सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

फेसनको बहार ???

झ्यालै झ्याल जताततै छ रमिता, नौलो अरे फेसन । ह्वार्ल्याङ्गै अति छ्याङ्ग वस्त्र पहिरी, हिँड्छन् युवा दिन्दिन ।

Nepal Telecom ad

आयो फेसनमा नयाँपन अरे, भन्छन् सबै छर्छरी ।
ल्याङ्गा-वान्पिस म्याडी टाइट लुगा, माग्दै गरे कर्करी ।।
नाङ्गै छन् उर ढाड वा उरु अहो, डढ्ने भएछन् तन ।
कस्तो फेसनमा ढले नव युवा, आत्तिन्छ हाम्रा मन ।।

चुल्ठो बाट्छ कपालको गजबले, मुन्द्रा फलामे भिर्‍यो ।
फाटेका सुरूवाल पाइँट कठै, गाँजा-सुराले पिर्‍यो ।।
डिस्को हिप्हप च्याँठ्ठिला लिरिकमा, नाच्ने युवाका दल ।
हाम्रा गीत र नाच जीणर् गनिए, आयो कताको भल ।।

मात्रै छन् कुच कञ्चुकी उर खुलै, अङ्गाङ्ग झन्-झन् खुला ।
कास्ता टाइट बस्न नै कठिन छन्, बित्ता कुरेतै लुगा ।।
झ्यालै झ्याल जताततै छ रमिता, नौलो अरे फेसन ।
ह्वार्ल्याङ्गै अति छ्याङ्ग वस्त्र पहिरी, हिँड्छन् युवा दिन्दिन ।।

बाट्ने केश खुला र जिङ्ग्रिङ हुँदा, लाखे भनी झुक्किने ।
आँखीभौँ सव कत्रिएर धनुझैँ, तेर्सो र बाङ्गो हुने ।।
आईब्रो लतपत्त छन् नयनमा, अङ्गाङ्गमा लोसन ।
नौला क्रीम दली मुखै धवल छन्, पर्फ्यूँ छरेका तन ।।

चस्मा छन् नव रङ्गका अति बडा, साक्षात् बने नायिका ।
टेढा नेत्र मिली सबै तरूनिए, श्रृङ्गारले छोपिँदा ।।
र्यापै र्याप र हिप्हपे गजलमा, जोडी मिली नाच्दछन् ।
तन्नेरी जति इस् र डिस् गरिकनै, अङ्ग्रेजझैँ हाँस्दछन् ।।

त्यस्तै ठाउँ चुनेर ट्याटु खतरा, खोप्ने चल्यो फेसन ।
डिस्को डान्स त ‘मोर- मोर’ हुन गै, सर्केर नाच्छन् तन ।।
बिर्से दूध ढिँडो र गुन्द्रुक मकै, ह्वीस्की करी रोजिए ।
थुक्पा तास र ब्रान्डि बीफ परकै, खानापिना खोजिए ।।

देखिन्छन् सब मानचित्र तनका, बन्ने अरे मोडल ?
रङ्गी ओठ नचाउँदै मुसुमुसू, हाँस्दै लिए गोडल ।।
यै हो आधुनिकी प्रथा अब पिट्यो, देशै भयो जर्जर ।
झन् छन् व्यस्त त च्याट जुम्जुम अहो, पुस्तौँ-हजुर्बातक ।।

धादिङबेँसी

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
पालिसलाई नालिस

पालिसलाई नालिस

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
समृद्ध नेपाल ?

समृद्ध नेपाल ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नयाँ मन्त्रीज्यू

नयाँ मन्त्रीज्यू

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सैजुको ‘परावर्तन’ भित्र छोटो विचरण !

सैजुको ‘परावर्तन’ भित्र छोटो...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
क्रान्तिकारी कवि किसानमा प्रणाम !

क्रान्तिकारी कवि किसानमा प्रणाम...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल
यी हातहरू

यी हातहरू

टङ्कबहादुर आले
धरोधर्म गर्छु (२२)

धरोधर्म गर्छु (२२)

डिल्लीप्रसाद मूलतिहुन
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
व्यभिचार

व्यभिचार

राजाराम बर्ताैला