साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धत्तेरिका तीज !

खर्च गरौंला, अब आफ्नो त सुक्को छैन क्यारे । हे प्रभु ! हे ईश्वर ! म सोझी अबला दुखीको यो पुकार तुरुन्तै सुनिदेउ । बस्छु दारु धोकेर हातले टाउको ठोकेर नपरोस् है यो योजना बस्न रोकेर ।

Nepal Telecom ad

रामकृष्ण ढकाल :

धत्तेरिका तीज !
गै हालेछस् नि फुत्केर ।
जम्मा सयजनाको निम्तोपनी मान्न नभ्याउदै
आफ्नो घरको रौनक देखाउन नपाउँदै ।
तँ आउँछस् भनेर मैले केसम्म गरिनँ
ऋण काढेरै भए पनि
नयाँ लुगा धुने यन्त्र ल्याको थें
नयाँ जमाउने चिस्याउने भाँडो किन्याथें
एक कोश परकी साथिकहाँबाट साडी सापटी खोज्याथें
यो यो चिज यहाँ यहाँबाट ल्याउछु भनेर रोज्याथें
बुढोसँग धम्की घुर्की मार्फत
झन्डै दुई महिनाको तलब झार्‍याथें
नन्द आमाजूलाई हल्ला नगरीकन
आफ्नै भाउजू बुहारीलाई डाक्ने सुर गर्‍याथें ।
सानी आमा ठुली आमाका छोरीहरु र बुहारीलाई
बडो मज्जाले डाक्नैपर्ने सूचिमा पार्‍याथें ।
मलाई बोलाइनस् भन्नेका लागि
अनेक बहानाका कथा नाटक तयार थिए
तर के गर्नु
आफ्नू त पुर्पुरै कस्तो कस्तो
अरुले गरेको निम्ता समेत सबै मान्नै नपाइ
हेर तीज ! तैँले मलाई ठुलो धोका दिएर गइस्
हेर तेरो यो चर्तीकला म जिन्दगीभर बिर्सने छैन
मैले मात्र त के आफ्नै घरमा तिजको निहुँमा
दारु सिनो खाएर विदेशी ढ्याङ्ग ढ्याङ्ग र ढुङ्गढुङ्गसित
छिल्लिएर पौरख देखाउँदै तस्वीर खिच्ने मेरो
योजनाले पनि तँलाई हजारौं पटक सराप्ने छ ।
बिचरा भट्टी पसले साहुजी
अनि दाह्री मात्र पाल्ने जुँगा सधैं फाल्ने
खसी हत्यारा हिरोले
मलाई कति सम्झे होलान्
मेरै बाटो कति हेरे होलान्
बिहान बिहान परको फूलबारीमा भेटिरहने
भू पु लाहुरेले मेरो कार्यक्रमको चलचित्र हेर्न
कति आकुल ब्याकुल भयोहोला !
हे भगवान ! अब अर्को वर्षबाट त
यो तीजलाई १०८ दिनबाट बढाएर
पुरै १८० दिन बनाइदेउ ।
बरु म तिमीलाई जे भनेर जे गरेर भए पनि
त्यो लोग्ने भनाउँदोको एक महिनाको कमाइ
खर्च गरौंला, अब आफ्नो त सुक्को छैन क्यारे ।
हे प्रभु ! हे ईश्वर ! म सोझी अबला दुखीको यो
पुकार तुरुन्तै सुनिदेउ ।
बस्छु दारु धोकेर हातले टाउको ठोकेर
नपरोस् है यो योजना बस्न रोकेर ।
सङ्गीहरूको अगाडि बोल्ने बाटो हरायो
क्वैको अघि पर्न पनि यो मन डरायो ।
आर्को साल हे प्रभु आधा वर्ष तीज होस्
यस्तो पीडा सहेर बस्नु नपरोस् ।

०००
टाँडी बजार, चितवन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
अलमल्ल

अलमल्ल

रामकृष्ण ढकाल
लघुकथा

लघुकथा

रामकृष्ण ढकाल
अन्तिम निर्णय

अन्तिम निर्णय

रामकृष्ण ढकाल
परिणाम यहि त होला ?!

परिणाम यहि त होला...

रामकृष्ण ढकाल
धन्यवाद हुजुर

धन्यवाद हुजुर

रामकृष्ण ढकाल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
बुबा

बुबा

विदुर अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x