साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुनपानी

मेरो नम्रतामा पग्लेर उहाँले भन्नुभएको थियो; किनभने हरिश्वर हाम्रो पार्टीमा प्रवेश गरिसकेको छ र मुखैमा चुनाव छ ।

Nepal Telecom ad

हरिश्वरका विरुद्ध किन बोलिस् ? किन लेखिस् ? किन जरो खस्न खोज्छस् ?

श्रीराम एकोहोरो प्रश्नमाथि प्रश्नको थुप्रो लगाइरहेका थिए । म जवाफ दिनुको सट्टा गम खाएर बसेको थिएँ-
– ब्यर्थमा कसैबाट नपग्लने मान्छे आज किन पग्लिरहेछन् ?
– लोभ नभएका मानिस किन इज्जतको लोभ गरिरहेछन् ?
– मनमा हरि भएका मानिस के कारणले हरिलाई भगाइरहेछन् ?
– सधैँभरि दूधको दूध र पानीको पानी छुट्याउने सच्चा निणर्ायक आज किन धरमराउँदै छन् ?
– सधैँ नरम वाणी ओकलेर शत्रुलाई पनि रिझाउने पुरुषार्थ भएका मान्छे रुखो बोलेर मलाई किन तर्साउँदै छन् ?
– तल झर्न लागिरहेका लागि हत्तपत्त थामेर माथि ठेल्ने मान्छे आज मलाई नै किन तल खसाइरहेका छन् ?
– आखिर मेरो कुन कामकुरो बिझाएर मैले गर्दा जहाजै खसेजस्तो गरेर यिनी रोष प्रकट गर्दै छन् ?
– सधैँ अन्याय अत्याचारविरुद्ध विषवमन गर्नु र समाधानका उपायसहितका कुरा बोल्नुलेख्नु सच्चा नागरिक कर्तव्य हो भनेर मलाई नै शिक्षा दिने गुरुको वाणीबाट एकाएक किन बदलिँदैछ ?

मेरो मौनताको गालामा थप्पड बजार्दै उनले अर्को तिखो घोचाले घोचेका थिए; हरिश्वरका बारेमा फत्तुरको आरोप लगाएर जनता भड्काएको आरोपमा मानहानीको मुद्दा खेप्न तयार छस्, ए लेखनदास ?

भुल भए माफी चाहन्छु गुरुदेव । हजुर किन कालोकर्तुत देखेर पनि आँखा चिम्लँदै हुनुहुन्छ ?

मेरो नम्रतामा पग्लेर उहाँले भन्नुभएको थियो;
किनभने हरिश्वर हाम्रो पार्टीमा प्रवेश गरिसकेको छ र मुखैमा चुनाव छ ।

शहीदपुर, सिरहा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x