सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सम्मानोपहार

मेरो मूड अफ । एक छिनमा म फ्रेस हुन्छु । दिउँसो फेसबुकमा सम्मान दिइरहेको अनुहारप्रति घृणा जाग्छ तर लेख्छु- हार्दिक बधाई र मेरो तर्फबाट शब्दपुष्पको सम्मोपहार ।

Nepal Telecom ad

मोबाइललाई म झुठबोलक यन्त्र भन्छु । यो झुठसुनक यन्त्र पनि हो । मोबाइलले साँचो बोलेको हो कि झुटो भन्ने पत्ता लगाउन समयले एउटा आविष्कार गर्दैछ ।

अप्रिल फुल थिएन तर मलाई बिहानै एउटा फोन आयो- बधाई छ तिमीलाई अनि निम्तो पनि ।
हैन, निद्रा खुल्न पाएको छैन, बधाई दिन तलतल कसरी लाग्यो- मैले जिज्ञासा राखें ।

यन्त्रले बोल्यो- तिमीलाई सम्मान गर्दैछु । त्यसैले तिमीलाई बधाई र त्यसैको लागि निम्तो पनि ।
धन्यवाद पनि पछि नै दिन्छु र अनुकूल मिले मात्र तिम्रो निम्तो स्वीकार्छु- मेरो बक्रोक्ति फुत्क्यो ।

झस्केर बक्यो यन्त्रले- तिमी बाउँठे कुरो गर्ने भएर मात्र हो के तिमी पछाडि परेको ?
म- म तिम्रो पछाडि परेकै छैन त । तिमीले मेरो निद्रा खल्बलाइदियौ । र, राम्ररी थाहा छ मलाई आज मेरो दिन बिग्रियो ।

यन्त्र उवाच- तिमीलाई सम्मान गर्ने निणर्य गरेकोमा एउटा सम्मोपहार ल्याइदेऊ, है ?
अकमकिएर म- उपहार भनेको सहायक हारभन्दा माथिल्लो श्रेणीको हो । पहिलो हुनेले जितेको र दोस्रो हुनेलाई उपविजेता भनेजस्तै लज्जास्पद वा घृणास्पद हारभन्दा अलिकति लाज बचाएको हार उपहार हो ?

यन्त्र वचन – सोझो रूपमा चार बोटल विदेशी जाँड लिएर आऊ, सम्मान लिएर जाऊ ।
राम्रो म- मेरो नामको ठाउँमा त्यहीँ बोतलको नाम लेखेर सम्मानपत्र छपाऊ । म बोतल पठाइदिन्छु ।
यन्त्र- स्वीच अफ ।

मेरो मूड अफ । एक छिनमा म फ्रेस हुन्छु । दिउँसो फेसबुकमा सम्मान दिइरहेको अनुहारप्रति घृणा जाग्छ तर लेख्छु- हार्दिक बधाई र मेरो तर्फबाट शब्दपुष्पको सम्मोपहार ।

रौतहट

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
बच्यौली

बच्यौली

सञ्जय साह मित्र
उखाने झगडा

उखाने झगडा

सञ्जय साह मित्र
राम्रो र असलीमा फरक

राम्रो र असलीमा फरक

सञ्जय साह मित्र
दाउ

दाउ

सञ्जय साह मित्र
आरोप

आरोप

सञ्जय साह मित्र
संस्कार

संस्कार

सञ्जय साह मित्र
प्रायश्चित

प्रायश्चित

कुमार खड्का
बेकारको टन्टो

बेकारको टन्टो

अनिल कोइराला
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे