साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फेसनको बहार ???

झ्यालै झ्याल जताततै छ रमिता, नौलो अरे फेसन । ह्वार्ल्याङ्गै अति छ्याङ्ग वस्त्र पहिरी, हिँड्छन् युवा दिन्दिन ।

Nepal Telecom ad

आयो फेसनमा नयाँपन अरे, भन्छन् सबै छर्छरी ।
ल्याङ्गा-वान्पिस म्याडी टाइट लुगा, माग्दै गरे कर्करी ।।
नाङ्गै छन् उर ढाड वा उरु अहो, डढ्ने भएछन् तन ।
कस्तो फेसनमा ढले नव युवा, आत्तिन्छ हाम्रा मन ।।

चुल्ठो बाट्छ कपालको गजबले, मुन्द्रा फलामे भिर्‍यो ।
फाटेका सुरूवाल पाइँट कठै, गाँजा-सुराले पिर्‍यो ।।
डिस्को हिप्हप च्याँठ्ठिला लिरिकमा, नाच्ने युवाका दल ।
हाम्रा गीत र नाच जीणर् गनिए, आयो कताको भल ।।

मात्रै छन् कुच कञ्चुकी उर खुलै, अङ्गाङ्ग झन्-झन् खुला ।
कास्ता टाइट बस्न नै कठिन छन्, बित्ता कुरेतै लुगा ।।
झ्यालै झ्याल जताततै छ रमिता, नौलो अरे फेसन ।
ह्वार्ल्याङ्गै अति छ्याङ्ग वस्त्र पहिरी, हिँड्छन् युवा दिन्दिन ।।

बाट्ने केश खुला र जिङ्ग्रिङ हुँदा, लाखे भनी झुक्किने ।
आँखीभौँ सव कत्रिएर धनुझैँ, तेर्सो र बाङ्गो हुने ।।
आईब्रो लतपत्त छन् नयनमा, अङ्गाङ्गमा लोसन ।
नौला क्रीम दली मुखै धवल छन्, पर्फ्यूँ छरेका तन ।।

चस्मा छन् नव रङ्गका अति बडा, साक्षात् बने नायिका ।
टेढा नेत्र मिली सबै तरूनिए, श्रृङ्गारले छोपिँदा ।।
र्यापै र्याप र हिप्हपे गजलमा, जोडी मिली नाच्दछन् ।
तन्नेरी जति इस् र डिस् गरिकनै, अङ्ग्रेजझैँ हाँस्दछन् ।।

त्यस्तै ठाउँ चुनेर ट्याटु खतरा, खोप्ने चल्यो फेसन ।
डिस्को डान्स त ‘मोर- मोर’ हुन गै, सर्केर नाच्छन् तन ।।
बिर्से दूध ढिँडो र गुन्द्रुक मकै, ह्वीस्की करी रोजिए ।
थुक्पा तास र ब्रान्डि बीफ परकै, खानापिना खोजिए ।।

देखिन्छन् सब मानचित्र तनका, बन्ने अरे मोडल ?
रङ्गी ओठ नचाउँदै मुसुमुसू, हाँस्दै लिए गोडल ।।
यै हो आधुनिकी प्रथा अब पिट्यो, देशै भयो जर्जर ।
झन् छन् व्यस्त त च्याट जुम्जुम अहो, पुस्तौँ-हजुर्बातक ।।

धादिङबेँसी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सम्मानवाल

सम्मानवाल

हेमराज पन्त
आक्रान्त मन

आक्रान्त मन

निर्मल पराजुली
मलाई नटेर्ने ??

मलाई नटेर्ने ??

होम सुवेदी
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x