साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वसुधैव कुटुम्बकम्

त्यसैले त हरेक राज्यका शासकहरु नेपालका शासकझै आआफ्नै तालमा एकतमासले आफ्नै भलाईकाे लागि मात्रै बाैलाइरहेका छन् । अरुको भलाइ र हितमा समय खर्च गर्ने रित सकिएछ ।

Nepal Telecom ad

शेषराज भट्टराई :

यस जगतका सारा मानव हाम्रा नितान्त नजिकका आफ्नै कुटुम्बेली हुन् । हरेक मान्छेलाई आफ्नै तेह्रदिने ठानेर अँगालोमा कस्नुपर्छ । कुममा कुम जाेडेर सँगै बस्नुपर्छ । परको पराइ ठान्नै हुँदैन भन्ने अर्थ हुन्छ वसुधैव कुटुम्बकम् काे ।

तथाकथित धर्मयुद्धमा अर्जुनले भनेका छन् “जसलाई मारेर हासिल गरेको राज्य नै व्यर्थ हुन्छ भने त्यस्तो युद्ध किन गर्ने ?” यसबेला दाजुभाइका बिचमा स्वार्थकाे लडाईं भयो र अठार अक्षाैहिणी सेना मारिए । विधवा, टुहुरा, अङ्गभङ्ग हुनेको त हिसाबै छैन कति हाे कति ।

अहिले नेपालकाे अवस्था हेर्दा त्यस्तै लाग्छ । सत्ताराेहणका खातिर दशवर्षे जनयुद्धका बेला भारतीय भूमिमा लुकेर आफ्नो देशका दाजुभाइकाे हुर्मत लिने शासकको आत्माले अमनचयन गरेको हाेला त अहिले ? आफ्नै परिवारलाई सिध्याउँदाकाे आत्मग्लानीले ती शासकलाई पाेल्छ कि पाेल्दैन ? नेपालका बैंक लुटेर नेपाली जनताको घर जग्गा जमिन कब्जा गरेर ठूलो धनराशिले भारतीय हतियार खरिद गरेर आफ्नै मुलघर, कुलघर, पुलपुलेसा, राजमार्ग सबै छरछिमेकी, इष्टमित्र, दाजुभाइ, दिदीबहिनी नाता कुटुम्बलाई सखाप पारेर
गरेको अमनचयनबाट के स्वाद आयो हाेला र ती देशद्राेहीलाई ?

तर अहिले सारा शासकहरु निर्दयी भएका छन् । वसुधैव कुटुम्बकमले काम गर्थ्याे भने रसियाले युक्रेनमाथि आक्रमण गर्ने थिएन। माओवादीले दशबर्से जनयुद्ध गर्ने थिएन । अमेरिकाले सद्दाम हुसेनकाे राज्यमा आक्रमण गर्ने थिएन। हिराेसिमा र नगासाकीमा परमाणु बम पनि खस्ने थिएन। जापानी सेनाले चिनकाे नानचिङमा धेरै जना चिनियाँ सेनाहरुलाई जिउँदै खाल्डामा पुर्ने थिएन । बेलायतले भारतमा उपनिवेश कायम गर्ने थिएन। इजरायलले हमास माथि जाईलाग्ने पनि थिएन र नेपाली कांग्रेसका अत्यन्तै वफादारी एकपटक मन्त्री समेत पड्काएका अफताब आलमले इँटाभट्टामा जिउँदै मानवलाई पाेल्ने पनि थिएनन् । त्यस्ता अत्यन्तै वफादार अपराधमा रमाउनेले पनि न्यायालयलाई पैसाकाे झटाराेले ठहरै पारेर गणतन्त्र नेपालमा घरतिर हानिने बहादुर पनि धेरै छन् ।

शासकको मात्रै कुरा हाेइन । समाजमा वसुधैव कुटुम्बकमकाे खिलाफमा रमाउनेहरु धेरै छन् त्यसैले त बलत्कारका सिकार बन्छन् निर्मला पन्थहरु । समाजमा विकृति विसंगतिकाे सधैँ बजार लाग्ने गर्छ र बजार भर्न तिनै समाजका लब्धप्रतिष्ठितहरु टाइसुटमा लम्किरहेका हुन्छन् र तिनलाई राज्यले आचि छिछि: नभनी नलजाईकन काखीच्यापी रहेको हुन्छ ।

शासकहरु मानव बेचविखनमा रमाइरहेका हुन्छन् । हरेक तह र तप्कामा भ्रष्टाचारले फँडा फुलाइरहेको हुन्छ । वर्षाैं वर्ष यस्तो घृणित कर्म जारी रहन्छ । अनि शासकहरुले दुनियाँ मित्रराष्ट्रबाट ठग र भ्रष्टाचारीकाे पगरी गुथिरहेकाे अवस्थामा पनि चेत नखुलेर भ्यागुताकाे पूर्ण स्वास्थकाे जिम्मा सर्पलाई दिन्छन् । मुसालाई तिर्थाटन गराउने जिम्मा बिरालाले पाउँछ । बाघ र चितुवाले हामी साकाहारी हाै भन्यो भनेर पत्याउदै गाई, बाछा, बाख्राकाे रखबरी गर्ने जिम्मा पनि तेस्तैले पाउँछन् । अक्षेम्य अपराधी महाभ्रष्टाचारीलाई हाकाहाकि तह लगाउन नसक्ने शासकले विदेशीले हस्तक्षेप गरे राेक्न सक्छ भनेर हामीले पत्याइदिनु पर्ने ? अनि जनताको अन्तर मनमा असन्तुष्टीकाे ज्वारभाटा फुट्नु स्वभाविक नै ठहर्छ ।

अहिलेकाे राजावादीको अंकुरण यस्तै विकृत परिस्थितिकाे उपज हाे । वर्तमान भुक्तभाेगी नागरिकको माग हाे । परिस्थितिले काेल्टाे फेरेको हाे । हरेक राज्यले वसुधैव कुटुम्बकमकाे अनुशरण गर्ने हाे भने भएका ती विध्वङ्सकारी हातहतियारहरु एउटै घाेषणाले कामै नलाग्ने गरि डिस्पाेज हुन्छन् । सानो घाेषणाले निस्तेज हुन्छन् । अनि सारा मानवमा नीतिनियम र नैतिकताको हाेडबाजी चल्छ । वसुधैव कुटुम्बकमकाे एकाएक अनुशरण हुनथाल्छ । महिला, बालबालिका, गरीब दीनदुखीले कतै पनि हेपिनु पेलिनु पर्दैन । काला गाेराकाे रङ सालाखाला समान हुन्छ । उच्च विद्वान् र न्यून विद्वान् बिचकाे खाडल पुरिन्छ अनि मानवमानव बिचकाे झगडा नै तुरिन्छ । धनवान् अनि निर्धनकाे दूर दूरी र तिनको चुरीफुरी समान हुन्छ । तर खै त नेतृत्व लिने कसले जस लिने कसले ?

सबै विकृति विसंगतिमा रमाइरहेका छन् । उपद्राे, उटपट्याङ, नरसंहारकारी, विध्वंसकारी खरखजानाकाे बजार दिनप्रतिदिन माैलाइ रहँदा मान्छे पनि नबाैलाई रहन गाह्रो पर्ने रहेछ । त्यसैले त हरेक राज्यका शासकहरु नेपालका शासकझै आआफ्नै तालमा एकतमासले आफ्नै भलाईकाे लागि मात्रै बाैलाइरहेका छन् । अरुको भलाइ र हितमा समय खर्च गर्ने रित सकिएछ । हिजो पनि बाैलाउँथे र आज पनि क्रमभंग नभएको देख्दा मलाई पनि बाैलाउँ बाैलाउँ लागिरहेको छ । तपाईंलाई नि ?

०००
फूलबारी ११ पाेखरा कास्की ।
फाेन:- ९८०६६७७५९४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
सरकाे र घरकाे कुटाइका कुरा

सरकाे र घरकाे कुटाइका...

शेषराज भट्टराई
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
0
Would love your thoughts, please comment.x
()
x