सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

गुरु : एक कृत्यचित्र

गुरुले नैतिक र आदर्श नबनिदिने हो भने बनिदिने कसले त ? त्यसैले होटल, लज, बार र पार्लरजस्ता विलाका नजीकका कार्यहरूलाई र साधनलाई तैँले पूरापूर छोडिदिनुपर्छ ।

Nepal Telecom ad

कीर्तिशेष चूडामणि खनाल :

म गुरु, सधैँ बाटाबाटै हिँड्छ सुरुसुरू । कक्षाभर सुरुसुरु पढाउँछु र लुरुलुरु घरतिर फर्किन्छु । मैल मेरो यस दैनिकीलाई यथार्थमा नै थारु सम्फेको छ त्यसैले जीवनको गाडी सुचारू रूपले नै चलाएको छ । यो गुरु भन्ने पद पदेन आदर्श र पारदर्शी मएकाले हालस बाटोभरि मेरा अगाडि नमस्कारको ओइरो लाग्छ, नमस्कार, नमस्कार गुरु । हामी भाकाहरूको बीचको यस नमस्कारको आदान-प्रदानले केटाकेटीहरूलाई पनि रमाइलो लाग्दोरहेछ र उनीहरूले पनि तोतेबोलीमा भन्छन् – ‘नमस्काल गुलु, जाऊ खुलुखुलु हिहिही । साँच्चै नै मलाई बाटामा नमस्कार फर्काउन भ्याइनभ्याई हुन्छ । कहिलेकाहीँ चस्माले धोका दिन्छ अनि कहिलेकाहीँ मेरो एकसुरे बानीले पनि मलाई फसाद पार्छ र मात्र हो, नत्रभने मैले नमस्कार फर्काएको छ, सम्मानको जवाफ सम्मानले नै दिएको छ ।

आदर्शको र चोखो पेशा लिएको म गुरु । म आफैँले आत्ममूल्याङ्कन गर्छु । म गुरु, त मौरी हूँ, केवल ज्ञानगुनको रस खोज्छु मह पार्छु । म गुरु, कमिलो पनि हूँ त्यसैले त मैले अजङअजङका काम गरेर देखाइदिन्छु । अनि म आफैँमा आत्मविभोर हुन्छ र आफैलाई धन्य गुरु’ भन्छ । यसैबेला मेरो सोचाइको तराजु सर्लक्कसँग आदर्शबाट यथार्थतिर फर्किन्छ र भन्छ- के हिजोअस्तिजस्तै आज पनि गुरु पदको आदर्श र व्यक्तिजीवनको यथार्थका बीचमा तारतम्यता छ त ?

गुरुको पदप्रति नै प्रश्नचिन्ह खडा भएपछि मैले उत्तर खोज्नै पर्ने स्थिति आउँछ र मेरो मन-मस्तिष्क सुदूर अतीततिर पुग्छ अनि अनि उसले चारैतिर दूरवीक्षण घुमाउँछ ।

म आफू गुरु हुनुपूर्व सामान्य व्यावहारिक व्यक्ति थिएँ, त्यसैले मैले पनि उमेरअनुसार नै रमझम गरेकै हुँ । बेलामौकामा वैषालुहरूसित वैषालु आँखा पनि झिम्क्याएकै हूँ । षेडशीहरूका गालामा मायाको हातले हलुकासित प्वाट्ट चड्काएको पनि हुँ । कहिलेकाहीँ सोद्वै ठाडा पारेर मार्रा पनि भनेकै हुँ, अनि कहिलेकाहीँ छड्के पटुका कसेर गर्रा पनि भएकै हुँ, तर गतिलो मान्छेको आयु छोटो भएकै मेरा चोपिला दिनहरू पनि लामा हुन पाएनन् । मेरो अतीत यत्ति थियो ।

वर्तमानमा म गुरु हुन पुगेको छु । संयोगको कुरा एक दिन म विद्यालयमा पठाउन जाने क्रममा बसमा चढेर यात्रा गर्दै थिएँ, संयोगले केहीबेरमै दुई सीट भएको मेरो आसनको एक सीट खाली भयो । त्यस आसनमा मैंरै विद्यालयकी एउटी छात्रानानी आएर बसिन् । बस गन्तव्यमा पुग्यो । उनी आफ्नै बाटो लागिन्, म पनि आफै बाटो लागेँ । त्यस दिनको घटना भने पनि, दुर्घटना भने पनि कुरो भएको यत्तिमात्र हो । तर भोलिपल्टको पत्रिकामा मेरो नामसँग ती छात्रानानीको नाम जोडेर भँगेरे अक्षरमा एउटा समाचार छापियो – ‘गुरु चेली एकै सिटमा ।’ अनि त मलाई जङ चलेर आयो र चार्वाकले भनेको “ऋणं कृत्वा घृतं पिवेत्’ को अनुसरण गर्दै बेचेखुचेको केही धन र केहा ऋण काढेर एउटा भटभटे किनेको छु, मेरो हालको भटभटेको कथा पनि यत्तिकै हो ।

