साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दर खाने दिन

थुप्रै झुट बोलेर कमाउनुपर्ने र आफूले दर खाने चाढ पर्वहरू पनि त साझा हुन् तर कसैलाई आँसु भिराए कसैलाई गुन लगाए ।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

आज दरखाने दिन रहेछ
म बजार तिर गए र सार बजारमा
घुम्नेहरूलाई हेर्न कति सजिलो
कयौं दुखारे थिए भिख मागिरहेका
कयौँले अरूको बुद्धि भुट्दै थिए
तीजी पर्वलाई महान पर्व भन्दै थिए
मलाई खित्का छाडेर हाँस्ने मनलाग्यो
तर हांसन सकिन बरू सोंचे
मैपनि त यही समाजभित्र छु
मैले अरूको होइन
आफ्नै बारेमा केही भन्नुपर्छ
त्यही सोंचेर फिर्ता आएं घर
सिसामा उभिएं र क्षणभर
आफैलाई नियालें
अरूको आलोचना गर्दैगर्दा
अर्कैको अनुहार कालो हेर्दा
कसले के खायो के लगायो
के घोप्टायो के पायो
त्यसैको लेखाजोखामा
भुसुक्कै भुलेछुँ आफूलाई हेर्न
देख्दै देखिन छु मैले
आफ्नै पिठ्युँमा मयलको थुप्रो
अब्बलताको उडान् भर्दा
कुसंस्कारमै हुर्किएको मै पनि
जसरी भए पनि खानै पर्छ
साहेद खानलाई नै जम्मिएका हौँ
अरूको खल्ती रित्ताएर पनि
आफु त बन्नै पर्छ नी धनी
कसैलाई नलुटेर बनिदैन धनी
कति चित्त बुज्दो गीत
त्यो सारङ्गी रेट्नेको
भयो कति सुन्ने यस्ता गीत
मलाई जस्तै शिक्षा साँच्चै
पक्कै पनि मिल्यो तिमिलाई
एउटै कोखबाट जम्मिएका
एउटै काखमा हुर्किएका
तर खै कुन्नी किन हो
म हुँदा खाने भए छु
तिमी हुनेखाने भयौ भाइ
तर खान त सुन चाँदी
कसले पो खान्थ्यो
सबैले खाने त अन्न नै हो
टपरीमा खाए पनि भात
चाँदी सुनको थालमा
खाएपनि उही भात
अनि केको अभिमान
समयलाई उछुन्न खोज्नु हुँदैन
समय पक्कै आउँछ एकदिन
हाम्रो भेट अवश्य हुन्छ
त्यही मिलन चौकमा
किन कि
बाटो भिन्दाभिन्दै भए पनि
गन्तव्य त एकै ठाउँ हो
नपताए हेर त्यो मसान घाट
सबैलाई पोल्ने उस्तै दाउरा हुन्छन्
सबैलाई खरानी पर्नै पर्छ
जती धन जम्मा गरेपनि
कसैलाई कालले माफी दिंदैन
त्यसैले यो धर्ती आकास
सबैको हो सबैलाई
जिउने अधिकार हुन्छ
रमाउने अधिकार हुन्छ
एउटाले आर्कोलाई लुट्न खोज्दा
दुर्घट्ना पक्कै पनि निम्तिन्छ
अनि त्यसैले त मानिस भित्र
मरेको मानवता
भित्रभित्रै भूत अथावा रक्षस
बन्द छ।मानवता मरेपछि
फेरी पनि म गोलभेडाबाट पनि
उसको हिस्साको दश रूपियाँ
खोस्न वार्गेनिङ गर्छु
साँच्चै रूपियाँले मानवलाई
स्वार्थि बनायो।
जीवितनै लाश बनेको हुन्छ।
थुप्रै झुट बोलेर कमाउनुपर्ने
र आफूले दर खाने
चाढ पर्वहरू पनि त साझा हुन्
तर कसैलाई आँसु भिराए
कसैलाई गुन लगाए
आवरण प्रकृतिको तर
षड्यन्त्र उनै मानव रूपी
दानवहरूको।
जे हाेस् शुभकामना त दिनैपर्यो
कसैलाई निम्तो नगरे पनि
औपचारिकताकै लागि
अपनाएको यो अवसरवादी बाटो
हार्दिक शुभकामना तीजको ।

०००
घोराही १८, दाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
ग्यास

ग्यास

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
पावर

पावर

सुरेशकुमार पाण्डे
निर्णायक को ?

निर्णायक को ?

सुरेशकुमार पाण्डे
समय

समय

सुरेशकुमार पाण्डे
बुबा

बुबा

विदुर अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x