साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सम्मानोपहार

मेरो मूड अफ । एक छिनमा म फ्रेस हुन्छु । दिउँसो फेसबुकमा सम्मान दिइरहेको अनुहारप्रति घृणा जाग्छ तर लेख्छु- हार्दिक बधाई र मेरो तर्फबाट शब्दपुष्पको सम्मोपहार ।

Nepal Telecom ad

मोबाइललाई म झुठबोलक यन्त्र भन्छु । यो झुठसुनक यन्त्र पनि हो । मोबाइलले साँचो बोलेको हो कि झुटो भन्ने पत्ता लगाउन समयले एउटा आविष्कार गर्दैछ ।

अप्रिल फुल थिएन तर मलाई बिहानै एउटा फोन आयो- बधाई छ तिमीलाई अनि निम्तो पनि ।
हैन, निद्रा खुल्न पाएको छैन, बधाई दिन तलतल कसरी लाग्यो- मैले जिज्ञासा राखें ।

यन्त्रले बोल्यो- तिमीलाई सम्मान गर्दैछु । त्यसैले तिमीलाई बधाई र त्यसैको लागि निम्तो पनि ।
धन्यवाद पनि पछि नै दिन्छु र अनुकूल मिले मात्र तिम्रो निम्तो स्वीकार्छु- मेरो बक्रोक्ति फुत्क्यो ।

झस्केर बक्यो यन्त्रले- तिमी बाउँठे कुरो गर्ने भएर मात्र हो के तिमी पछाडि परेको ?
म- म तिम्रो पछाडि परेकै छैन त । तिमीले मेरो निद्रा खल्बलाइदियौ । र, राम्ररी थाहा छ मलाई आज मेरो दिन बिग्रियो ।

यन्त्र उवाच- तिमीलाई सम्मान गर्ने निणर्य गरेकोमा एउटा सम्मोपहार ल्याइदेऊ, है ?
अकमकिएर म- उपहार भनेको सहायक हारभन्दा माथिल्लो श्रेणीको हो । पहिलो हुनेले जितेको र दोस्रो हुनेलाई उपविजेता भनेजस्तै लज्जास्पद वा घृणास्पद हारभन्दा अलिकति लाज बचाएको हार उपहार हो ?

यन्त्र वचन – सोझो रूपमा चार बोटल विदेशी जाँड लिएर आऊ, सम्मान लिएर जाऊ ।
राम्रो म- मेरो नामको ठाउँमा त्यहीँ बोतलको नाम लेखेर सम्मानपत्र छपाऊ । म बोतल पठाइदिन्छु ।
यन्त्र- स्वीच अफ ।

मेरो मूड अफ । एक छिनमा म फ्रेस हुन्छु । दिउँसो फेसबुकमा सम्मान दिइरहेको अनुहारप्रति घृणा जाग्छ तर लेख्छु- हार्दिक बधाई र मेरो तर्फबाट शब्दपुष्पको सम्मोपहार ।

रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
सुप्रिमो

सुप्रिमो

सञ्जय साह मित्र
कुत्ताभक्ति

कुत्ताभक्ति

सञ्जय साह मित्र
विवाह विदा र हनिमून प्याकेज

विवाह विदा र हनिमून...

सञ्जय साह मित्र
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x