साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सन्तान आफ्ना बिग्रिँदा

हामी भलो बन्छौँ भने बन्ला जगत् वैशिष्ट्य यो राख्ने गरौँ सद्भावना सत्कर्मको उद्देश्य यो सन्तानमा ऊर्जा हुने मातापिता यी सप्रिँदा डुङ्गा यहाँ डुब्ने त हो सन्तान आफ्ना बिग्रिँदा ।।

Nepal Telecom ad

कविराज घिमिरे :

गर्छन् सिको जे देख्तछन् आमाबुबाका कर्म ती
सन्तान ता मर्मज्ञ हुन् आचार जान्ने बुद्ध यी
सामान्य हुन् यी भन्दछौँ सिक्छन् तुरुन्तै जङ्गिँदा
छौँ आज पश्चातापमा सन्तान आफ्ना बिग्रिँदा ।। १

लाएर बाली हुर्किँदा अभ्यास हुन्छन् लाखमा
दौडेर खै ! आयो यहाँ खाद्यान्न आफ्नो काखमा ?
आवास हाम्रो त्यत्तिकै गर्ल्याम्म गर्दै भत्किँदा
बित्यास ! को होला खुसी सन्तान आफ्ना बिग्रिँदा ।। २

बानी बिगार्ने बाबुले गर्दै नसाको सेवन
आमा चहार्छिन् गाउँमा गर्दै कुराको सेचन
सन्तानले सिक्ला र के शिक्षा मिल्यो यो सर्वदा
के दुःख मान्छौ व्यर्थमा सन्तान आफ्ना बिग्रिँदा ।। ३

अश्लील भित्री कर्म छन् छोपेर के छोपिन्छ र ?
छन् मित्र द्रोही साथमा सत्कर्म के देखिन्छ र ?
छैनन् सफा ती योजना मिल्दैन केही उफ्रिँदा
चेत्ने छ पक्का जो गिऱ्यो सन्तान आफ्ना बिग्रिँदा ।। ४

हामी भलो बन्छौँ भने बन्ला जगत् वैशिष्ट्य यो
राख्ने गरौँ सद्भावना सत्कर्मको उद्देश्य यो
सन्तानमा ऊर्जा हुने मातापिता यी सप्रिँदा
डुङ्गा यहाँ डुब्ने त हो सन्तान आफ्ना बिग्रिँदा ।। ५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

विद्या अनामिका तिवारी
वृद्धवृद्धा सबै

वृद्धवृद्धा सबै

वेदप्रसाद रिजाल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x