आर.सी. रिजालछाेरीकाे नाक
एकदिन केशवलाई सम्धीले भने-- मेरो छोरीको व्यवहार भनौं वा तपाईंहरुको संस्कारले म यति प्रभावित भएको छु कि एउटा कुरा सुनाउन मनलाग्यो। तर यो कुरा तपाईंका जस्तै सबै छोराबुहारीमा लागू नहोला।

आर.सी. रिजाल :
केशव बहादुरले सुस्मितालाई — ए बुहारी एकहप्ता नाग्यो जाउ माइती ! सम्धीले आँखा प्रस्ट देख्दैनन्, बिचरालाई गाह्रोसाह्रो पर्ला।औषधि छुट्याएर राख्दिनु भन्ने गर्थे। यो क्रम जारिनै थियो। एकदिन सुस्मिता रुँदै माइतीबाट फर्किन्।
केशवले — के भो सुस्मिता ? सम्धीलाई च्याप्यो कि कसो ? भने।
सुस्मिताले रुँदै भनिन् — च्याप्या होइन ङ्याँकेछ्न्। दाजुभाउजूले बुवालाई वृध्दाश्रममा लगेर जाकेछ्न्।
केशवले- तिम्रो माइतीको व्यवहार देखेर मैले त उहिले नै सम्धीलाई यहीँ ल्याउ भनेको थिएँ। ल हिँडीहालौँ भनी बृध्दाश्रम लाग्छ्न्।
अचेल आँखा देख्ने सम्धीले नदेख्नेलाई औषधि ख्वाउँछ्न्। बिगतका रमाइलो कुरा गरेर दिन काट्छ्न।
एकदिन केशवलाई सम्धीले भने– मेरो छोरीको व्यवहार भनौं वा तपाईंहरुको संस्कारले म यति प्रभावित भएको छु कि एउटा कुरा सुनाउन मनलाग्यो। तर यो कुरा तपाईंका जस्तै सबै छोराबुहारीमा लागू नहोला।
मेरै भोगाइ अनुसार त — छोरा त्यतिबेलासम्म आफ्नो हुन्छ जबसम्म उसको बिबाह हुँदैन ।छोरी त्यतिबेलासम्म आफ्नी हुन्छे जबसम्म हामी मर्दैनौँ।
०००
मकवानपुर
Subscribe
Login
0 Comments
Oldest






































