साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छाेरीकाे नाक

एकदिन केशवलाई सम्धीले भने-- मेरो छोरीको व्यवहार भनौं वा तपाईंहरुको संस्कारले म यति प्रभावित भएको छु कि एउटा कुरा सुनाउन मनलाग्यो। तर यो कुरा तपाईंका जस्तै सबै छोराबुहारीमा लागू नहोला।

Nepal Telecom ad

आर.सी. रिजाल :

केशव बहादुरले सुस्मितालाई — ए बुहारी एकहप्ता नाग्यो जाउ माइती ! सम्धीले आँखा प्रस्ट देख्दैनन्, बिचरालाई गाह्रोसाह्रो पर्ला।औषधि छुट्याएर राख्दिनु भन्ने गर्थे। यो क्रम जारिनै थियो। एकदिन सुस्मिता रुँदै माइतीबाट फर्किन्।

केशवले — के भो सुस्मिता ? सम्धीलाई च्याप्यो कि कसो ? भने।

सुस्मिताले रुँदै भनिन् — च्याप्या होइन ङ्याँकेछ्न्। दाजुभाउजूले बुवालाई वृध्दाश्रममा लगेर जाकेछ्न्।

केशवले- तिम्रो माइतीको व्यवहार देखेर मैले त उहिले नै सम्धीलाई यहीँ ल्याउ भनेको थिएँ। ल हिँडीहालौँ भनी बृध्दाश्रम लाग्छ्न्।

अचेल आँखा देख्ने सम्धीले नदेख्नेलाई औषधि ख्वाउँछ्न्। बिगतका रमाइलो कुरा गरेर दिन काट्छ्न।

एकदिन केशवलाई सम्धीले भने– मेरो छोरीको व्यवहार भनौं वा तपाईंहरुको संस्कारले म यति प्रभावित भएको छु कि एउटा कुरा सुनाउन मनलाग्यो। तर यो कुरा तपाईंका जस्तै सबै छोराबुहारीमा लागू नहोला।

मेरै भोगाइ अनुसार त — छोरा त्यतिबेलासम्म आफ्नो हुन्छ जबसम्म उसको बिबाह हुँदैन ।छोरी त्यतिबेलासम्म आफ्नी हुन्छे जबसम्म हामी मर्दैनौँ।

०००
मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कोख नै दोख

कोख नै दोख

आर.सी. रिजाल
अदालत

अदालत

आर.सी. रिजाल
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
फोहरी हात

फोहरी हात

आर.सी. रिजाल
कथुरी

कथुरी

आर.सी. रिजाल
वीरगति

वीरगति

आर.सी. रिजाल
0
Would love your thoughts, please comment.x
()
x