साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुकुर बिराला

उनीहरूको तानातान बच्ने भाग्ने हानाहान अबुझ बनीकन जानाजान हामी हेर्छौँ खेल समान ।

Nepal Telecom ad

एक सुकेको चाम्रो छाला
वरिपरि पाँच कुकुर र बिराला
यौटा गुरगुर अर्को ङुरङुर
कुनै छ खुरखुर खुर्के चाला ।।१

उसले भेटे यसले तान्ने
यसले छोए उसले हान्ने
सबैथरीको तानातान
जानाजान छ हानाहान ।।२

बीच बसेको कालो कौवा
काका भन्दै गर्दछ हौवा
अलि पर दाउ लगाउँछ गिद्ध
घिनलाग्दो हेर्दै छ असिद्ध ।।३

चङ्खे स्याल घुमेको फनफन
लोभी दाउ छ मन छट्टूपन
खिच्चा कुक्कुर गर्दछ भुकभुक
गर्छ बिरालो लुकेर छुकछुक ।।४

उनीहरूको तानातान
बच्ने भाग्ने हानाहान
अबुझ बनीकन जानाजान
हामी हेर्छौँ खेल समान ।।५

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
ल तपाईंलाई पनि बधाई छ !

ल तपाईंलाई पनि बधाई...

राजेन्द्रप्रसाद अधिकारी
कुरूप हुन्न सुन्दर !!

कुरूप हुन्न सुन्दर !!

कलानिधि दाहाल
सिंहको हुङ्कार

सिंहको हुङ्कार

डा. हरिकुमार श्रेष्ठ ‘शिखर’
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
0
Would love your thoughts, please comment.x
()
x