साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आन्दोलन

के जनतालाई फेरि उही राजतन्त्र चाहिएकै हो त ? जसलाई फाल्न तीन दशकसम्म जनताले भूमिगत रहेर संघर्ष गर्नुपरेको थियो।हजारौँ होनहार नागरिकले ज्यान गुमाएका थिए ।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

के यो देशमा धर्म निरपेक्षता अपच भएकै हो त ?”- माष्टर शुक्रराजले राजधानीको आन्दोलन नियाल्दै भने।

“हाम्रो देशमा कुन नीति चाहिन्छ कुन चाहिंदैन त्यो आवेश वा मातमा तय गर्छन्। नेताहरूसँग कुनै विजन छैन ; उस्तै कार्यकर्तासँग रोजगार छैन तर पेट त पाल्नै पर्यो नि।

उनीहरू जेपायो त्यही बोल्छन्। हिजो हिन्दु धर्मले देशको विकासमा बिनास गर्यो ;अन्य धर्मालम्वीहरूमा अन्याय गर्यो भन्दै आन्दोलन गर्दै थिए । उनै आज हिन्दु धर्म चाहिन्छ भन्दै कराएका छन्। तर उन्का झोलेहरूलाई आन्दोलन नामक रोजगार मिलेकै छ।”- अग्निले निदार चाउरी पार्दै भन्यो।

“असलमा छिमेकीलाई देशको संविधान चित्त बुजेको छैन, त्यही भएर उक्साएको होला नि ।नाई भने सबै धर्मको सम्मान गर्दा देश अखण्ड हुनुपर्ने। यो देशका नागरिकले त यस्तो माग राख्नु नपर्ने हो ।”- अनुरागले आफ्नो बिचार राख्यो।

“अरू त अरू हिजो जनताले भोट दिएका गणतन्त्रको व़कालत गर्नेहरू संसद पुगेर त राजतन्त्रको पक्षमा उत्रिएका छन्। के यो आम जनतासँग गरेको गद्धारी होइन र ?”- अग्निले प्रश्न तेर्स्यायो।

“के जनतालाई फेरि उही राजतन्त्र चाहिएकै हो त ? जसलाई फाल्न तीन दशकसम्म जनताले भूमिगत रहेर संघर्ष गर्नुपरेको थियो।हजारौँ होनहार नागरिकले ज्यान गुमाएका थिए ।” शुक्रराजले फेरि प्रश्न गरे।

“कसै कसैलाई सम्मान पनि अपच हुन्छ र काल कोठरीमा बस्ने रहर पलाउँछ।”- अनुरागले सटिकमा भन्यो।

०००
घोराही- १८, दाङ
१९ -०२-२०८२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
ग्यास

ग्यास

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
पावर

पावर

सुरेशकुमार पाण्डे
निर्णायक को ?

निर्णायक को ?

सुरेशकुमार पाण्डे
समय

समय

सुरेशकुमार पाण्डे
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x