साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीज त हुन गयाे डिस्काे र हाेटेलमा

कस्तो हृदयनै प्रफुल्लित हुने चाड् हुन्थ्याे गावैंभरि कस्तो हिम्मतथ्याे साहसिलाे हुँदै तर्थ्याैं खाेला भेलमा ऐलेकाे तिज ता कसाे हुन गयाे डिस्काे र हाेटेलमा ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

पैल्हे हुन्थ्याेअहा ! घरैघर मिठाे पक्वान्न नाना थरी
चेली आउँदथे सुसङ्गीत छरी हाँसखेल ठट्टा गरी
पाक्थ्याे मग्मग भै स्वादिष्ट ढकने राेटी मिठाे तेलमा
ऐलेकाे तीज ता कसाे हुन गयाे डिस्काे र हाेटेलमा ।

बर्षाकाे घनघाेर बादल झरी झेलेर याे जीवन
साह्रा श्रृष्टि उतुङ्ग भाे धरणीमा पक्री हरियाे पन
हामी उत्सवकाे तयारी गरदै थाल्याैं नयाँ खेलमा
ऐलेकाे तीज ता कसाे हुन गयाे डिस्काे र हाेटेलमा ।

बेला माैसम उघ्रियाे शरदीय ढाेका खुल्याे विश्वमा
सेता बादलका कतै दलहरु देखिन्छ छिन्छिनमा
बिसाईकन कर्मका पल सबै लाग्याैं ठेलम्ठेलमा
ऐलेकाे तिज ता कसाे हुन गयाे डिस्काे र हाेटेलमा ।

नाना बस्त्र भिरी अनेक् तरहका झुण्ड्याइ लङ्कार ती
कस्ताे पाैरख लाै गरेर यसरी जाेड्छन् हरे सम्पति
काेही छन् मदमस्तीमा अनि कति काेचिएका जेलमा
ऐलेकाे तिज ता कसाे हुन गयाे डिस्काे र हाेटेलमा ।

पैल्हा सानू छँदा गइन्थ्याे दिदी घर् झेल्दै भदाैरे झरी
कस्तो हृदयनै प्रफुल्लित हुने चाड् हुन्थ्याे गावैंभरि
कस्तो हिम्मतथ्याे साहसिलाे हुँदै तर्थ्याैं खाेला भेलमा
ऐलेकाे तिज ता कसाे हुन गयाे डिस्काे र हाेटेलमा ।

०००
गाैरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
बुबा

बुबा

विदुर अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x