सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

रहर

असन्तोषी मान्छेका उदेकलाग्दा रहरले नै रहर पुरा गर्न बाँचौँ-बाँचौँ नाचौँ-नाचाैँ र हाँसौँ-हाँसौँ लाग्छ । झरिलो, रसिलो, पोसिलो रहरले नै जिज्ञासुलाई गन्तव्यमा पुर्‍याउँछ ।

Nepal Telecom ad

रहर पनि एक प्रकारको अम्मल हो । एउटाको रहर गरेर सकिनासाथ अर्काको रहर गर्न मन लाग्छ । रहर छिनछिनमा, दैनिक र सधैँभरि लागि रहन्छ । वाञ्छित रहर पुरा हुने बित्तिकै अर्को रहरले ङिच्च दाँत देखाइसकेको हुन्छ । त्यसैले मान्छेहरू रहरप्रति लोभिन्छन्, हुरुक्क हुन्छन् र रहर पुगेपछि फुरुक्क पनि ।

रहर फरकफरक, भिन्नभिन्न स्वभाव र अलग आचरणका हुन्छन् । कसैलाई जहर खाने रहर चल्छन्, त कसैलाई सहर खाने रहर चल्छ । जनप्रतिनिधि बनेर सहर, प्रदेश, देश आफ्नै मात्र हो झैँ गरेर कुखुरे छाती देखाएर जोरी खोज्नेहरू हाम्रै वरिपरि अन्मरी राखेका छन् । उसलाई त्यसै गर्न रहर लाग्यो गर्‍यो । त्यस्ता गतिविधिसँग चित्त नबुझेर कसै कसैलाई पाखुरा सुर्किन रहर चल्ला । हरेक मान्छेहरू हरेक प्रकारका रहरका फन्दामा फसेका हुन्छन् । जुन एक अर्कामा मिल्न या नमिल्न पनि सक्छ ।

मान्छेका स्वभाव अनुसार रहर पनि फरक हुन्छ । कसैलाई वाइड बडी जहाज खाने रहर चलेको हुन्छ भने कसैलाई न्यारो बडी जहाज । जस्तो रहर गर्‍यो त्यस्तै खान सकिन्छ । मात्र रहर गर्न सक्नु पर्‍यो । रहर मर्नु र आफू मर्नु एकै हो- त्यसैले बाँचुन्जेल, सकुन्जेल, सम्झिउन्जेल रहर गरौँ । रहरको पालनपोषण, परिचालन र पेवा बनाऔँ । तब मात्र रहरले सही मार्ग समाउन सक्छ ।

रहर गर्न कुनै कहर व्यहोर्नु पर्दैन । बरु रहर पुरा गर्न चाहिँ ठूलै बुहार्तन व्यहोर्नु पर्ने हुन्छ । रहर समान प्रकृतिको र एकै प्रवृत्तिको हुन्छ । जस्तो नेपालका सुरक्षाकर्मीले देशको रक्षा गर्नु र अमेरिकी सुरक्षाकर्मीले त्यस देशको रक्षा गर्ने रहर गर्नु एक प्रकृति र एकै प्रवृत्ति मान्न सकिन्छ । नेपालका तरुनी तन्नेरीले एक अर्कामा माया प्रेम गर्नु र अर्का देशका तरुनी तन्नेरीले एक अर्कामा समर्पण भाव दर्शाउनु एकै प्रकृति र उस्तै प्रवृत्ति मान्न सकिन्छ । अलग इच्छा आकांक्षासँगै अङ्कुरित हुने रहरले कसैलाई देशै छोड्न मन लाग्छ त कसैलाई एउटै देशमा भेडो बसेझैँ बसेको बसेकै गरेर प्राण त्याग्न रुचाउने र कोही देशसेस माया मारेर सन्तान दरसन्तानलाई छायाँमा पारेर बाँच्न, नाच्न रुचाउने, रहर गर्नेहरू पनि कम छैनन् ।

