साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म ज्येष्ठ बन्न पाउँदा

भलो निमित्त घस्रिने फतक्क देहमा पनि सुचारु बन्न सक्तछन् नथाक भाइ हो भनी अहा ! विचित्र यो कला छ ज्येष्ठको सँधैभरि सुकामना छ वृद्धमा छ आज पर्व यो घरी ।।

Nepal Telecom ad

कविराज घिमिरे :

म ज्येष्ठ बन्न पाउँदा छ गर्व धन्य धन्य म
छिमेकको समाजको र राष्ट्रको छु गण्य म
हुँदै-हुँदैन लोभको मुहानमा पयोधर
लडाइदिन्छु क्रोध यो अटाउने नयाँघर ।। १

म जालझेलमा कतै अडिन्न बिक्न सक्तिनँ
म ढाँटको अगाडिमा कदापि पर्न सक्तिनँ
म ज्येष्ठको निमित्तमा सदैव गर्छु इज्जत
म लेख्छु बोल्छु गाउँदा हुनेछ ज्येष्ठकै हित ।। २

सिकाउने छु बालमा हितोपदेश नित्य म
युवा जगाउने नयाँ विधान कोर्न थाल्छु म
बनेर प्रौढ मामुली हुँदैन श्रेष्ठ बन्छु म
क्रियाकलापले उँचो युगान्त ज्येष्ठ बन्छु म ।। ३

बनेर वृद्धले यहाँ प्रणाम गर्न लायक
समग्र कर्ममा जुटे हुनेछ प्रेय-नायक
पिँढी सपार्न ज्येष्ठले खटेर जून घाममा
सदैव स्वेद झार्दछन् सकिन्न जोख्न दाममा ।। ४

भलो निमित्त घस्रिने फतक्क देहमा पनि
सुचारु बन्न सक्तछन् नथाक भाइ हो भनी
अहा ! विचित्र यो कला छ ज्येष्ठको सँधैभरि
सुकामना छ वृद्धमा छ आज पर्व यो घरी ।। ५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

विद्या अनामिका तिवारी
डोको ल्याउनु है बा आमा

डोको ल्याउनु है बा...

भावना न्याैपाने
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x