म गुरु कुनै दिनमा नाचगानमा बसेको छ भने भोलिपल्टको कक्षामा मुख लुकाई-लुकाई मेरै कुनै विद्यार्थी गुनगुन गर्छ र नबुझिने शैलीमा भन्छ- हिजो महफिल त जमेकै थियो हकि गुरु । म गुरु, कुनै दिन सानोतिनो रमझममा भुले भने पनि म कक्षामा आइपुग्नुभन्दा अगाडि नै त्यस घटनाले चर्चा पाएर सेलाइसकेको हुन्छ । यी त केवल उदाहरणका लागि अहिले सम्झिएका घटनामात्र हुन् । असिधारमा बाँचेको मेरो गुरुजीवनमा यस्ता खाले अनेकौ घटना घटेकै हुन् । धन्य छ, यो व्यापक चासाको भाँडो, सबैको प्यारो र सबैको आँखाको तारो ‘गुरु’ पद हकि ?

मैले विद्यार्थी जीवनमा मद्यपान र धूमपानका बारेमा सकारात्मक व्याख्या भएको पाठ पढेको थिएँ । धूमपानका सन्दर्भमा भनिन्छ चुरोटको सर्को तानेको बेलामा देवकोटाको मस्तिष्कबाट – “मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन” भन्ने अमरवाणी निस्कियो रे । “हुँदैन बिहान मिर्मिरेमा दुईचार तारा झरेर नगए । बन्दैन देश दुईचार सपूत मरेर नगए” भन्ने महावाणी लेख्ता भूपि शेरचन पनि ‘तीनपाने’ मा चुर्लुम्म डुबेका थिए रे । अनि हिन्दूहरूका देवताका पनि देवता बन्न पुगेका महादेवको भाङधतुरोजस्ता लागूसँगको प्रेमकथा त आमकहानी नै भएको छ । त्यसैले मैले पनि वेलामौकामा चुरोटको सर्को र ‘तीनपाते’ को घुड्को लगाएकै छु । नानीदेखिको बानी नगएर होला धूमपानवर्जित विद्यालयका मेरा प्राचार्य (हाकिम) ले मलाई रंगेहात नै पक्रिएका पनि हुन् । मैले धुमपान गरेबापतको अपराधमा धेरैपटक स्पष्टीकरण दिएको पनि छु । धूमपानविरोधी मेरा पिताजीले पनि मलाई लौराले कैयौँचोटि सुम्ल्याउनु भएको छ । यी सबै अपमानले भुक्तमान भएपछि मलाई पनि भित्रदेखि रीस उठ्यो र त्यसैबेलाबाट मैले धुमपान छोड्ने प्रतिज्ञा गरेँ । धूमपान छोड्न तोकेका दिनहरू यथासमयमा नै खुरुखुरु आए र गए पनि । तर अपसोच, मैले धूमपान गर्ने काम छाड्न भने सक्तै सकिनँ ।

‘एक घुड्की नलगाईकन गरेको नेताको भाषण चोपिलो हुँदैन रे’ । बोलीखाने काम गर्ने भएकाले गुरु पनि एक प्रकारको नेता नै हो । एक माना ‘तीनपाते’ खुवाएको घोडाले तीन दिनको बाटो तीन घण्टामा नै तय गर्छ रे भन्ने दृष्टान्त नपढेको भए मैले मद्यपान गर्थे वा गर्दैनथे, त्यो कुरा त अहिले कसरी भनूँ र खोइ । खैर, कुरो जेसुकै भए तापनि मलाई मद्यपानको लत लागेको चाहिँ साँचो हो ।

