साइबर अपराध सम्बन्धी सचेतना सामग्री

श्री शुन्य गोज्याङ्ग्रेको सरकार

आलु खाएर चित्त बुझाउन र ‘हिस्स बूढी फिस्स दाँत’ भएर आनन्दसँग जीवन यापन गर्न श्री शुन्य गोज्याङ्ग्रेको सरकार सबैमा हार्दिक अनुरोध गर्दछ ।

Nepal Telecom ad

नेपाली राजनीतिमा आदेशानुसारको नयाँ आयाम थपिएको छ । राजनीतिका नाममा मनपरीतन्त्र जन्माउन आएको श्री शुन्य गोज्याङ्ग्रेको सरकारले सरोकारै नभएका विषयमा समेत अनभिज्ञताको परकाष्ठासम्म पुगेर विज्ञता हासिल गरेको कुरामा म अन्धभक्त भएको छु । किनभने सधैँ तलमाथि हुने तराजुको आदेशानुसार यहाँ तलमाथिकै कुराले छुरा हानिरहेको हुन्छ । कुरामाथि छुरा चलाउन सक्ने हिम्मत यदि कसैमा छ भने गोज्याङ्ग्रेको सरकारमा नै छ भन्ने मैले ठानेको छु ।

यो सरकार बाध्यकारी अवस्थाको भएकोेले खाध्यकारी कुरामा निकै अगाडि बढेर काम गर्न जन्ती मण्डललाई निर्देशन आएनुसार नै भोगविलास र ऐस आराममा कुनै पनि बिरामका काम जाममा नपरी गर्न गराउन माथिबाटै तलसम्म आदेश छ । कामको हेक्का नहुनेलाई राज्यको ढिकुटी दोहन गर्न ठेक्का दिनू । हुक्काँ हुक्काँ गर्दै हिंड्न लगाउनू, असारमा कसार बटार्न लगाएर फागुन चैत्रतिर हात बाँधेर बस्नू, कानमा तेल हालेर सुत्नू, आफ्नो आङको जुम्रा नहेरी अर्काको आङको भैँसी धपाउन कम्मर कस्नू यो सरकारको सबैभन्दा ठूलो जिम्मेवारी हो ।

नेपालको राजनीतिक इतिहासमा नाम लेखाउन आएको यो श्री शुन्य गोज्याङ्ग्रेको सरकारले आफ्नो सेवा विस्तारका क्रममा खाट पलङसम्म पनि शाखा विस्तार गरेर सुताहा राजनीतिका नायकहरूलाई आराम गर्ने सुवणर् अवसर प्रदान गर्ने छ । संसदमा आराम कुर्सीमा समेत सहज तरिकाले निदाएर सरकारी सेवा सुविधा लिन पाउने छन् । सामाजिक रूपमा जतिसुकै वद्नाम र अपमान भए पनि राजनीतिक रूपमा टोले झोलेको महान पदद्वारा सम्मान गरिने भएकोले झ्याप्ले, भित्ती, चुल्ठ,े मुन्द्रे सबैलाई ठेट्ना मेट्ना भन्दै सहर्ष स्वागत गरिने व्यहोरा सबैमा जानकारी गराउन चाहन्छु ।

वर्तमान विश्वमै सबैभन्दा उत्कृष्ट श्रीशुन्य गोज्याङ्ग्रेको सरकारको लोकप्रियताका बारेमा संसारले नै नियाली नियाली बिचार गरिरहेका छन् । अनुशासनका नाममा कुशासन, चुशासन, फुशासन, छ्याशासन, घुशासन, छुशासन, ढुशासन, भुशासन, मुशासन, रुशासन लगायतका सबैखाले तिकडम लागु भैरहेको छ । शासनै शासनले परिपूणर् र भरिपूणर् यो सरकारमा सहभागी हुन नेपालका मात्र नभएर विश्वका ठूला ठूला राजनीतिक दलहरू विश्वविख्यात आलु मुला दल, पिंडालु पार्टी, अकबरे मोर्चा, एकीकृत भान्टा सङ्घ, नेपाल फर्सि लोकतान्त्रिक महासङ्घ लगायतकाले केही वर्ष अघिदेखि नै उजुरी दिइरहेका छन् ।

