सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

घरको कुखुरा सागै बराबर

बाक्खु होइना के... तिमेरको मुख छारा हो छारा । यस्तो बेउरा गार्‍यो भाने कि केही दिनपाछि तोलाबाट आउने सपेले यहाँ राज गोरछा । लोकलहारू ता हेरेको हेरेकै ।

Nepal Telecom ad

कृष्ण प्रधान :

पात्रहरू – एसेम, खाम्बे, डोमा, फुर्बा ।

दृश्य विवरण – साधारण कोठाभित्र एसेम व्यस्त भएर फोनमा बात मारेको बाहिरसम्म सुनिन्छे ।

एसेम – हँ ! किन नचिन्नु ? यो एसेमले शालीज्यूलाई नचिन्नु भनेको नै पहिलेका कान्छीलहरूले छोडेका स्वास्नी भएकै बराबर हो नि । (नारी स्वर खितिति हाँसेकी आवाज सुनिन्छ) ।
फुर्बा – (छक्क पर्दै) कान्छीलहर ! के हो कान्छीलहरू भनेको चैँ बाठ्ठे भेनाजी ।
एसेम – त्यति पनि थाहा छैन पोक्चीलाई । पहिलेका काउन्सलिरहरूमाझ कान्छी राख्ने लहर चलेको थियो । यसैले काउन्सिलरबाट कान्छीलहरू…
फुर्बा – (भुतुक्क हाँस्दै) आय्यु…. यो एसेम भनेले पनि हँसाउँनुहुन्छ । ढँटुवा भेना ।
एसेम – शालीले नै ढाँटेको कुरो पत्याएपछि अनि म के गरूँ ?

फुर्बा – (सामान्य रिसाएर) अम्मुई ! छेउमा भा यो भेनाको ओँठ निचोरेर उहिले खाकी जति जम्मै दूध निकालिदिन्थेँ ।
एसेम – इम्सोबिल फुर्बा बालिके इम्पोसिबल । माक्सले ग्वाम्मै छोपेको ओँठ निचार्नु सक्छ्यौ र ? जीटीएजस्तो यो ओँठ निचारेर उहिले खाको दूध ता कोनि सेप्टिट्याङ्कभित्रको रस मात्रै निस्केला ।
फुर्बा – (वाकवाक् गर्दै) छिः । सेप्टिट्याङ्क ।
एसेम – तिम्रो लागि सेप्टिट्याङ्क घिनलाग्दो भए पनि कतिको सेप्टिट्याङ्कमा लक्ष्मीवास भएको कुरा थाहा छ के ? पगला झोडालाई लक्ष्मीझोडा भनेजस्तै सेप्टिट्याङ्कलाई मैले लक्ष्मीट्याङ्क भन्न थालेको छु । ण, अजिङ्गरे, मलसाप्रे, इन्सपेक्टर, ओसी ।
फुर्बा – अम्मुइ ! कतै नभाका बाहुन बाजे ।
एसेम – लकडाउन मात्रै खुलोस् न बजारबाट मेरो सेप्टिट्याङ्कमा सिन्केधूप सधैँ नहल्लाई छोड्दिनँ अऩ्त
फुर्बा – (हाँसेर भुतुक्कैहुँदै) एसेम भेनाको गिदी फुस्कियो भनेर हल्ला होला नि ।

एसेम – गिदी फुस्कियो भनोस् कि एसेमको लिदि खुस्कियो भनोस् यो एसेमलाई न लुतो न कनाई । पहिला मलाई भनन यहाँ के चाहिँ फुस्केको छैन ? यता हेर्‍यो यता भ्वाङ्ङै उता हेर्‍यो उता भ्वाङ्ङै । स्वेटरको धागो फुस्केजस्तो सबै ता ह्वारह्वार्ती फुस्किसकेको छ ।

