साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हुरुक्क हुन मन लाग्छ

लाम्खुट्टेको टुइँया र स्यालको हुइँया झ्याउँकिरीको झ्याउँझ्याउँ र विरालोको म्याउँम्याउँले भसभसी ननिदाउँदा खलखली हुन्छ दीन दिन कटाउन नसक्दा सलल्ल बगेकाे नदीमा पर्लङ्ग कल्ले पल्टी हुरुक्क हुन मन लाग्छ ।

Nepal Telecom ad

गाेपालप्रसाद दाहाल  प्राप्चाली:

मघा र घामको मध्यान्नमा
केराकेटीको चकचक र
श्रीमतीको कचकचकाे गदाले
दाग लागेको वखत‌मा खै किन हो
एउटा टालो भिरेर अनि लोटा टिपेर
क्षार समुन्द्र‌मा रक्षा कवच विना नै
झ्वाम्लाङ्‌ग फाल हाल्न मन लाग्छ ।

गरिवीको राखन र मौकामा नखरा
हृदयको पट जस्तै टप दिन नसक्दा
जेब खालि भएको बजे
एक मानाे चारो चाराे चाटचुट गर्न नपाउदै
चुटचाट पारेर वशमा ल्याउन खोज्दा
पहिले रिस र पछि सरी भनेको सुन्दा
लम्पट कसेर टिपेर चम्पट कस्न मन लाग्छ ।

दिन भरिको पटाइले पर्लङ्ग पल्टँदा
लाम्खुट्टेको टुइँया र स्यालको हुइँया
झ्याउँकिरीको झ्याउँझ्याउँ र विरालोको म्याउँम्याउँले
भसभसी ननिदाउँदा खलखली हुन्छ
दीन दिन कटाउन नसक्दा
सलल्ल बगेकाे नदीमा
पर्लङ्ग कल्ले पल्टी हुरुक्क हुन मन लाग्छ ।

०००
प्राप्चा, माेलुङ ओखलढुङ्गा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x