नेता र घोडाका लागि मद्यपान जतिसुकै उपयोगी मानिए पनि शिक्षाको गुरुबालाई चाहिँ यो पदार्थ उति हितकरी मानिँदो रहेनछ । त्यसैले मैले बिस्तारै बिस्तारै मद्यपानको मात्रा पनि घटाउन बालेको हुँ । तर यतिबेला नै मलाई के तत्वज्ञान भइदियो भने सृष्टिको चेतन/अचेतन अनेको प्राणीहरूमध्ये आफ्नो धर्म फाल्नसक्ने प्राणी केवल मान्छेमात्र रहेछ अन्य केही पनि कोही पनि रहेनछन् । धर्म छाड्ने भए त औषधोपचार गरेपछि मदिराको झोलले पनि छाड्नुपर्थ्यो तर छाडेन । मदिराको गन्ध नआओस भनेर मैले चियापत्तीको अम्मल नै गरी त्यसले पनि केही लछारपाटो लगाएन । दालचीनी, सुकुमेल र ल्याङको गन्धले मदिराको गन्यमा वृद्धि हुन्छ भनेर मैले उनीहरूलाई नजिक पर्ने दिइनँ । त्यसैले यिनीहरूलाई दोष दिने कुरै भएन तर मदिराको अगाडि नेपाली उखानले पनि हार खाएपछि भने म त छक्कै परेको छु, हार खाएको छु । मेरो गुरुव्याख्यानमा मदिराको गन्ध नआओस् भनेर मेरी बूढियाले तलको उखान भनेकी थिइन् – ‘लसुन खाई वन पस्नू, अदुवा खाई सभा बस्नू ।’ उनको सल्लाह मानेर ‘सुठो’ को अम्मल नै गरी तर भयो हात लाग्यो शून्य । ‘निरमसी’ ले पनि मदिराको मादकता त घटाइदियो तर ‘गन्धता’ हटाउन नसकेपछि खुइथ्य गरेर थाप्लामा हात लगाउँदै थिएँ, मेरो दिमागमा ‘बनारसी पानः दुर्गन्धको रामवाण’ स्फुरण भइदियो ।

पानले गन्ध निवारण गरिदिने भएपछि मैले मद्यपान त्याग गर्नु पर्ने अवस्था नै आएन । म बनारसी पान र मद्यपानको असली अम्मली हुनाको कारण यही पान नै हो । कालान्तरमा मेरो आङ यति धेरै मदिरामय भइदिएछ कि बनारसी पानले पनि गन्ध दमन गर्ने शक्ति नै गुमाएछ । जसको प्रभाव एकदिन त मेरो कक्षाकोठामा नै पर्‍यो । मैले पिएको मदिराको सिङ्गै गन्ध कक्षा कोठाभरि नै पोखिएछ । अनि त शुरु भइहाल्यो उहाँ छिः छिः छिः छिः हाः हाः हाः हाः हुः हुः दूरदूर । अनि मलाई परेन त फसाद ।

त्यसैले त होला हिजोआज म भित्रको गुरुलाई तत्वबोध भएछ कि कसो हो कुन्नि, उसले मलाई सधैँ घच्घच्याएर भन्छ- गुरु, तैँले नाचगान, बजान र अन्य मनोरञ्जनका साधनहरू युवा पुस्ताका आफ्नै विद्यार्थीहरूका सबल काँधमा सुम्पिनुपर्छ । नैतिकताको ठेकदार पनि तैँले बनिदिनुपर्छ । तँ गुरुले नैतिक र आदर्श नबनिदिने हो भने बनिदिने कसले त ? त्यसैले होटल, लज, बार र पार्लरजस्ता विलाका नजीकका कार्यहरूलाई र साधनलाई तैँले पूरापूर छोडिदिनुपर्छ । संसारका सबै भोगविलास, आराम र आनन्द अनि मोजमज्जामा पनि तैले हिस्सा खोज्ने हो भने समाजका अन्य वर्गले आफ्नो हिस्सा खोसिएको ठान्नेछन् । ‘तँ’ गुरु होस्, त्यसैले त तैले अगुवा हुनुपर्छ । ‘गु’ भन्ने शब्दको अर्थ अन्धकार हो र ‘रु’ भन्ने शब्दको अर्थ प्रकाश हो । अर्थात् अन्धकारबाट उज्यालामा लगिदिने व्यक्तिलाई गुरु भनिन्छ । गुरु पदको बस गाम्भीर्यलाई तैँले बुभनैपर्छ । ‘तँ’ गुरुले पनि समाजका अन्य अन्य वर्गका मान्छेहरूले गर्ने कार्यमा हस्तक्षेप गरिस् भने ‘तँ’ कसरी प्रकाशवान् हुन सक्छस् र यथार्थमा नै गुरु बन्न सक्छस् है । ‘सादा जीवन उच्च विचार’ भनेको त केवल गुरुहरूलाई लक्ष्य बनाएर सिर्जना गरेको भनाइ हो। बुझिनस् कि गुरु । चोखो खाएर रुखो जीवन जिउन नसक्ने भए गुरु नै नहुनु नि । यति पनि नबुझे तँ के गुरु, होइन त ? बबुरो गुरु ।

०००
पोखरा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी
दिग्भ्रमित यात्रा

दिग्भ्रमित यात्रा

श्रीप्रसाद पाेखरेल
पोइटिङ्ग्री

पोइटिङ्ग्री

गाेपेन्द्रप्रसाद रिजाल
कान्छाबाका तीन दारी

कान्छाबाका तीन दारी

मुक्तिनाथ शर्मा