साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रो प्रबल इच्छा…!

भूत, वर्तमान र भविष्यको आँकड़ा बताउँछु। तो दिन अब टाढ़ो छैन । उठल पैसा । बसल पैसा । चारैपट्टि पैसे-पैसा हुनेछ । पैसावाल भएपछि दुनियाँमा हाम्रो सम्मान दस गुणा बढेर जानेछ ।

Nepal Telecom ad

सुदर्शन अम्बटे :

मन्त्रीका छोरा मन्त्री। हिरोका छोरा हिरो। कुल्लीको छोरा पुस्ता-पुस्तासम्म पनि कुल्ली नै हुनुपर्ने। यो हाम्रो राष्ट्रिय चलन चल्तीलाई सामान्यरूपमा अल-वद्ल गर्ने जमर्को छ मेरो। सफल हुनु नुहुनु चाहिं भाग्य र भविष्यको मुट्ठीमा छ। तपाईंहरूको सहयोगमा भर पर्छ। तर कोशिश गर्नुमा के अप्ठ्यारो छ ! होइन ?

अलिलि गर्दै रिटायर हुने छेकछाकतिर पुगें म पनि। तैपनि मेरो पोस्ट चाहिँ अहिलेसम्म “वार्ड ब्याइ” नै छ। वार्ड ब्वाइ। अर्थात् “ब्वाइ” माने केटो। त्यसैले “केटा”-के ओहोदामा वृद्ध भाएर रिटायर हुने रहेछु क्यार ! हुन ता वार्ड व्वाइमा पनि मलाई कुनै खास टुटा ता छैन। तलबभन्दा धेर ओभर टाइम गर्छु। अस्पतालमा आएको राम्रा राम्रा औषधिमूलो र अरु खरिद-विक्रीहरू अन्य डाक्टर, नर्सहरूले जस्तै घर ओसार्न पाउँदा एक किसिम सन्तोकै छ। सबै हिसाब जोड़ने हो भने एउटा होटल म्यानेजरको भन्दा कम्ति छैन इन्कम मेरो पनि ।

तलबमाथिको एक्स्ट्रा इन्कम भनेको सवैलाई चाहिने वस्तु हो। प्रशासनले खाने घूस, अफिसको खाने कमिशन; डाक्टरले कुर्ने चेम्बर, टिचरले खट्ने ट्यूशन यी सबै एक्स्ट्रा इन्कमका मुहानहरू हुन्। खै, अर्काको कट्टु किन पछारों! बरू आफ्नै डम्फु ठटाउँन पट्टि लागौं। त्यसैले म भन्दैथिएँ- नहाल्नु मेडिकल लाइनमा हात हाली हालें। अब छोरोलाई चाहिँ वार्ड ब्वाइभन्दा निक्कै ठूला मान्छे बनाऊँ कि भन्ठानेको छु। हाम्रो डिपार्टमा ठुला मान्छे भनेको “डॉक्टर”। हौ, त्यही डाक्टर नबनाई छोड़दिनँ छोरोलाई। डाक्टर हुँदा जस्तो फाइदा छ त्यो ता मलाई नै थाहा छ। आखिर, त्यो नाथे डाक्टर बनिनु कुन ठूलो कुरा पो रहेछ र…!

पहिला पहिला ता मलाई छोरो नेपाली हाई स्कूल पढ़ाएकोमा अतिक मुचुक पुरुयुक् लाग्थ्यो। एक किसिमको धोका लाग्थ्यो। ईङ्गलिस स्कृत पढ़नेहरू मात्रै डाक्टर, उकिल, इञ्जिनियर र ठूला मानिस हुन्छ होला भन्ने ठान्यें। तर अहिले आँखाकै सामुने देखें-हाम्रै अस्पतालमा आउने नयाँ डाक्टर नन्दी बङ्गला छोड़ी अन्य बुने भाषा बोल्न लेख्न चिलिम। र पनि हो, परैहरू डाक्टर नै हुन् ता। कसैले ईङ्गलिसबाट सोधे बङ्गलाबाटै जवाफ फर्काउँछन्, उनीहरू। खै चलिरहेको छ ता। त्यसबाट मैले बुझे – “जजसलाई हामी भयङ्कर ठान्छाैँ सो नहुँदो पनि रहेछ।” अर्को कुरा उनीहरू मातृभाषामा डाक्टर हुन सक्छन् भने हाम्रो मातृभाषामा किन नहुने ? हाम्रो भाषामा त्यस्तो के कमी छ र हामी लुरुक्क डराउने ?”

छोड़िदिऊँ, त्यस्ता कामचोर, सरकारी कर्मचारीको ठुटे गफजस्ता कुराहरू ! हामी लोग्ने-स्वालीको उद्देश्य हो, छोरोलाई डाक्टर बनाउनुसम्मको । त्यसैले म छोरोलाई दिनरात सम्झाउँछु “इलिम विनाको चिलिम तान्नेहरूको सङ्गत नगर्नू । मण्डलका छोराजस्ता कुण्डल नलाउनू । ड्रगिष्ट झन् पटक्कै नहुनू।” त्यो खाने हबिगत छैन हम्रो। त्यो ता पुगीसरी आउनेका छोराहरूले खाने अम्मल हो। धनाढ्यपनाको बोक्रे सङ्केत हो।