मान्छेमा जब रहर चल्छ तब यस्तै चल्छ भनेर अग्रिम ठोकुवा गर्न सकिँदैन । रहरलाई पवन प्रजातिमा राखे पनि हुन्छ । हावा कतिखेर कस्तो चल्छ के थाहा । रहर पनि त्यस्तै हो । मान्छे बाँचुन्जेल केही न केही रहर गरिराख्छ । तर कस्तो रहर गर्छ के रहर गर्छ कति रहर गर्छ उसका हरेक व्रिmयाकलापले बताउँदै जाने कुरा हो । भर्खर बाँचिराखेको मान्छे एकाएक आत्महत्याको शिखरारोहण गरेर विश्वबाट बिदा लिने रहर गर्न सक्छ । कोही मर्ने, मार्ने, अप्ठ्यारो पार्ने, यी सबै सत् असत् रहरकै प्रजातिहरू हुन् । जुन जहिले जता जसले जसलाई पनि अभरमा पार्ने रहर गर्न सक्छ । रहरको न सिङ न पुच्छर, न शुरु न अन्त । रहर आकाश जस्तै अनन्त र अन्तहिन हुन्छ ।

रहरहरू सामान्य, सिम्पल र रुचीकर नहुन पनि सक्छ । घरमा भइराखेकी जल्दीबल्दी स्वास्नीलाई बिर्सिएर अर्को भिœयाउनु पनि रहर नै हो तर यस प्रकारको रहरले कसैको भुइँमा खुट्टा हुँदैन भने कसैको जिन्दगी चाहिँ घरको न घाटको बनिसकेको हुन्छ । एउटाको खुशीले अर्कालाई डसी राखेको हुन्छ । हुँदाछँदाको पोइ छोडेर मुख मोडेर अर्कैसँग अन्मरिनु पनि रहरै हो । आफ्ना रहरले अर्कालाई जहर पिउन बाध्य पार्नु कस्तो लाचार रहर ? रहरै रहरमा माया प्रेम बसाल्नु, हारजितमा आँसु खसाल्नु । रहरले रुवाउँछ र खुसी पनि पार्छ । सारो गारो, अप्ठ्यारो जस्तो विकट अवस्थामा पनि चल्ने रहर बिहान, दिउँसो, बेलुका, मध्यरात, घर, घाट जता पनि प्रकट हुन सक्छ । रहर ठाउँ न ठहर । परिवार पालन पोषण गर्ने सम्पत्ति हुँदैन, आङ छोप्ने लत्ता कपडा हुँदैन, ओढ्ने ओछ्याउने धजो हुँदैन, तै पनि सन्तान सिर्जना गर्ने रहर चल्छ । त्यसो त रहरै मर्‍यो भने संसार कसरी चल्छ ? जसरी हावा बन्द भयो भने जीवन चल्दैन त्यसैगरी रहर बन्द भयो भने संसारै चल्दैन । त्यसैले रहरलाई सामान्य र सानो नसोचौँ । रहर ठूलो कुरा हो । रहर मात्र गरे पनि मान्छेले लामो फड्को अड्को पार लगाउन सक्छ ।

रहर अग्रगामी तत्व हो । यसले हर्दम अगाडि बढाउँछ । उदाहरणका लागि कन्या कुमारीलाई विवाह गर्न रहर लाग्छ । पछि विवाहले मात्र चित्त बुझ्दैन । एउटा पिउसो पैदा गर्ने रहर लाग्छ । एउटामा मात्र रहर खुम्चिएर बस्दैन । छोरै छोरा छन् भने छोरीको रहर चल्छ । छोरी छोरी छन् भने छोराको रहर लाग्छ । हजुरबा हजुरआमालाई नाति नातिना देख्ने रहर लाग्छ । लाउन खान हिँड्न, खेल्न, हाँस्न, नाच्न, रुन, माग्न, दिन, लिन, बाँच्न, मर्न, ठूलो हुन हरेक प्रकारका गतिविधि रहरकै उपज हुन् । रहर नलाग भनेर पनि हुँदैन र लाग भनेर पनि हुँदैन । रहर आफूमै उदाउँछ र आफूसँगै अस्ताउँछ ।

