साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमा मायाँ गर्दछिन् चित्त लाई

जोजो रुन्छन् दुःखले मार खाई हाँस्ने चाला केछ खोज्छिन् दवाई यी हुन् साक्षात् लोककी सन्त-माई आमा मायाँ गर्दछिन् चित्त लाई ।।

Nepal Telecom ad

कविराज घिमिरे :

आमा भन्ने शब्द नै हो दुहाई
टार्छिन आपत् वेदना ती लुकाई
देखी भोका आँत भर्छिन रमाई
आमा मायाँ गर्दछिन् चित्त लाई ।। १

आफ्नो अर्को भिन्न भिन्नै गराई
बुन्ने जो छन् जाल गाँठो फुकाई
एकै पार्छिन् भावनामा डुबाई
आमा मायाँ गर्दछिन् चित्त लाई ।। २

आमाले नै दुग्धधारा चुसाई
आफ्नो पार्छिन् भोक तिर्खा हटाई .
विपत् पर्दा टार्न सन्तानलाई
आमा मायाँ गर्दछिन् चित्त लाई ।। ३

तोडी दिन्छिन् मानको बाँधलाई
खेप्छिन् आफू दुःख थाहै नपाई
छोराछोरी सौख्य प्यारा जनाई
आमा मायाँ गर्दछिन् चित्त लाई ।। ४

आफ्ना बच्चा ख्याल गर्छिन् फकाई
रोगी बन्दा ल्याउँछिन् यी जँचाई
गर्छिन् सेवा वृद्धको आड पाई
आमा मायाँ गर्दछिन् चित्त लाई ।। ५

जोजो रुन्छन् दुःखले मार खाई
हाँस्ने चाला केछ खोज्छिन् दवाई
यी हुन् साक्षात् लोककी सन्त-माई
आमा मायाँ गर्दछिन् चित्त लाई ।। ६

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

कविराज घिमिरे
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x