साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रा नेता है माया

दलको झण्डा अंशबन्डा घरिघरि फण्डा, जनतालाई झुक्याउन गर्छन् प्रोपगन्डा ।

Nepal Telecom ad

(प्यारोडी भैँसी लड्यो है मायाको लयमा)

हाम्रा नेता है माया गफका भकारी,
गुड्डी हाँक्छन् है माया पैसाले डकारी ।

दलको झण्डा अंशबन्डा घरिघरि फण्डा,
जनतालाई झुक्याउन गर्छन् प्रोपगन्डा ।
राजधानीमा है माया घरबारी किनेर,
भोट माग्छन् है माया मोफसल हिनेर ।

चिल्लो गाडी, युवा खाडी, गाउँघरलाई छाडी,
हेलिकप्टर चढी आउन चाहिँछ पैरो बाढी ।
छोराछोरी है माया अम्रिका पढाउने,
जनतालाई है माया भोकभोकै लडाउने ।

प्रजातन्त्र, लोकतन्त्र, भन्छन् गणतन्त्र,
मिलाएर देश लुट्ने एउटै मूल मन्त्र ।
एम्सीसी र है माया एसपीपी हुलेर,
विदेशीको है माया प्रोजेक्टमा भुलेर ।

छ महिनामा मन्त्री फेर्ने आलोपालो खाने,
शेयर बजार घट्दै जाने मूल्य बढ्दै जाने ।
खानी, पानी है माया जवानी बिक्रीमा,
चैन उनलाई है माया जनता चाहिँ फिक्रीमा ।

दोषादोष र झोसाझोस छ, सत्ता खोसाखोस,
जनताको भागमा कठै सधैं असन्तोष ।
श्रीलङ्का झै है माया बन्दैछ देश,
ढेडुमाथि है माया थपिए गणेश ।

देश लङ्दैछ है माया भिरबाट हेर,
बत्तीस बर्ष है माया गैसक्यो लौ खेर ।

संखुवासभा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शब्दलाई सलाम ठोक्न

शब्दलाई सलाम ठोक्न

ताराबहादुर बुढाथोकी
आऊ, मानवताको देउराली रोपौँ !

आऊ, मानवताको देउराली रोपौँ...

ताराबहादुर बुढाथोकी
म यस्तो जमिनमा उभिएको छु !

म यस्तो जमिनमा उभिएको...

ताराबहादुर बुढाथोकी
वेदना पढ्न

वेदना पढ्न

ताराबहादुर बुढाथोकी
भत्काऊ !

भत्काऊ !

ताराबहादुर बुढाथोकी
अहँ, म प्रश्न सोध्दिन

अहँ, म प्रश्न सोध्दिन

ताराबहादुर बुढाथोकी
जय कुर्सी देवा !

जय कुर्सी देवा !

नन्दलाल आचार्य
कुर्सी-शरणम् गच्छामि

कुर्सी-शरणम् गच्छामि

नन्दलाल आचार्य
मौसमी भमरा र जनताको आँगन

मौसमी भमरा र जनताको...

नन्दलाल आचार्य
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
जहाँ छन् गिद्धका आँखा

जहाँ छन् गिद्धका आँखा

डा. बमबहादुर जिताली
राष्ट्रिय गीत

राष्ट्रिय गीत

होम सुवेदी
0
Would love your thoughts, please comment.x
()
x