साइबर अपराध सम्बन्धी सचेतना सामग्री

को हुन् वृद्ध ?

दुर्वासा जतिका जुँगा निमठिउन् भन्ने तिनै वृद्ध हुन् छन् जो राज्य चलाउने अधमरा यो लोकका बाधक त्यस्ता मूर्ख समाजका नकचरा फाँड्ने तिनै वृद्ध हुन् ।।

Nepal Telecom ad

कविराज घिमिरे :

जल्ले गर्छ पवित्र कर्म नझुकी साँचा तिनै वृद्ध हुन्
पालिन्छन् जसका पिएर पसिना उम्दा तिनै वृद्ध हुन्
आफ्नो घाट बनाउँछन् मरणको स्वाधीनमा जो रही
ज्ञानी प्रौढ विवेकका गुरुहरू खासा तिनै वृद्ध हुन् ।।१

पार्छन् शोषणको धुलो श्रमगरी पूरा तिनै वृद्ध हुन्
बन्छन् उच्च गरेर धर्म जसले मानौँ तिनै वृद्ध हुन्
जो सिद्धान्तविशे छ मानक भने पुज्छन् सबै लोकले
त्यस्ता व्यक्ति उमेर जे पनि रहुन् हेर्दा तिनै वृद्ध हुन् ।।२

जो बन्छन् गुणवान् समाजप्रतिका साधा तिनै वृद्ध हुन्
अर्ती बुद्धि दिएर रक्षक बने बाबा तिनै वृद्ध हुन्
जो कर्तव्य सिकाउँछन् हरघडी आफैँ बनी सेवक
त्यस्ता ज्योति अमूल्यरत्न जति छन् सारा तिनै वृद्ध हुन् ।।३

जो गर्दैन कुकर्म जन्मभरिनै पाका तिनै वृद्ध हुन्
यो संस्कार बचाउने मुलुकका कर्ता तिनै वृद्ध हुन्
गल्तीबाट सिकेर पाठ जसले पार्छिन् उज्यालो दिन
जो पीयूष पिलाउँछिन् हृदयकी आमा तिनै वृद्ध हुन् ।।४

जो गर्दै छ अनाधिकारिक कुरा रोक्ने तिनै वृद्ध हुन्
दुर्वासा जतिका जुँगा निमठिउन् भन्ने तिनै वृद्ध हुन्
छन् जो राज्य चलाउने अधमरा यो लोकका बाधक
त्यस्ता मूर्ख समाजका नकचरा फाँड्ने तिनै वृद्ध हुन् ।।५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
बुबा

बुबा

विदुर अधिकारी
पाका तथा बालक छन् बिहाल

पाका तथा बालक छन्...

वेदप्रसाद रिजाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x