म फेरि बारम्बार सम्झाएर भन्छु- “दत्तचित्त लाएर पढ़नू। परीक्षामा चोरेर-छलेर, सारेर-पछारेर, चिट लगेर फिट गरेर हुन्छ कि, धम्काएर-चम्काएर, लङ्की लगाएर-धक्की थापेर हुन्छ। अअथवा छुरी-कटारी, चुप्पी-च्याप्सा टल्काएर हुन्छ। पाखुरी-छेपारी देखाएर हुन्छ। कि या ओंठमा घिउ तेल घसेर हुन्छ। जसरी-तसरी वी.एस्सी. चाहिँ छिचोली हाल्। आखिरी नचोरी-नढाँटी कुन चाहिँ मान्छे ठूलाे भएको छ र ? जोसुकै पनि कतै न कतैबाट सुलाक लाएर मुलुक मार्नेहरू ता हो नि !” पढ़ाइमा यसरी प्रोत्साहन गर्छु म।

म त्यसलाई थुप्रै उदाहरण पेश गर्दै भन्छु- “हेर् छोरो, एकपल्ट ठूला मान्छे हुनु मात्रै गाह्राे। त्यसपछि ता सधैंभरिलाई जै-जै ! भनेकै छ-जो जिता वो सिकन्दर। सिकन्दर भनेको अलेकजाण्डर। अलेकजाण्डर भनेको चौबिस वर्षको उमेरमा मुलुक मार्ने विश्व योद्धा।”

कहिले काहीं त्यसलाई म जमानाको पनि परिभाषा दिँदै भन्ने गर्छु- “हेर् छोरो तँ पनि जमाना सुहाउँदो हुनु । सोझो-सिधाको भ्यालु छैन भन्ने कुरो तैले “सोझा” पाठमा पढ़ेकै होलास् । बस छोटामै धेरै कुरा बुझिहाल् । समझ्दार के लिए इशारै काफी।”

अँ ! म भन्दै थिएँ, मेरो तन-मन-धनले छोरोलाई डाक्टर बनाउनु छ। छोटे बी.एस्सी. सिद्ध्याएपछि त्यसलाई सिधै चाहिएको डिग्री ता हो नि । हातमा डिग्री भए फिक्री के को ?

डिग्री हत्याएपछि “आला”-को माला लाएर केटाकेटी, बुढाबुढी, तरुणी-तन्नेरी सबैको जिउ मनपरी ओल्टाई पल्टाई छाम्न पाई हालिन्छ ! गोप्य गोप्य निर्लज्ज प्रश्न सोध्न पाइन्छ । हामी-तिमीले पो, झुक्कुल-पुक्कुलमा तरुणीको जीउ छोइए अपवादको झटारो झेल्नुपर्छ ! डाक्टरले ता जतासुकै छाम्दा पनि कसैको छेकावार हुनेछैन क्यारे। स्वास्नीलाई छाम्दा लोग्ने ता बोल्नु पाइन्न; अरु ता के कुरा !

त्यसैले छोरोले डाक्टर छिचोल्ने वित्तिकै मेरो जिपिएफ र ग्राच्युटीको पैसामा आमा चाहिँको नौ गेड़ी पनि मासेर बजारमा एउटा भने जस्तो चेम्बर खोली दिउँला । एकजना अनुभवी कम्पाउण्डर साथमा राख्न लाउँला । एउटी ब्यूटी सिस्टरलाई पनि काम दिउँला। बस अरु के चाहियो ? आखिरी गर्नु पर्ने काम केही छैन डाक्टरले। पहिलो कुरो ता बिमारीले नै वृतान्त बताई हाल्छ आफ्नो रोग। अरु चोट र खोटहरू पनि ब्लड टेस्ट, स्टुल टेस्ट र भाँती-भाँतीका आधुनिक स्क्यानिङ् औजारहरूले खुट्याई हाल्छ। सड़केको मड़केको ठाउँमा तानतुन गरिहाल्छ कम्पाउण्डरते। मल्हम-पट्टीको शिरोभारो सम्हाली हाल्छे सिस्टरले ।

कस्ता रोगीलाई कुन औषधी दिनु, त्यो पनि दवाई कम्पनीका प्रतिनिधिहरू र सप्लायरहरूले सिकाएकै हुन्छ। तब डाक्टरको काम रह्यो जीउ छाम्नु, पैसा झार्नु ! वा, क्या मज्जाको पेशा !

अचेलभोलि त्यैमाथि झाँक्री जनपा-फेदाङ्बा-बिजुवाहरू विस्तारै मासिँदै जाँदैछ। उहिलेकाहरूले मन्त्र लुकाएर-लुकाएरै अचेल सक्कली मन्त्र एउटै छैन। यलो डुप्लिकेट मन्त्रको जमानामा पनि डाक्टरपट्टिबाट मौका छोप्न नसके, फायदा उठाउन नसके, कहिले कान ठाड़ो गर्ने ?

त्यस्तो, इज्जतिलो, रुपियाँको टक्साल खोल्ने उपायतिर लगाउन छोरोलाई म चौबिसै घण्टा खर्खराई गर्छु। भूत, वर्तमान र भविष्यको आँकड़ा बताउँछु। तो दिन अब टाढ़ो छैन । उठल पैसा । बसल पैसा । चारैपट्टि पैसे-पैसा हुनेछ । पैसावाल भएपछि दुनियाँमा हाम्रो सम्मान दस गुणा बढेर जानेछ । म पनि हर्कबहादुरदेखि एच.वी.-मा परिणत हुनेछु ! जत्ता गए पनि गर्वसाथ शिर ठाड़ो गर्नेछु।

तर म र मेरी स्वास्नीलाई ठूलो फिक्री चाहिँ के छ भने हाम्रो यो सपना-जपना योजना-परिकल्पनाको प्रबल इच्छा पूरा गर्नु यस बज्जिया मधौरोले पो माड़ खाइदेला के…??

०००
भारतीय नेपाली हास्यव्यङ्ग्य निबन्ध (सन् २०१०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x