नेपाली हावापानी, माटो, वन, जङ्गल सुहाउँदो वातावरण भएको यो पार्टीमा भित्रिनेहरू एकाएक मालामाल भएर यता न उताका भएर फालाफाल भएका छन् । यस्तो राम्रो गजबको सरकारमा सहभागी हुन पाउनु विश्वका नाम कहलिएका राजनीतिक दलहरूका लागि अहोभाग्यको कुरा भएकोले यो मौकामा नौका बिहार गर्न सबैलाई निम्तो दिन चाहन्छु । छक्का पञ्जा खेल्न होस् वा तिर्की चौका खेल्न ठेल्न, पेल्न सबै कुराले सुविधायुक्त यो सरकारमा झुक्किएर जानेहरू अहिले तराजुको आदेशानुसार लम्पसार परेर घरको न घाटको हुने सम्भावना बढेर गएको छ । यस्तो ऐतिहासिक र विश्वमै कतै नदेखिएको यो नयाँ सरकारका कामहरूका बारेमा नेपालका राजनीतिक दलहरूले पटक पटक औँला ठड्याउँदा पनि औला सोझोको सोझै भैरहेको छ । औँला बाङ्गो बनाउँदा सरकार ढल्ने बुझाई आम नागरिकमा परेको हुँदा ‘बिनास काले बिपरित बुद्धि’ को नीति र सिद्धान्तका आधारमा रहेर मनपरितन्त्रलाई उत्कर्षमा पुर्‍याउने कार्यमा होस्टेमा हैँसे गर्न सबैमा यो सरकारले अनुरोध गरेको छ ।

यो गोज्याङ्ग्रेको सरकारलाई ख्याल ठट्टाको नसम्झनु होला । तराजुमा निवेदन हालेर जोखेपछि माथिको आदेशानुसार आएकोले नाङ्गाहरूले लुगा लाएझैँ गरि हिंड्न सफल भएको हुँदा ज्यूँदाहरूलाई मरेको तुल्य बनाई नाङ्गै हिँडाउन सफल भएको यो सरकारले हामी नेपाली जनतालाई ममतामयी महँगी, बलात्कार, भ्रष्टाचार उपहार दिएको छ । यसैगरी कालोलाई गोरो र गोरोलाई कालो बनाउने सिप सिकाएको छ । दैनिक जसो हजारौँ युवाहरूलाई रोजगार दिएर विदेश पठाएको छ । शान्ति र सुरक्षालाई फर्केर नआउनु भन्दै पोइला पठाएको छ ।

पीडितलाई थप पीडा दिने र पीडकलाई उन्मुक्ति दिने, सानालाई ऐन र ठूलालाई चैनको वातावरण मिलाउन सक्ने यो गोज्याङ्ग्रेको सरकारले गरेका उत्कृष्ट कामहरूप्रति विश्व नै आकर्षित भैरहेकोले यो सरकारमा सहभागी हुन चाहने ढाँटछल दलका अपमाननीय नेताहरूले आउँदो निर्वाचन अघि नै निर्वासनमा जान कुम्लो कुटुरो मिलाएर राख्नु हुन अनुरोध छ ।

गफै त हो नि सम्धी भनेझैँ यो गोज्याङ्ग्रेको सरकार मतदाताहरूलाई परिकारै परिकार पकाएर खुवाउने तयारीमा रहेकोले आँ गरेर बसिरहन सबैमा अनुरोध गर्दै अन्त्यमा शुन्याकारको गोलाकार भने पनि हुने आलु खाएर चित्त बुझाउन र ‘हिस्स बूढी फिस्स दाँत’ भएर आनन्दसँग जीवन यापन गर्न श्री शुन्य गोज्याङ्ग्रेको सरकार सबैमा हार्दिक अनुरोध गर्दछ ।

उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
भेडा दिवस

भेडा दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
राष्ट्रिय पिण्ड दिवस

राष्ट्रिय पिण्ड दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
नेपाल कछुवा दल

नेपाल कछुवा दल

माधव पोखरेल गोज्याङ्ग्रे
जालझेल

जालझेल

माधव पोखरेल गोज्याङ्ग्रे
व्यशासन भित्रको कुशासन

व्यशासन भित्रको कुशासन

माधव पोखरेल गोज्याङ्ग्रे
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x