न बारी छ न त गोरु नै पाल्छन्, को होला त हलि ? आगन्तुकः उहाँको खास नाम हरिस लिम्बु हो, मैले त हतार भएर छोटकरीमा हलि भनेको।

Nepal Telecom ad

अमर अधिकारी :

(दुईजना साथी चिया पसलमा गफ गर्दै)
बलवीरः नथुक्ने हो भने हाम्रो शरीरभित्र थुक र र्याौलको धेरै महत्व छ।
वीरबलः तिमीले उल्टो भन्यौ बलवीर! मलाई त पान, सुर्ति, गुट्खा खाएर पिच्च पिच्च थुक्न धेरै सजिलो भएको छ, र्यालले गर्दा।
-१-

(बाउ गोठमा भैँसीलाई कुँडो खुवाउँदै गर्दा छोरा आँगनमा मोबाइल चलाउँदै)
छोराः बा! बा !! मैले अपलोड गरेको सर्ट भिडियोमा त धेरै भ्यु आएको छ।
बाउः गाई-भैँसीका लागि घाँस काटेर खुवाएर धेरै घ्यु आओस् भन्नु छैन, धेरै भ्यु आयो रे ! तात्तो न छारो !! बसेर होमोक गर !!!
-२-

(सहरको एक चोकमा एकजना घाइते रुँदै)
घाइतेः मलाई डबल नोक्सान भयो..!! हुँ.. हुँ ..
पसलेः के भो त्यस्तो डबल नोक्सान?
घाइतेः घाँटीमा लगाएको पाँच तोलाको दाम्लो लग्यो, घाँटी नै घाइते पार्योे, रगत बगिराछ! हुँ… हुँ…
पसलेः हिँजोसम्म त हामीजस्तो धनीमानी कोही छैन जस्तो गरेर घमण्ड गर्थ्यौँ त ? ठीक्क पर्योे!!
-३-
(सहरमा दुई छिमेकी बाझ्दै)
कमलः हाम्रो इनारको नजिक पारेरै सेफ्टी ट्यांकी बनाउनुपर्छ? अलि पर गराएको भए भैहाल्थ्यो नि!
विमलः वास्तुशास्त्रीको भनाइ अनुसार सेफ्टी ट्यांकीका लागि यही ठाउँ उपयुक्त छ रे ! उनैसँग झगडा गर्न जानुस् !! आफ्नो जग्गामा पनि आफूखुशी गर्न नपाउने ?
-४-

(नवागन्तुक टोलमा प्रवेश गरेपछि)
आगन्तुकः यो टोलमा हलिको घर कुन होला ?
पसलका साहुः खोई ह्याँ न बारी छ न त गोरु नै पाल्छन्, को होला त हलि ?
आगन्तुकः उहाँको खास नाम हरिस लिम्बु हो, मैले त हतार भएर छोटकरीमा हलि भनेको।
-५-

०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चुनावी खित्कौली

चुनावी खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x