साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ए परिवर्तनकारी‚ केही बदलियो ?

के घाँसै मैदानमा केही फरक आयो ? भेडाहरुको बानीमा केही बदलाव देखियो ? अनि‚ गोठालोको स्वभावमा ? उही माला‚ उही खादा अनि उही कुटिल मुस्कान ए परिवर्तनकारी‚ केही बदलियो ?

Nepal Telecom ad

राजेन्द्रप्रसाद अधिकारी :

उही उरन्ठ्याउले गोठाले
उही जर्जर घाँसे मैदान अनि उही लिंडे भेडाहरु
ए परिवर्तनकारी‚ केही बदलियो ?

भेडाहरुलाई चाहिने घाँसे मैदान
एक सुरो र ज्याद्रो गोठालो न हो
गोठालो‚ बाघचाल खेल्न अक्सर सिपालु हुने गर्छ
गोठालो जाँदाको आफ्नो समय विताउन
र बाटोमा हिंड्ने बटुवाहरुलाई अलमल्याउन
गोठालो चतुर र ज्याद्रो पनि हुने गर्छ
भेडाहरुलाई सुकेकै घाँसमा लट्ठयाउन पनि सक्छ
र कैलेकाँही चितुवाको पञ्जाबाटै भएपनि
भेडाहरुलाई छुटाएर ल्याउन पनि सक्छ
त्यसैले गोठालाहरु
हरिया घाँस र घाँसे मैदान चिन्न सिपालु हुन्छन्
गोठालाहरु बाघचाल खेल्न
र परिआउँदा चितुवासँग लाप्पा खेल्न पनि अभ्यस्त हुन्छन्
तर परिवर्तन कहाली लाग्दो हुन्छ गोठालाहरुलाई
घाँसे मैदानमा चरिरहेका भेडाहरु देखिने गरी उचालिएको चौतारी
र चौतारीको ढुङगामा बाघचालका धर्साहरु कोरिएको हुनुपर्छ
बटुवा वा तमासेहरु वरिपरी भए
गोठालोलाई ठट्यौलो पाराका उखान तुक्काहरु फुर्ने गर्छ
साँच्चै भन्ने हो भने
गोठालोलाई‚ हरिया घाँसहरु‚ फुर्सदिला बटुवा
अनि बाघचालका धर्साहरु कोरिएका
निर्जीव ढुङगाहरु नै आफन्त र प्यारो लाग्छ
त्यसैले परिवर्तन अत्यास लाग्दो हुन्छ गोठालोलाई
जसरी नयाँ गोठालो
अपत्यारिलो र अप्ठ्यारो हुने गर्छ भेडाहरुलाई
अनि ए परिवर्तनकारी‚ फेरिन्छ त अवस्था ?

के घाँसै मैदानमा केही फरक आयो ?
भेडाहरुको बानीमा केही बदलाव देखियो ?
अनि‚ गोठालोको स्वभावमा ?
उही माला‚ उही खादा अनि उही कुटिल मुस्कान
ए परिवर्तनकारी‚ केही बदलियो ?

०००
(३ असोज २०८२‚ बुद्ध एयर‚ काठमाडौं देखि विराटनगरको बिचको आकाश)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देउता‚ अनि तिमी चाहिँ किन चुप ?

देउता‚ अनि तिमी चाहिँ...

राजेन्द्रप्रसाद अधिकारी
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
तपाईंलाई चिन्ने कसरी हो ?

तपाईंलाई चिन्ने कसरी हो...

राजेन्द्रप्रसाद अधिकारी
हैन के छ त्यस्तो हाम्रो देशमा…

हैन के छ त्यस्तो...

राजेन्द्रप्रसाद अधिकारी
टोलको यौटा मासुपसल

टोलको यौटा मासुपसल

राजेन्द्रप्रसाद अधिकारी
गलेको काँध र मक्किएको झोला

गलेको काँध र मक्किएको...

राजेन्द्रप्रसाद अधिकारी
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नशा

नशा

लोक सुब्बा
वैदेशिक रोजगार

वैदेशिक रोजगार

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x