साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मपाइँ गफ !

जता हेर्यो एउटा अहम् सर्वव्यापी छ । यसले धेरैलाई ढाकेको छ । ‘फलेको रुख नुहुन्छ’ भन्ने कुरा हाहामा उडे ।

Nepal Telecom ad

राम्रो म
कखे गुरुले जव चिमोटी-चिमोटी अच्छेर सिकाउँथे त्यति वेला उनले गफडीलाई ‘म’ अच्छेर सिकाउँदा राम्रो म भन् मोरा । भन्थे । कुटाइ खाएको गफडीलाई ‘म’ कसरी राम्रो हुन्थ्यो ! लागेन, तर पनि करवल ‘म’ भन्ने अच्छेरलाई गफडीले राम्रो ‘म’ नै मानी पढेको थियो, परन्तु सिक्दै जाँदा पढ्दै जाँदा र वढ्दै जाँदा अनि भोग्दै जाँदा वास्तवमा ‘म’ राम्रै रहेछ । सम्स्कृतमा ‘म’ लाई बुझाउने शब्द अहम्’ रहेछ ! अहम् भन्दा एउटा हुङ्कार गर्जाउँछ । व्यक्तिले यसरी हुड्कार्दा व्यक्तिलाई निकै राम्रो नै लाग्दो हो ।

सर्वव्यापी म !
‘हलो ! म बोलेको !’ टेलिफोन । ’म योग्य, म सधैँ माथि जानुपर्छ ।’ विद्वान् । ‘म कर्मठ ! मेरो कदर हुनुपर्छ ।’ कार्यकर्ता ! ‘एक म वलियो लौहपुरुष’ नेता । ‘म कलम माझिएको लेखक’ लेखक । ‘म जागरुक नारी’ नयाँ ठिटी । यी सवैतिर नजर लगाउँदा के थाहा हुन्छ भने म सर्वव्यापी छ ।

मपाइँ एक रोग दुनियाँमा धेरै खाले रोग छन्- तीमध्येको एक रोग हो मपाईं । हुन त शास्त्रकारले मपाईंको निकै खोइरो खने, तर यो मरेन, जागरुक छ । मपाईंको रोग नासिने थियो होला ! मनोवैज्ञानिकले ‘अहम्’ नभए रोग लाग्न सक्ने कुरा बताइदिए । फलतः दुनियाँमा मपाईं रोग फैलिएर रहेको छ । यस मपाइँले विनयलाई निध्र्यायो, योग्यलाई भसायो- उन्नति हुन दिएन । मपाईंले मुढे वली अघि लागें । जागरण अघि लागेन, मपाईंले विद्वत्ता अनुसन्धानमा सुत्यो, उठेन । मपाईंले राष्ट्रसेवा घट्यो, ढिलासुस्ती वढ्यो, शक्तिविकेन्द्रित भएन, हुनुपर्ने भएन, नहुने भयो । मपाईंले चरित्रहीनता वढ्यो, चाकरी वढ्यो । मपाईंले सृजनालाई खडेर पार्यो । मपाइँले भ्रष्टाचार र दुराचार वढ्यो ।

पातमा पात ! वातमा वात !
नेपाल राष्ट्र ‘म’ भनोस् र सम्पूर्ण नेपाली हामी ‘म’ भनुन्, तब न केही होला, तर यहाँ पातमा पात हुँदा औं वातमा वात गर्दै छ गफडी- यहाँ देशभक्ति मपाईंपूर्ण छु, राष्ट्रसेवा मपाईंले ढाकिएको छ । जता हेर्यो एउटा अहम् सर्वव्यापी छ । यसले धेरैलाई ढाकेको छ । ‘फलेको रुख नुहुन्छ’ भन्ने कुरा हाहामा उडे । यस्तै कुरामा आजका गफ उडे । आगे फेरि ।

युगज्ञान वर्ष ११, अङ्क २०, २०३६

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
बानीले रानी हुन्छ, बानी बिग्रे खरानी हुन्छ

बानीले रानी हुन्छ, बानी...

नगिता लेप्चा राई
तर्सिङहोम (२)

तर्सिङहोम (२)

कृष्ण प्रधान
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
स्तर

स्तर

लीलाराज दाहाल
0
Would love your thoughts, please comment.x
()
x