साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बनेर वृद्ध तारक

सुबुद्धिमा चलुन् सबै सघाउँदै युवाकन सुपुत्र नै सबै बुझी गरेर मिष्ट चुम्बन विकार फेर्न तम्सिदै बनुन् स्वयम् सुधारक विवेक बुद्धिमा चलुन् बनेर वृद्ध तारक॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

छँदैछ वृद्ध सारथी अझै नि हेर देशमा
विदेशमा युवा गए स्वदेश छैन बेसमा
कुचाल रोक्न तम्सिने हुँदै बडा सुधारक
विवेक बुद्धिमा चलुन् बनेर वृद्ध तारक॥१

युवा जमात पेलियो छ दौडमा विदेशको
मिलेन काम देशमा गरेर खान ऐसको
युवा जमातको बनी खुदा समान चारक
विवेक बुद्धिमा चलुन् बनेर वृद्ध तारक॥२

धरी गृहस्थको मियो यिनै सुचारु गर्दछन्
यिनै सुकर्म गर्दछन् र ज्ञानरश्मि छर्दछन्
यिनै बनुन् समाजमा सुकर्मका प्रचारक
विवेक बुद्धिमा चलुन् बनेर वृद्ध तारक॥३

हरेर काम गर्नमा युवा जमात तम्सियून्
सुकर्म गर्न वृद्धले जताततै खुला दियून्
स्वदेश नै जलाउने नहुन् किमार्थ कारक
विवेक बुद्धिमा चलुन् बनेर वृद्ध तारक॥४

प्रलोभमा नफस्नु है अवैध दाममा कति
मिलेर लोकले कुटे हुने छ भोलि दुर्गति
तयार हुन् निसाफ त्यो गरेर बस्न फारक
विवेक बुद्धिमा चलुन् बनेर वृद्ध तारक॥५

सुबुद्धिमा चलुन् सबै सघाउँदै युवाकन
सुपुत्र नै सबै बुझी गरेर मिष्ट चुम्बन
विकार फेर्न तम्सिदै बनुन् स्वयम् सुधारक
विवेक बुद्धिमा चलुन् बनेर वृद्ध तारक॥६

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x