फुर्बा – वाह ! एसेम भेनाजी वाह ! यस्तो डायलग हान्ने मान्छे ता नेता हुनुपर्थ्यो नि ।
एसेम – नेता भएर के गर्नु शालीजी ? सिण्टेक्स र सेप्टिट्याङ्कभित्र लक्ष्मीवास भए पो ! (हरेश खाँदै) बडे बडे नेताहरूको गिदी घोप्टेर ता केई हुन सकेको छैन भने नाथे यो मिस्त्रीको गिदी फुस्किँदा के हुन्छ र ? (एसेमकी श्रीमती डोमाको प्रवेश)
डोमा – यो मान्छे घारै उचालेर बोल्देछ हेरा । कोसाँगा बोल्देछा ?
एसेम – (फोन डोमाको हातमा सुम्पिँदै) फुर्बा ! फुर्बा ! एकक्षण बात मार्दै गर ल (डोमाको कानमा) पिसाब गरेर आउँदैछु…
डोमा – हिसाब ? (कान्छी औँली उज्याउँदै एसेम बाथरुमतिर प्रस्थान) म आङी बोल्देछ … मार्निङ… मार्निङ… किना फोन कारिस मेरो फुरालाई ?
फुर्बा – हेर्नु न आङी सुङ्गुरको खोर भत्केर भेनालाई ठोकठाक ग्रनु बोलाको खै आउनै भएको छैन ।
डोमा – अन्ता तोँलाई थाहा छेना लोकडाउन भाकोदेखि तलका मिस्त्रीहरू सपे आ-आफ्ना घार गोएकोले आइले यहाँका लोकाल मिस्त्रीहरूलाई फुर्सदै छैन । (एसेमको प्रवेश । मोबाइल आफ्नो हातमा लिन्छ) लु बात मार् तेरो भेनासित लो । (डोमा प्रस्थान) ।
एसेम – अँ तिम्रो पलङ पो भाँचेछ भनेको ता सुङ्गुरको खोर पो भत्केको ?

फुर्बा – पलङ ता के भनेर भाँच्छ नि ।
एसेम – लकडाउनको समयमा पलङ भाँचिनु कुनै ठूलो कुरो होइन । पलङ भाँचिहाल्यो भने शालीको निम्ति भने छँदैछ नि । डण्ट वरी नो मनपरी ।
फुर्बा – अप्पुइ बाठ्ठे ! भेना छिटो आएर खोर बनाइदिनु न हौ । बिजोग भइसक्यो विचाराहरूको ।
एसेम – एक हप्तासम्म तम्बू टाँगेर राखन तिम्रा सुङ्गुरहरूलाई ।
फुर्बा – अम्मुई ! कस्तो पापी हौ यो भेना ता ।

एसेम – के को पापी ? हाम्रो यता सीआरपीएफहरू आउँदा गुहे झोडातिर परैहरू तम्बू टाँगेर बस्छन् । त्यसैको गन्धले मातिएर ता अन्धाधुन्ध गोली हानेर हामीलाई शहीद बनाएका बिर्सियौ ?
फुर्बा – मेरो सुङ्गुर सीआरपीएफ होइन क्या भेनाज्यू ! भन्नू न भेनाज्यू कहिले आउनुहुने ? भेनालाई ढोग मात्र गर्नु सकेकी छैन ।
एसेम – लकडाउनमा पनि ढोग गर्‍यौ भने ता कोरोनाको भोग मात्रै हुन्छ । यसो गर्नु म आउँदा टाढैबाट निहुरिनू अनि म मेरो छाताको टुप्पोले तिम्रो टाउको टच गरेर भाग्यमानी भनिदिउँला । (हाँसेर भुतुक्क हुन्छे) तर शाली भेनालाई ता लकडाउन एक्सक्यूज हुनुपर्ने होकि ! (प्रसङ्ग बद्लिँदै) एक हप्ताको टाइम देऊ । (एसेमको सहयोगी खाम्बे औजार लिएर प्रवेश) अहिले फोन राखेँ ल । म आउँछु । नसुर्ताऊ । (फोन राख्दै खाम्बेतिर हेरी) आपुगिस् खाम्बे औजारहरू सबैमा धार लाइस् होइन ? (खाम्बेले स्वीकारात्मक मुण्टो हल्लाउँछ । नेपथ्यतिर हेर्दै) डोमा… खाम्बे आइपुग्यो चिया लेऊ है ।
डोमा – (नेपथ्य्बाट) लस् लस् !
खाम्बे – उस्ताद आज माथिको काम सकिन्छ हई ? (डोमा चिया लिएर प्रवेश। खाम्बेले अभिवादन गर्छ) ।
डोमा – ला तिया खा लो । लाकडाउनले ता लोकाल मिस्त्री पार्टीलाई बहुत फायदा गारेको छ होइना ?
एसेम – अब मधेसका मिस्त्रीहरू लकडाउनको डरले टाप लाएपछि लोकल मिस्त्रीहरूलाई गोहार नमागी भो र !
खाम्बे – तिनीहरू यहाँ हुँदा हामीलाई कसैले टेँढपूच्छर लाउँदैनथ्यो । घरको कुखुरा सागै बराबर ठान्थ्यो अनि ।
डोमा – हामराहरू नि काम्ति ता फुरके हुँदैन नि । आलिकाति काम बिग्रियो भन्दियो भाने हाम्राहरूलाई कमिलालाई मूताको पाइरो भाने झैँ हुन्छ । काँ… झानाक्क रिसाइ पो हाल्छा तो । तिमेरु नै गार भान्ने धम्की दिएर फुँइकिँदे काम छोरेरा गोइहाल्छा ।
एसेम – काम पनि गरिदिनु उनीहरूको धम्क्याइँ पनि खानु ।
खाम्बे – फेरि कोइ चैँ बिच्चैमा आएर कम्ति ता ख्याङ्ख्याङ गर्दैन । रण्दाले नाकै ताछिदिनु झोँक चल्छ ।
डोमा – तोलोका मिस्त्रीहरूले विरोध गरेको काइले देखेना । परेहरू सियो भोएर पोस्छ फाली भोएरा निस्किन्छा ।
एसेम – हामी ता बन्दुक भएर पस्ने तोप भएर निस्किने हो ।
डोमा – तोप ? ओसिएको तोप पड्कान्छा । त्याबारो आपे तार्सेर फारसतिरा पोस्छा । आबो तोप होइना हाजूर बुद्धि परकाउना सिक् । तिमारको यस्तै व्यवहारले यहाँको लोकल मिस्त्रीलाई काम नादिएर तोलकोलाई दिन्छा बुझिस् ।
खाम्बे – आ… देवोस् है ।
एसेम – अब ता भापो देवोस् । र ता सात सयको ठाउँमा नौ सय अनि हेल्परलाई चार सयको ठाउँमा सात सय लिन्छु ता ।
डोमा – (छक्क पर्दै) आप् …पे….
एसेम – के को आपे ना सापे ।
खाम्बे – नेताहरूको लक (माथितिर हेर्दै) अप हुँदा मोराहरूले रजाइँ गरेर राँटो लाएका होइनन्?
एसेम – त्यतिबेला चुइँसम्म कोई बोल्न सक्यो ? लकडाउन भए पनि अहिले हाम्रो लक अपमा छ । अब हाम्रो पालो ।
खाम्बे – कति दिनसम्म घरको कुखुरा सागै बराबरी भएर बस्नु हौ हन । हामी घरको साग पनि कहिलेकाहीँ कुखुरा भइदिउँ न । साधारण खटिखाने मिस्त्रीले लकडाउनमा अलिकति धेर लिँदा कुन ठूलो पहाड ढल्छ हौ ?
एसेम – अरुहरूले सिङ्गै पहाड क्वाप्ल्वाक्कै पार्न खोज्दा पनि चलिङ भने हामीले रेट बढाउँदा केई हुन्न । सब चलिङ ।
डोमा – केरा पायो भान्देमा बोक्रैसिता खानुभएना नि । तिमेरको मुख ठिक छेना… मिस्त्रीले मुख सोफा गार्नुपोर्छा नात्र मुखमा इस्त्रीले डाम्नुपोर्छा ।
खाम्बे – मुख सफा गर्नु सरफ् खानु आजिला ?
एसेम – हामी मिस्त्रीको मुख तिमेरको बक्खुजस्तो हो कि क्या हो…
डोमा – बाक्खु होइना के… तिमेरको मुख छारा हो छारा । यस्तो बेउरा गार्‍यो भाने कि केही दिनपाछि तोलाबाट आउने सपेले यहाँ राज गोरछा । लोकलहारू ता हेरेको हेरेकै । (नेपथ्यबाट एसेम सर ! एसेम सर ! भनेको आवाज सुनेर एसेम नेपथ्यतिर प्रस्थान) ।

मञ्च अँध्यारो हुन्छ ।

०००
सिलीगुडी, भारत

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
चपरी (२)

चपरी (२)

कृष्ण प्रधान
चपरी (१)

चपरी (१)

कृष्ण प्रधान
घुस(२)

घुस(२)

कृष्ण प्रधान
घूस- १

घूस- १

कृष्ण प्रधान
आज मेरो जन्मदिन

आज मेरो जन्मदिन

कृष्ण प्रधान
पोइटिङ्ग्री

पोइटिङ्ग्री

गाेपेन्द्रप्रसाद रिजाल
कान्छाबाका तीन दारी

कान्छाबाका तीन दारी

मुक्तिनाथ शर्मा
जिउँदो समय

जिउँदो समय

नन्दलाल आचार्य
राष्ट्रिय सहमति

राष्ट्रिय सहमति

डा. टीकाराम पोखरेल
सतीको सराप

सतीको सराप

ह्यारी- ८०