रहर अन्तरात्माबाट प्राकृतिक रूपले प्रष्फुटित हुने कुरा हो । रहर गर्दैमा प्राप्ति पक्का हुँदैन । नेपालका सन्त नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई विवाह गर्ने रहर चलेन होला त ? एउटा हरिकङ्गाललाई आलिसान बंगला र अकुत सम्पत्ति जोड्ने रहर चल्दैन होला त ? त्यस्ता नपुंसक रहर पानीको फोका जस्तो हुन्छ । अहिले छ एकछिनमा छैन । त्यसैले रहरले निरन्तरता र सार्थकता पाउनु वाञ्छनीय हुन्छ । खुट्टा नभएकालाई खुट्टा टेक्ने रहर, नदेख्नेलाई देख्ने रहर, लेख्न नजान्नेलाई लेख्ने रहर, नदेखेको ठाउँ देख्ने रहर । यिनै यस्तै रहरै रहरका शृङ्खलाको ताँतीले नै मान्छेले भलीभाँती प्रगतिका ड्याङहरू तयार गरेका हुन्छन् । तिनै ड्याङबाट रहर पिपासुहरू आवश्यक पर्दा रहरका भकारीहरू भर्ने र फुटाउने गर्छन् ।

रहर बच्चालाई पनि लाग्छ । पेटभरि रसवरी, मिठाई खान पाए बच्चाले भात खाने भोक लागेको पत्तै पाउँदैन । रहरकै कारण नयाँ नयाँ ग्रहहरूको खोजमा वैज्ञानिकहरूले राम्रोसँग निदाउन पाएका छैनन् । नयाँ नयाँ प्रविधिले भरिएका यन्त्र उपकरणहरू वायुमण्डलमा बण्डलका बण्डल ठेलिराखेका छन् । एउटा वैज्ञानिकले सूर्यको तापव्रmमको गतिविधि नियाल्ने प्रयत्न गरिराखेको छ भनेर अर्को वैज्ञानिकले चन्द्रमाको चारै पाटो नियाल्ने बाटो खोजिरहेको छ । रहरै त हो जसले जे जस्तोसुकै विकट रहर गर्न पनि टिकट लाग्ने होइन । यस्तो असम्भव रहर किन गरिस् भनेर कसैले भन्नेवाला पनि छैनन् भने हामीले रहर किन नगर्ने ? त्यसैले आफूले जाने बुझे र सक्दो भरपर्दो रहर नमर्ने गरेर रहर गरौँ । जन्मिए, अन्मिए देखि नमरेसम्म रहरै रहरको बजारमा रहरै रहरको व्यापार गरौँ ।

असन्तोषी मान्छेका उदेकलाग्दा रहरले नै रहर पुरा गर्न बाँचौँ-बाँचौँ नाचौँ-नाचाैँ र हाँसौँ-हाँसौँ लाग्छ । झरिलो, रसिलो, पोसिलो रहरले नै जिज्ञासुलाई गन्तव्यमा पुर्‍याउँछ । रहर विनाको मान्छे विष विनाको सर्प जस्तै हो । विष विनाको साँपको ताल हेर्दाहेर्दै तालको माछाको हाल हुन्छ । माछालाई कसले काखी च्यापेर राख्छ र भुटभाट कुटकाट पार्‍यो खायो । त्यसैले रहरै रहरको खेती जसले गर्न सक्छ उसले नै विश्व विजेताको पगरी गुथ्न सक्छ । तसर्थ रहर पालौँ, रहरमा मलजल हालौँ र रहरको जोड जगेर्ना गरौँ, रहर हुर्काऔँ र रहरै रहरमा आफूलाई समाहित गरौँ ।

फूलबारी, पोखरा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
म्वाई महात्म्य

म्वाई महात्म्य

शेषराज भट्टराई
थाङ्ने चिन्तन

थाङ्ने चिन्तन

शेषराज भट्टराई
साँढे स्वास्नी

साँढे स्वास्नी

शेषराज भट्टराई
किन चाउरिस् मरीच ? आफ्नै रागले !

किन चाउरिस् मरीच ?...

शेषराज भट्टराई
घाँटी 

घाँटी 

शेषराज भट्टराई
प्रायश्चित

प्रायश्चित

कुमार खड्का
बेकारको टन्टो

बेकारको टन्टो

अनिल कोइराला
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे