साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अधिक पूजित हून् अब ज्येष्ठ जन

छ धनकै रटनी कति भ्रष्ट बने कति त वृद्ध भनाउन लाज बने सकल गन्ध पखाल्नसकी वदन अधिक पूजित हून् अब ज्येष्ठ जन ।।

Nepal Telecom ad

कविराज घिमिरे :

युवकमा अपराध गरे कतिले
कुलतले तन खार्न पुगे कतिले
शुभ हुने कृत कर्म गरी सघन
अधिक पूजित हून् अब ज्येष्ठ जन ।। १

फगत लालचमा न कुदुन् अब यी
निज निमित्त बडा न बनुन् अब यी
घृणित कर्म पखाल्न जुटुन् नयन
अधिक पूजित हून् अब ज्येष्ठ जन ।। २

छ धनकै रटनी कति भ्रष्ट बने
कति त वृद्ध भनाउन लाज बने
सकल गन्ध पखाल्नसकी वदन
अधिक पूजित हून् अब ज्येष्ठ जन ।। ३

कति त हिंसक छन् महिलाप्रति नै
कति गरे अपराध ठुला अति नै
जति भए बदमास अरू नबन
अधिक पूजित हून् अब ज्येष्ठ जन ।। ४

छ महिलाबिचमा पनि भेद यहाँ
अझ वधू कति छन् परपीडनमा
अथक नाश गरी जति छन् जलन
अधिक पूजित हून् अब ज्येष्ठ जन ।। ५

०००
भक्तपुर बुढ्यौली साहित्य समाजको समस्यापूर्तिमा आधारित कविता लेखन अभ्यासबाट  

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पाका सारद हुन् …

पाका सारद हुन् …

कविराज घिमिरे
वृद्धाहरू सबल छन् …

वृद्धाहरू सबल छन् …

कविराज घिमिरे
…किन बन्दिनन् मुमा ?

…किन बन्दिनन् मुमा ?

कविराज घिमिरे
वृद्धमा खुसी फुलोस् …

वृद्धमा खुसी फुलोस् …

रामशरण न्याैपाने
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

देवीप्रसाद मिश्र
0
Would love your thoughts, please comment.x
()
x