साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वर्तमान दर्शन (१)

​स्वास्नी घरमा बाघ जस्ती, श्रीमान् बिरालो सहरिया जीवन यो, कस्तो छ निरालो । ऋण काटी घिउ खाने, आडम्बरको खेती सुध्रिने हो कहिले खै, हाम्रो यो बेथिति ।।

Nepal Telecom ad

नन्दलाल आचार्य :

आकाशैमा बादलु छ, वनमा चरचरी
हाम्रो देशको हालखबर, भन्छु है सरासरी ।

चुनाव आयो गाउँबेसी, नेताको लर्को छ
हिजो गाली गर्नेको नि, आज त झर्को छ ।
हात जोडी ढोग्छन् हजुर, भोटको आशामा
सपनाको महल बुन्छन्, चिल्लो यो भाषामा ।। १ ।।

​खल्तीभरी मोबाइल छ, फेसबुकको दुनियाँ
चियापसल गफ मात्रै, कोही छैन मुनियाँ ।
खाना खानु अगाडि नै, फोटो खिच्नुपर्ने
भित्रभित्रै मन रोए नि, हाँसो झिक्नुपर्ने ।। २ ।।

​महँगीले ढाड सेक्यो, बजार जाँदा खेरि
रित्तो हात फर्किनु पर्छ, मूल्य हेर्दा फेरि ।
प्याजको भाव सोध्दा खेरि, आँखाबाट आँसु
कहाँ जानु खानलाई, बोकाको त्यो मासु ।। ३ ।।

​पढेलेखेका युवा जति, पुगेका छन् खाडी
देशभित्र फाइल मात्रै, सर्छ अघिपछाडि ।
डिग्री हातमा पासपोर्ट साथमा, उडानकै चिन्ता
रित्तो भयो गाउँघर, उड्यो सबै निद्रा ।। ४ ।।

​पानी आउँछ पाइपमा, धूलो र धूँवा मात्र
मेलम्चीको कथा सुन्दा, रोइदिन्छन् पात्र ।
बाटो खन्छन् आज एउटा, भोलि फेरि पुर्छन्
विकासको बजेट जति, झोलामा नै फुर्छन् ।। ५ ।।

​स्वास्नी घरमा बाघ जस्ती, श्रीमान् बिरालो
सहरिया जीवन यो, कस्तो छ निरालो ।
ऋण काटी घिउ खाने, आडम्बरको खेती
सुध्रिने हो कहिले खै, हाम्रो यो बेथिति ।। ६ ।।

मरि लानु के छ र नि, हाँसेर बाँचौँला
बेथितिको व्यङ्ग्य गरी, कम्मर नाचौँला !

(क्रमशः अर्को भागमा……)

०००
बेलका- २, सिद्धार्थटोल, गल्फडिया, उदयपुर नेपाल ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
जाम

जाम

नन्दलाल आचार्य
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
ग्याँस

ग्याँस

नन्दलाल आचार्य
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x