साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जाऊँ त जाऊँ कता ?

कोही भन्छ इशा ठुलो भुवनको मुल्लाहरू मज्जित रोजेका सबले भुलाइ जनको, लामाहरू वौदिक। भन्छन् पार तराउने म सबको, पण्डाहरू देवता एक्लै यो हुलमा म एक बबुरो सोच्दैछु जाऊँ कता ?

Nepal Telecom ad

बालकृष्ण खनाल :

मुर्दा गाउँ रहेछ यो अझ कठै बोल्दैन कोही किन ?
हुन्छन् बिक्न सधैं तयार जनता, निर्धक्क भै दिनदिन।
गर्दैनन् प्रतिकार यो सहरका मान्छेहरूले किन ?
बन्छन् चाकरझैं झुकेर बिचरा, पीडा सहन्छन् झन ।।

सच्चा दास रहेछ मानव उही,जो भन्छ विद्वान म
चिन्ता गर्छ सधै कमाउँ कसरी, गर्दैन ऊ चिन्तन ।
स्वार्थी चाल अनेक जान्दछ उहीँ, जो डिग्री होल्डर छ
साँच्चै अन्पढ लाग्छ मलाइ किन हो, विद्वान भन्ने जो छ।।

माया यो भवको बरू त बिचरा, गर्दैछ निरक्षर
जस्को छैन यहाँ त बास गतिलो, आकासको जो भर।
जो विद्वान समाजमा कहलियो, भो भ्रष्टचारी उही
गोठाला बनका पवित्र मनका हुन्छन् बरू ती सही।।

धेरै जाल गरे गए सदनमा ती भ्रष्टका नायक
बेची नैतिकता कमाउन पुगे, यो देशका शासक।
भन्छन् पूर्व दिशा हिडौँ सबजना, हिँड्छन् उनै दक्षिण
छोडौँ हिँड्न पछ्याइ पाउ यिनको, ठिक्  छैन यो लक्षण।।

जागौँ राष्ट बचाउन यो समरका, ए सर्वहाराहरू
भाग्नेछन् सबका सबै मुलुकका सामन्त डाँकाहरू।
गोला बारुदको सुनेर धमका उड्छन् परेवाहरू
भन्छन् शान्ति भनेर यी नकचरा, पापी फटाहाहरू।।

गीता हात समाइ बाइबलको,बाँडेर हिँड्छन् यहाँ
पापी हुन् सबका सबै असलमा, धर्मी हुँदैनन् तहाँ।
पुग्छन् यो गरिबी जहाँ छ भवमा, लोभ्याउदै सज्जन
पार्छन् मानवको सधा भरममा, देवान्त झै भैकन।।

केयो जात छुट्याउँछौ भन तिमी यो धर्मको नाममा
आफ्नै भाइ जुधाइ हेर्छ रमिता त्यो दुष्ट बेकाममा।
तेरो स्वर्ग पठाइदिन्छु म भनी, पण्डाहरू जुट्दछन्
देखाईकन स्वर्ग हुँदै नभएको,आफू यहाँ लुट्दछन्।।

कोही भन्छ इशा ठुलो भुवनको मुल्लाहरू मज्जित
रोजेका सबले भुलाइ जनको, लामाहरू वौदिक।
भन्छन् पार तराउने म सबको, पण्डाहरू देवता
एक्लै यो हुलमा म एक बबुरो सोच्दैछु जाऊँ कता ?

०००
टिकापुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ढोका सबैको उहीँ

ढोका सबैको उहीँ

बालकृष्ण खनाल
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
हैनन् नयाँ यी पनि

हैनन् नयाँ यी पनि

बालकृष्ण खनाल
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
के के नयाँले गरे

के के नयाँले गरे

बालकृष्ण खनाल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x